लोकबाजा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाल प्रशस्त बाजाहरू भएकाे स्थान हाे । सृष्टिकाे प्रारम्भदेखि नै मनाेरञ्जनका साथै समयकाे नापलार्इ विभिन्न तालवाद्य यन्त्रकाे अाविष्कार गरेर मानिसले सफलता प्राप्त गर्दै लगेकाे देखिन्छ । मादल, सारङ्गी, टुङ्ना, डम्फूजस्ता ठेट नेपाली बाजाहरूले नेपाल र नेपाली संस्कृतिकाे अस्तित्व राखेका छन् र जातीयता चिनाएका छन् । नेपाली लाेकबाजामा नेपाली ढुकढुकी बाेलेकाे छ । लाेकबाजाले राष्ट्रिय पहिचान पनि गराएका छन् । नेपाली लाेकबाजाहरू कुनै फुकेर बजाइन्छन् भने कुनै रेटेर बजाइन्छन् । त्यसैगरी कुनै ठटाएर बजाइन्छन् भने कुनै पिटेर बजाइन्छन् । [१]

रक्षा, जगेर्ना र प्रवद्र्धन[सम्पादन गर्ने]

लोकबाजाको रक्षा, जगेर्ना र प्रवद्र्धनका लागि समाजकै सचेत समूहले अगुवाई गर्नु आवश्यक छ । नागरिक समाज, राजनीतिक समूह, सामाजिक संघ, संस्थाले नेपाली समाजको मौलिकतालाई स्थापित गरी राख्नतर्फ ध्यान दिनुपर्छ । लोकबाजा र लोकभाकाको संरक्षणका लागि दीर्घकालिन योजना बनाउने, नागरिकलाई मौलिक बाजाका बारेमा सचेत गराउनेतर्फ आवश्यक सचेतनामूलक कार्यक्रम पनि गर्नु जरुरी छ ।

आधुनिक प्रविधिको विकासले लोकबाजाको अभ्यासलाई केही सरल बनाए जस्तो देखिए पनि लोकबाजा गाउने र बजाउने अभ्यास बिना आधुनिक प्रविधिले पनि स्रोत पाउन सक्दैन । यसर्थ आधुनिक माध्यमको प्रयोग गरिरहँदा धरालतको रुपमा रहेको लोकबाजा बजाउनुपर्ने कामलाई जीवन्तताका लागि सबै क्षेत्रले गम्भीर भएर ध्यान दिनु जरुरी छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. तिवारी (लाेहनी), शाेभा (२०६०), लाेकसङ्गीतार्पण, ललितपुर ः साझा प्रकाशन

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]