निजामती सेवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निजामती सेवा सरकारी कोषबाट तलबभत्ता पाउने विशिष्ट ज्ञान सिप भएका स्थायी प्रकृतिका नागरिक सेवामा समर्पित खुला एवं आन्तरिक प्रतिस्पर्धाबाट छानिएर आएका गैह्र राजनीतिक कर्मचारीहरूको व्यावसायिक सेवा सङ्गठन वा पद हो । यो सरकारको अभिन्न गैह्र सैनिक चरित्रको स्थायी तथा अविछिन्न संस्था हो । योग्यतामा आधारित सेवा सरकारको मुख्य अङ्ग सेवाको सुरक्षा स्थायीत्व र वृत्तिविकासका अवसरहरू भएको नियम र कानुनमा आधारित भएर काम गर्ने अनुशासन र आचरणका आधारमा सञ्चालन हुने सरकारको सेवा हो ।

सामान्यतया मुलुकको सार्वजनिक प्रशासन सँचालन गर्ने स्थायी सँयन्त्रका रूपमा स्थापित राष्ट्रसेवकहरूको समष्टिगत सँरचनालाई निजामति सेवा भनिन्छ । यसलाई स्थायी सरकार पनि भनिन्छ । निजामति सेवा राज्य संचालनको एक आधारभुत तथा अभिन्न अँग हो । 

निजामति सेवाका ५ ओटा विशेषताहरु:-

१.स्थायीत्व

२.योग्यता प्रणाली 

३. कानुनी आधार

४. वृत्ति विकासको आधार

५.राजनीतिक तटस्थता

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]