श्रीकृष्ण आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रा. श्रीकृष्ण आचार्य महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति हुनुहुन्छ। आचार्यले २०१६ देखि २०२३ सालसम्म संस्कृत प्रधान पाठशाला पढाउनुभयो। २०२३ देखि २०४७ सम्म वाल्मिकी क्याम्पसमा संस्कृतको 'सिद्धान्त ज्योतिष' पढाउनुभयो।

श्रीकृष्णको जन्म १९९४ साल भदौ महिनामा भएको हो। उहाँ इतिहासशिरोमणि बाबुराम आचार्यका कान्छा छोरा हुनुहुन्छ। उहाँकी माताको नाम तीर्थकुमारी हो। उहाँका एक दाजु र ४ दिदी जन्मनुभएको हो।

आचार्यले 'बाबुराम आचार्य स्मृति ग्रन्थ' लगायत पिताका 'जनरल भीमसेन थापा : यिनलाई मैले जस्तो देखें', 'बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश', 'नेपालको सांस्कृतिक परम्परा', 'अब यस्तो कहिल्यै नहोस्', 'चीन, तिब्बत र नेपाल', 'श्री ५ प्रतापसिंह शाह (जीवनी र कार्यकाल),' 'प्राचीनकालको नेपाल' जस्ता पुस्तक सम्पादन र परिमार्जन गर्दै आउनुभएको छ।