मादल

मादल नेपालको एक प्रसिद्व ताल बाजा हो। यो नेपाली समाजको मुख्य बाजा हो । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । यो बाजा मगर (नाग) जातिको बाजा मानिन्छ । सबैभन्दा पहिले मादल बजाउने मगर समुदाय हो। यसलाई दुई हातले हिर्काएर बजाउनुपर्छ । मादल कम्मरमा भिरेर बजाइन्छ ।
मादल नेपालको राष्ट्रिय बाजा हो[१] र धेरैजसो नेपाली लोक संगीतको मेरुदण्ड हो।[२] प्रसिद्ध नेपाली संगीतकार रञ्जित गजमेरले राहुल देव बर्मनको नेतृत्वमा काम गर्न थालेपछि यो बाजालाई बलिउड संगीतमा परिचय गराएका थिए र हम दोनो दो प्रेमी र कान्छी रे कान्छी रे जस्ता धेरै बलिउड गीतहरूमा यसलाई प्रयोग गरिसकेका छन्।[३] केही आदिवासी समूहहरूले प्रयोग गर्ने मादल पनि छ।
निर्माण
[सम्पादन गर्नुहोस्]
छतिउन, दार तथा खमारीको काठबाट मादल बनाइन्छ । काठमा ढुङ्ग्रो पारेर दुवैपट्टी छालाले मोरेर खरी (मसला) लगाइएको हुन्छ । खरी बनाउँदा काँस र किटको धूलो मिसाइन्छ । यसको एकापट्टी केही सानो, अर्कापट्टी अलिक ठूलो पारेर बनाइएको हुन्छ । ठूलो भागलाई भाले र सानो भागलाई पोथी भनिन्छ [४]।
प्रकार
[सम्पादन गर्नुहोस्]मादल दुई खाले हुन्छन् । पूर्वेली मादल र पश्चिमेली मादल । पूर्वेली मादल आकारमा अलिक ठूलो र पश्चिमेली मादल अलिक सानो हुन्छ ।
References
[सम्पादन गर्नुहोस्]- ↑ पौडेल, परशुराम प्रसाद (२०२१-१२-३१), "The Historical Context and Present Scenario of Madal", Journal of Fine Arts Campus (अङ्ग्रेजीमा) 3 (2): 23–32, आइएसएसएन 2795-1782, डिओआई:10.3126/jfac.v3i2.48332।
- ↑ "Madal Folk Instrument of Nepal", ECS NEPAL (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१२-०६।
- ↑ गायकवाड, मनिष (२०१८-०३-१७), "R.D. Burman's percussionist Ranjit Gazmer is a symbol of the old days of Bollywood composition", The Hindu (en-INमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२३-१२-०६।
- ↑ Poudel, Parsuram (२०२१-०९-१५), "The Historical Context and Present Scenario of M𝒂̅dal", nepjol.info (Englishमा), अन्तिम पहुँच २०२२-१२-१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- केही सांस्कृतिक चिन्हारी[स्थायी मृत कडी]
- Photos of tribal madal
- Madal Folk Instrument of Nepal[स्थायी मृत कडी]
- Blending of west and east inevitable to boost[स्थायी मृत कडी]
- Sound example - Basic Beats of a Maadal
मादल हातले ठाेकेर दर,खमारी वा छतिउनकाे काठ,छाला,खरी मगर जातिमा पचलित।