भुभुजेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्लास्टिकले बनेको रातो भुभुजेला
कालो र पहेँलो टाटे-पाटे भुभुजेला

भुभुजेला[१] भनेको एक किसिमको हरन हो जुन स्टेडियममा बजाईन्छ । यो लगभग एक मीटर लामो सम्मको हुन्छ । दक्षिण अफ्रिकामा भैरहेका विश्वकप-फुटबलमा यसको व्यापक प्रयोग दर्शकहरूले गरिरहेका छन् । यसलाई मुखमा राखेर बजाउँदा एककिसिमको ‘प्वाँऽऽऽ’ गर्ने एकनाशे ध्वनी निस्कन्छ ।

भुभुजेला अहिले निक्कै चर्चाको विषय बनेको छ । यस ‘प्वाँऽऽऽ’ ध्वनीका विरोधीहरू ‘यो दिक्क लाग्दो भुँईभुँई ले फुटबलको मजा नै चौपट भयो’ भनिरहेकाछन् भने स्वास्थ्यविद्हरूको विचारमा यसबाट रुघा-खोकी तथा फ्लू सर्ने खतरा खोक्दा वा हल्ला गर्दा भन्दा बढी हुन्छ भन्ने छ ।

भुभुजेलाका समर्थक आयोजक राष्ट्र दक्षिण अफ्रिका भने ‘यसले दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल प्रतियोगितालाई विशिष्ट बनाएको’ धारणा राख्छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


श्रोत[सम्पादन गर्नुहोस्]