त्यसरी होस् मरण
"त्यसरी होस् मरण" राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लिखित र कर्णदासको स्वर रहेको एउटा गीत हो। यस गीत घिमिरेको मृत्युको दिनमा प्रकाशित भएको थियो।[१]
परिप्रेक्ष्य
[सम्पादन गर्नुहोस्]"त्यसरी होस् मरण" वि.सं. २०१६ असोज १ गते माधवप्रसाद घिमिरेको काव्य पुस्तक किन्नर-किन्नरीमा प्रकाशित भएको थियो।[२] घिमिरेको अन्तिम इच्छा थियोकी यो कवितालाई गीतमा परिणत गर्ने र यस गीत मात्र उनको मृत्यु पछि मात्र प्रकाशन गर्दिने।[२][३] घिमिरेले आफ्नी छोरी शान्तिलाई भनेका थिएकी "यो गीत तिमीहरू सङ्गीतबद्ध गरेर राख्नू। मलाई सुनाउनु पनि पर्दैन। जब मेरो मृत्यु हुन्छ, त्यसपछि यसलाई सार्वजनिक गर्नू"।[२] उनकी छोरीले उनको इच्छा अनुसार यो कीर्तिलाई गायक कर्णदासलाई यो गीत गाउन भनेकी थिइन् र सङ्गीतकार आशिष अविरलले सङ्गीत भरेका थिए।[४][५]
प्रकाशन
[सम्पादन गर्नुहोस्]१०१ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मृत्यु वि.सं. २०७७ भदौ २ गते काठमाडौँस्थित आफ्नै निवासमा भयो।[२] त्यही गीत उनको मृत्युको दिनमा प्रकाशित भएको थियो।[६]
आबद्ध समूहहरू
[सम्पादन गर्नुहोस्]स्रोत[२]
- लेखक - माधवप्रसाद घिमिरे
- सङ्गीत परिकल्पना- शान्ति अधिकारी
- सङ्गीत रचना तथा एरेन्जर- आशिष अविरल
- गायक- कर्ण दास
- बाँसुरी- गोपाल घटानी
- डम्फु, मादल र तबला- भुवन गन्धर्व
- सारंगी- हेमन्त कान्छा रसाइली
- गितार- सञ्जीव बराइली
- बेस गितार- अनुप दास
- भायोलिन समूह- नोर्बू छिरिङ आप्पा, मोहनकृष्ण कार्की दली, गणेश परियार, मनोहर सुनाम र रविन कार्की दली
- रेकर्डिङ, मिक्सिङ र मास्टरिङ- एचबिएन किस्मत
- निर्माता- शान्ति शर्मा अधिकारी, अशेषकान्त शर्मा र मन्दिरा ढुंगेल
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रकवि घिमिरेले आफू बितेपछि सार्वजनिक गर्नु भनेको गीत : त्यसरी होस् मरण, त्यसरी होस् मरण (भिडियो)", अन्नपूर्ण पोस्ट, ३ भदौ २०७७, अन्तिम पहुँच २४ जेष्ठ २०७९।
- ↑ २.० २.१ २.२ २.३ २.४ "राष्ट्रकविले आफ्नो मृत्युपछि बजाउन लेखेको गीत– त्यसरी होस् मरण, त्यसरी होस् मरण ... (भिडिओ)", सेतोपाटी, २ भदौ २०७७, अन्तिम पहुँच २१ जेष्ठ २०७९।
- ↑ पौडेल, चिरञ्जीवी (२०७७ भदौ ३), "यसरी तयार भयो माधव घिमिरेको ‘मृत्यु गीत’", अनलाइन खबर, अन्तिम पहुँच २१ जेष्ठ २०७९।
- ↑ धमला, जीवनाथ (६ भदौ २०७७), "गीतकारका रूपमा राष्ट्रकवि माधव घिमिरे", नागरीक, अन्तिम पहुँच २१ जेष्ठ २०७९।
- ↑ ढकाल, टंक (३ भदौ २०७७), "रचिएको ६० वर्षपछि रेकर्ड भएकाे राष्ट्रकविको गीत, त्यसरी होस् मरण!", देशसञ्चार, अन्तिम पहुँच २१ जेष्ठ २०७९।
- ↑ पौड्याल, अजवी (४ भदौ २०७७), "‘त्यसरी होओस् मरण...’", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २१ जेष्ठ २०७९।