मादल

मादल नेपालको एक प्रसिद्व ताल बाजा हो। यो नेपाली समाजको मुख्य बाजा हो । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । यो बाजा मगर (नाग) जातिको बाजा मानिन्छ । सबैभन्दा पहिले मादल बजाउने मगर समुदाय हो। यसलाई दुई हातले कुटेर बजाउनु पर्छ । मादल कम्मरमा भिरेर बजाइन्छ ।
निर्माण[सम्पादन गर्नुहोस्]

छतिउन, दार तथा खमारीको काठबाट मादल बनाइन्छ । काठमा ढुङ्ग्रो पारेर दुवैपट्टी छालाले मोरेर खरी (मसला) लगाइएको हुन्छ । खरी बनाउँदा काँस र किटको धूलो मिसाइन्छ । यसको एकापट्टी केही सानो, अर्कापट्टी अलिक ठूलो पारेर बनाइएको हुन्छ । ठूलो भागलाई भाले र सानो भागलाई पोथी भनिन्छ [१]।
प्रकार[सम्पादन गर्नुहोस्]
मादल दुई खाले हुन्छन् । पूर्वेली मादल र पश्चिमेली मादल । पूर्वेली मादल आकारमा अलिक ठूलो र पश्चिमेली मादल अलिक सानो हुन्छ ।
References[सम्पादन गर्नुहोस्]
- ↑ Poudel, Parsuram (२०२१-०९-१५), "The Historical Context and Present Scenario of M𝒂̅dal", nepjol.info (Englishमा), अन्तिम पहुँच २०२२-१२-१८।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- केही सांस्कृतिक चिन्हारी[dead link]
- Photos of tribal madal
- Madal Folk Instrument of Nepal[dead link]
- Blending of west and east inevitable to boost[dead link]
- Sound example - Basic Beats of a Maadal