अभिमानसिंह राना मगर
काजी जनरल अभिमान सिंह राना मगर | |
---|---|
व्यक्तिगत विवरण | |
मृत्यु | कोत पर्व |
सैन्य सेवा | |
निष्ठा | Nepal |
श्रेणी | काजी जनरल |
अभिमान सिंह राना मगर नेपाल दरबारका एक भारदार थिए। उनी काजी र जनरल पनि थिए। उनी कोत पर्वमा मारिने पहिलो व्यक्ति थिए।[१]
जनरल
[सम्पादन गर्नुहोस्]माथवर सिंहको हत्या भए पछि उनलाई तीन पल्टनको जनरल सुम्पिएको थियो । प्रधानमन्त्री फत्तेजंग शाहको मन्त्रिमण्डलमा उनी प्रधानमन्त्री र प्रधान सेनापति गगन सिंह पछि तेश्रो बरियता मा थिए । भने जनरल जंगबहादुर चौथो बरियता मा थिए ।[२]
कोतपर्व
[सम्पादन गर्नुहोस्]मुख्य लेख : कोतपर्व
कोतमा भारदारहरु गगन सिंहको हत्यारा पत्ता लगाउन जम्मा भएका थिए । रानी राज्यलक्ष्मी देवीले कसैलाई पनि बाहिर निस्कन नदिन आदेश दिएकी थिइन् । कोतभित्र जंगबहादुरको मात्र सेना देखे पछि उनलाई शंका लाग्यो । र आफ्ना सेनालाई भेट्न जाँदा उनलाई ढोकामा रहेका भिम आले (कतै युद्धवीर अधिकारी उल्लेख गरिएको ) ले रोके । उनले भिम आलेलाई धक्का दिएर बाहिर जान लागे । तब भिम आलेले जंगबहादुरको सङ्केतमा उनीमाथि सङ्गीन छातीमा रोपे ।
आफु मर्ने पक्का पक्कि जस्तो भएपछी उनले "गगन सिंहको हत्यारा जंगे हो " भन्दै भित्तामा रगतले लेखेर चिच्याए l
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ दिक्पाल, राजकुमार (७ जेठ २०७९), "कोतपर्वको पहिलो सिकार", गाेरखापत्र, अन्तिम पहुँच २२ जेष्ठ २०७९।
- ↑ "पहिलो ‘जनजाति सेनापति’ बन्ने सनकमा छत्रमानले मेटाउन खोजेका थिए अभिमानसिंहको इतिहास", नेपाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-३१।