लघुकथा
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
परिचय
[सम्पादन गर्नुहोस्]"लघु" भन्नासाथ छोटो, सानो अर्थात संक्षिप्त भन्ने बुझिन्छ । नेपाली साहित्यमा लघुकथा पनि अन्य रचना सरहकै सशक्त गद्य रचना भित्र पर्दछ। आकारको रूपमा सानो र सुक्ष्म देखिए पनि लघुकथाबाट प्राप्त आस्वादन कुनैपनि कथाबाट प्राप्त हुने स्वादभन्दा कम आक्न सकिन्न।
पाश्चात्य साहित्यका समालोकहरू लघुकथालाई पनि कथाकै शब्दिक अर्थबाट अथ्र्याउने गर्दछन् । लघुकथालाई फरक विधा र छुट्टै दृष्टिकोणबाट पाश्चात्य मनिषीहरूले नहेरे पनि विशेषतः भारत र त्यसका छिमेकी देशहरूमा लघुकथा लेखन एउटा सशक्त विधाको रूपमा अगाडि बढेको देखिएको छ। विश्व साहित्यको परिभाषामा कथालाई 'सर्ट स्टोरी' भनेर मानक प्रदान गरे जस्तै लघुकथालाई पनि त्यही कथाको रूपमा हेर्ने गरेको पाइन्छ ।
महाकवि देवकोटाले 'छोटो किस्सा'मा यसलाई सानो झ्याल जहाँबाट सानो संसार चियाईन्छ भनि परिभाषित गरेका छन|
परिभाषा
[सम्पादन गर्नुहोस्]साहित्यका अन्य विधाहरूकाझैँ लघुकथाको पनि शाश्वत र मानक परिभाषा यही हो भनेर किटान गरी भन्न सकिने अवस्था छैन। त्यसैले विभिन्न समयमा, विभिन्न साहित्यकारहरूले दिएका यी परिभाषाहरूबाट नै लघुकथाको चिनारी खोज्नु उपयुक्त हुन्छ।
- आधुनिक कथा तत्वले पूर्ण भएका स-साना कथा, छोटा कथा -बृहत् नेपाली शब्दकोश
- 'आकारगत लघुतामात्र लघुकथाको ताìिवक पहिचान होइन, मुख्य कुरो त यसमा क्षणभरमै विचार र भावको विस्फोट हुन सक्ने अणु सामथ्र्य हुनुपर्छ।'-दयाराम श्रेष्ठ -मधुपर्क, २०५६)
- न्यूनतम आख्यान भएको लघु गद्य संरचना लघुकथा हो। यसको प्रस्तुति तीव्र र अजटिल हुने हुँदा यो अति पठनीय हुन्छ। -मोहनराज शर्मा -मधुपर्क-२०५६)
- लघुकथा नेपाली साहित्यको सन्दर्भमा प्रयुक्त कथा विधाको एक प्रविधा हो।-राजेन्द्र सुवेदी -शृङ्खला, २०६६ वैशाख)
- लघुकथाको संरचना छोटो र स्वयम्मा पूर्ण हुन्छ। लक्ष्मण प्र. गौतम -मधुपर्क-२०५६)
- लघुकथा गद्य विधाको त्यो कथात्मक विधा हो, जुन आकारमा सीमित भएर पनि प्रस्तुति र अभिव्यक्तिका रूपमा सम्भवतः सर्वाधिक संश्लिष्ट माध्यमले सक्षम छ, जुन छोटो भइकन पनि चोटिलो र छरितो हुने गर्छ।-रोशन थापा 'नीरव' -मधुपर्क,२०५६)
- 'लघुकथा कुशल फोटोग्राफरले खिचेका विशाल र सुन्दर दृश्यको सानो फोटो हो। -श्रीओम श्रेष्ठ 'रोदन' -मधुपर्क २०५६)
- 'सरल, सङ्क्षिप्त, सुरुचिपूर्ण, प्रहारक, सम्प्रेषक तथा अन्त्योत्कर्षयुक्त कथात्मक अभिव्यक्तिलाई लघुकथा भनिन्छ। रविन्द्र समीर -पोस्टमार्टम लघुकथा सङ्ग्रह, २०६२)
- 'लघुकथा कथाको सङ्क्षेपीकृत रूप होइन।' गोविन्द गिरी 'प्रेरणा' -मधुपर्क २०५६)।
माथि उल्लेख गरिएका परिभाषाहरूका आधारमा के भन्न सकिन्छ भने छोटो समयमा थोरै शब्दमा, छरितो र प्रभावकारी किसिमले संयोजन गरी लेखिने पूर्ण अभिव्यक्तिपरक लघुगद्य संरचना नै लघुकथा हो। लघुकथाको स्वरूप लघुकथाको स्वरूप भनेको झ्वाट्ट हेर्दा देखिने एउटा आकार वा आकृति हो, जसमा आख्यानको तीव्र र तीव्रतम अभिव्यक्ति हुन्छ।
स्वरूप
[सम्पादन गर्नुहोस्]सङ्क्षेपमा लघुकथाको स्वरूपलाई निम्नानुसार देखाउन सकिन्छ।
- क) लघुकथा छोटो र सङ्क्षिप्त आकारको हुन्छ।
- ख) लघुकथाको बुनोट छरितो र कसिलो हुन्छ।
- ग) लघुकथाको विषय वा घटना तीब्र र रोचक हुन्छ।
- घ) लघुकथाका उत्तरोत्तर पछिल्ला वाक्य वा पङ्क्तिहरू उत्कर्ष हुँदै जान्छन्।
- ङ) लघुकथाको अन्त्यमा पाठकलाई मुक्तकीय झट्का दिन्छ र एउटा तीव्र प्रभाव छोडेर जान्छ।
- छ) लघुकथाको प्रभाव वा असर सुरुमा सूक्ष्म लागे पनि विचार गर्दै जाँदा झन्झन् गहन लाग्दै जान्छ। लघुकथाको विशेषता लघुकथालाई चिनाउने यसका आफ्नै निजात्मक विशेषताहरू रहेका छन्। छोटो भएर लामो अनुभूति दिलाउनु, सूत्रात्मक भएर विवरणात्मक हुनु र जीवनको अंश भएर पूर्णताको आभास गराउनु नै लघुकथाको मुख्य विशेषता हो। अर्थात् मोटा पुस्तकले घण्टौ लगाएर बुझाउन नसकेका कतिपय मान्यता र सीमालाई लघुकथाले एक मिनेटमै सहजरूपमा स्पष्ट पार्न सक्छ। -श्रीओम श्रेष्ठ 'रोदन', कृष्ण शाह यात्री, 'आणविक अस्त्र विवेक सिर्जनशील प्रकाशन, २०६४)
विशेषता
[सम्पादन गर्नुहोस्]अतः लघुकथाको विशेषताहरूलाई बुँदागतरूपमा निम्नअनुसार देखाउन सकिन्छ।
- क) सङ्क्षिप्त तर पूर्ण
- ख) परिपुष्ट र सुगठित योजना
- ग) प्रतीकात्मक
- घ) विम्बात्मक
- ङ) तीक्ष्ण र तीव्र अभिव्यक्ति
- च) कौतूहलपूर्ण
- छ) सूत्रात्मक
संरचक तत्वहरू
[सम्पादन गर्नुहोस्]लघुकथाका संरचक तत्वहरू लघुकथा निर्मितिका निम्ति आवश्यक पर्ने अवयबहरू नै लघुकथाका संरचक तत्वहरू हुन्। लघुकथा आख्यान विधाको एक उपविधा भएकोले सामान्यतया आख्यानका तìवहरू नै लघुकथाका संरचक तìव बनेर आउने गर्दछन्।
- क) कथावस्तु -विषय/घटना) केका बारेमा लघुकथा लेखिँदैछ ? त्यो नै लघुकथाको विषय वा घटना हो। 'विशृङ्खलित घटनाहरूलाई शृङ्खलाबद्ध संयोजन गरी आरम्भ, उत्कर्ष र निष्कर्षको रैखिक ढाँचामा कथावस्तुको गति तीब्र अघि बढाउनु नै लघुकथाको मूल उद्देश्य हो।' लघुकथाका कथावस्तु स्थूल वा सूक्ष्म भएर पनि आफैँमा पूर्ण हुन्छ।-राजेन्द्र सुवेदी, सिर्जनात्मक लेखन : सिद्धान्त र विश्लेषण, काठमाडौँ, पाठ्यसामग्री पसल, २०५७)
- ख) पात्र पात्र लघुकथाको महत्त्वपूर्ण तìव हो। विषयवस्तु वा कथानकलाई जीवन्त पार्ने र मूर्तरूप प्रदान गर्ने कार्य पात्रले गर्दछ। लघुकथामा सीमित वा न्यून पात्रको अपेक्षा गरिन्छ।
- ग) परिवेश आख्यानमा परिवेश भन्नाले कथामा वणिर्त देश, काल वा पर्यावरणलाई बुझाउँछ। लघुकथाको परिवेश सूक्ष्म र सङ्क्षिप्त किसिमको हुन्छ।
- घ) संवाद कथामा संवादले कुतूहलता थप्नुका साथै कथालाई चुस्तसमेत तुल्याउँछ तर लघुकथामा संवाद कथा, उपन्यासमाझैं व्यापक नभएर सीमित वा सङ्क्षिप्त हुन्छ।
- ङ) भाषा/शैली साहित्यका अन्य विधाकोझैँ लघुकथाको अभिव्यक्तिको माध्यम पनि भाषा नै हो। सरल, सरस, सहज, सटीक र सम्प्रेष्य भाषामा निर्मित हुने लघुकथामा लेखकले आफ्नो खुबी या लक्ष्यअनुरूपको शैली प्रयोग गर्दछ।
- च) दृष्टिबिन्दु आख्यानमा पात्रहरूले भोगेको अवस्था वा घटनाको व्याख्या गर्न आख्यानकारले रोजेको स्थान वा कोठा नै दृष्टिबिन्दु हो। उपन्यास र कथामा झैँ लघुकथामा पनि प्रथम पुरुष र तृतीय पुरुष दृष्टिबिन्दु हुन्छ।
- छ) उद्देश्य अन्य साहित्यिक विधाकोझैँ लघुकथाको पनि उद्देश्य हुन्छ। विशेष गरी समसामयिक, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक विकृति, विसङ्गति र वेथितिप्रति तीक्ष्ण व्यङ्ग्य प्रहार गरी सत्यको उद्घाटन गर्नु नै लघुकथाको उद्देश्य हुन्छ।
नेपाली लघुकथा का अवधारणा
[सम्पादन गर्नुहोस्]लघुकथाको उद्भव पृथक् आयाम, संरचना र मौलिक पहिचान लिएर विकसित भएको लघुकथाको उत्पत्ति वा उद्भव प्रक्रिया सम्बन्धी दुईवटा अवधारणा रहेका छन् : परम्परागत र आधुनिक। -ईश्वरीप्रसाद पोखरेल, प्रतिनिधि नेपाली लघुकथाहरू, २०६५)
- क) परम्परागत अवधारणा परम्परागत: अवधारणा अनुसार लघुकथाको उद्भवभूमि मौखिक साहित्यिक परम्परा अर्थात् लोक साहित्यिक परम्परा नै मानिन्छ। लघुकथा प्रारम्भ पूर्वमा वेद, उपनिषद्का ऋचाहरूको मन्त्र सूत्रहरू आदिबाट भएको मानिन्छ भने पाश्चात्य जगत्मा बाइबलका सूत्रात्मक कथाहरू तथा ईशपका नीति कथाहरूबाट भएको मानिन्छ। -रोशन थापा 'नीरव', मधुपर्क,२०५६) तसर्थ पूर्वमा लोक खिस्सा, उखान, गाउँखाने कथा, पञ्चतन्त्रका नैतिकथा र पश्चिममा गि्रसेली, रोमेली र बाइबलमा प्रयुक्त छोटा कथा आदिको विकसित रूप नै आधुनिक लघुकथाको बिउ हो भन्ने परम्परागत अवधारणा रहेको छ। 'उर्दू तथा फारसी साहित्यमा प्रख्यात खलिल जिब्रानका लघुकथाहरू त आधुनिक लघुकथाका सूत्रपात नै मानिन्छन्।
- ख) आधुनिक अवधारणा: यस अवधारणा अनुसार पाश्चात्य साहित्यमा आधुनिक कथा विधाको सैद्धान्तिक स्वरूपको प्रतिपादनसँगसँगै लघुकथाको पनि आविर्भाव १९ औँ शताब्दीको आरम्भ तिरै भएको मानिन्छ। विज्ञानको चरम उन्नति र कम्प्युटर जस्ता तीब्र सञ्चार प्रविधिको विकाससँगसँगै मान्छेको व्यस्तता पनि बढेपछि मान्छेले समयाभावका कारण छोटो, छरितो र चुस्त लेखनतर्फ अभिरुचि राख्न थालेपछि लघुकथा सिद्धान्तको अवधारणा विकसित भएको हो।
नेपाली लघुकथाको उद्भव र विकास नेपाली लघुकथाको उद्भव भूमि खोज्दै जाँदा लोक साहित्यसम्म पुग्नुपर्ने हुन्छ। लोक साहित्यमा पाइने उखान, तथा गाउँखाने कथा आदि नै नेपाली लघुकथाको प्रारम्भिक प्रारूप हो। बहुकालिक दृष्टिबाट हेर्दा नेपाली लघुकथा लेखनको आरम्भ वि. सं. १८०० तिरदेखि भएको मानिन्छ। गोर्खा वंशावलीमा अनुस्यूत दुई छोटा कथाहरू 'सत्सँग वर्णन भयाको कथाहा' र 'राजा प्रपञ्चैको व्यहोराको एउटा खिस्सा' लघुकथा सम्मत रचना हुन्। त्यस्तै 'मुन्सीका तीन आहान' लघुकथाका स्वरूपमा देखा परे पनि अनूदित भएको कारण मौलिक मानिन्न। रामकृष्ण बर्माद्वारा सम्पादित 'हास्यमञ्जरी' -वि.सं. १९५२) भित्रका रचनाहरूमा सीमित र सूक्ष्म तन्तुको आभास त पाइन्छ तर हँस्यौली-ठट्यौलीको प्रधानता र सुगठित कथानक तथा सशक्त कलात्मकताको अभाव छ। त्यसैले यसमा सस्तो मनोरञ्जनात्मक पक्षको मात्र प्रस्तुति छ। प्रतीकात्मक अर्थ दिने नेपाली उखानहरूको प्रयोग गरेर समाजको चित्र झल्किने गरी कृष्णचन्द्र अज्र्यालद्वारा वि.सं. १९८०-१९८५ तिर लिखित 'लौकिक न्याय मणिमाला' -वि.सं. २०१६) का रचनाहरूलाई घटराज भट्टराईले नेपाली लघुकथाका मौलिक रूप माने पनि उनको विचारसँग अन्य विद्वान्हरू सहमत हुन सकेका छैनन्। यसबाट के बुझिन्छ भने नेपाली लघुकथाको उद्भवकाल किटानका साथ भन्न सकिने अवस्था छैन र अहिलेसम्मको खोज, अध्ययन र अनुसन्धानका आधारमा नेपाली लघुकथा लेखन परम्पराको वास्तविक उठान आधुनिक नेपाली कथालेखन परम्परासँगै वि.सं. १९९०को दशकबाट भएको हो। अर्थात् आधुनिक नेपाली कथा परम्परामा लघुकथाको सिर्जना छुट्टै पहिचान र छुट्टै अस्तित्वबाट आरम्भ नभई आधुनिक नेपाली कथालेखनकै प्रयत्नबाट विकसित हुँदै आएको हुँदा यसलाई कथा परम्पराकै प्रवाहमा समाहित गरेर अध्ययन गरिनु बाञ्छनीय देखिन्छ। त्यसैले वि.सं. १९९० भन्दा अघि लेखिएका लघुकथात्मक रचनाहरूको महत्त्व नेपाली लघुकथाको उद््भवको निम्ति महत्त्वपूर्ण रहे पनि लघुकथा लेख्ने ध्येय राखेर नलेखिएको र रचनाहरूले समेत लघुकथाको वास्तविक स्वरूप प्राप्त गर्न नसकेका कारण ती रचनाहरूलाई नेपाली लघुकथाको पृष्ठभूमिमा राखेर अध्ययन गर्नु उपयुक्त हुन्छ। -राजेन्द्र सुवेदी, शृङ्खला, २०६६ वैशाख)
नेपाली लघुकथाको विकासक्रम
[सम्पादन गर्नुहोस्]आधुनिक नेपाली कथालेखन परम्परासँगै सुरू भएको नेपाली लघुकथाको विकासको अवधिलाई निम्न तीन चरणमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ। -गोपाल अश्क, समकालीन साहित्य, २०५९)
- क) पहिलो -यथार्थवादी) चरण-वि.सं. १९९२-२०१९
पहिलो चरण : आधुनिक नेपाली कथालेखन परम्परासँगै सुरू भएको आधुनिक नेपाली लघुकथाको पहिलो चरणको समयावधि वि.सं. १९९२ सालदेखि वि.संं. २०१९ सालसम्म मानिन्छ। यस चरणमा प्रायः यथार्थवादी लघुकथाहरू सिर्जना भएको कारण यथार्थवादी चरण पनि भनिन्छ। वि.सं. १९९२ सालमा प्रकाशित गोपालसिंह नेपालीको 'कल्पना' नामक कृतिलाई प्रथम लघुकथा सङ्ग्रहका रूपमा हेरिए पनि केही विद्वान्हरूले यस कृतिलाई गद्य कवितासङ्ग्रहको रूपमा लिएर विमति जनाएका छन्। विवादास्पद नै रहे पनि यस कृतिमा कथानकीय स्वाद भने अवश्य रहेको छ र यसका रचनाहरूमा पात्र, परिवेश, घटना आदि सबै कथात्मक अभिलक्षणहरू पाइन्छ। यस चरणका चर्चित लघुकथाकारहरू पूर्णप्रसाद ब्राहृमण, जयनारायण गिरी र शशिकला शर्मा हुन्, ब्राहृमणको 'झिल्का' -२००७) 'म लोग्ने' -२००८), गिरीको 'कसिङ्गर' -२००८) र शर्माको 'उनको सुरुवाल' -२०१९) यस चरणका प्रमुख लघुकथात्मक कृतिहरू हुन्। यस चरणका लघुकथाहरू यथार्थवादी छन्। पूर्णप्रसाद ब्राहृमण र शशिकला शर्माका लघुकथाहरू समाजका सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, घरायसी र मानवीय यथार्थलाई बडो रोचक र सटिक शैलीमा चित्रण गरेर लेखिएका छन्। त्यस्तै, जयनारायण गिरीका अधिकांश लघुकथामा नारी संवेदना र नारी जीवनको बहुरूपको चित्रणका साथै प|mायडीय मनोविज्ञान चिन्तनअनुसारको प्रणयजनित प्रतिविम्बहरू पाइन्छ। तसर्थ नेपाली लघुकथाको पहिलो चरणमा सामाजिक र मनोवैज्ञानिक -यौन) यथार्थवादी प्रवृत्तिका लघुकथाहरू मुख्यरूपमा सिर्जना गरिएका छन्।
- ख) दोस्रो -नवचेतनावादी) चरण -वि.सं. २०२० देखि २०३९
दोस्रो -नवचेतनावादी) चरण आधुनिक नेपाली लघुकथाको दोस्रो चरणलाई नवचेतनावादी चरण पनि भनिन्छ। यस चरणमा प्रारम्भिक चरणको सामाजिक र मनोवैज्ञानिक यथार्थवादी प्रवृत्तिभन्दा केही भिन्न किसिमले समाजमा विद्यमान सामाजिक, आर्थिक, राजनीतिक, लैङ्गिक र जातीय चेतनाको क्षेत्रमा देखापरेका असङ्गति, दमन, अत्याचार, द्वन्द्व, निचता र स्वेच्छाचारीको विषयलाई प्रयोगधर्मी नवचेतनाको धारमा प्रस्तुत गरिएका लघुकथाहरू सिर्जना तथा प्रकाशित भएका छन्। यस चरणका लघुकथाहरूमा पञ्चायती व्यवस्थाको दमनकारी नीति र बहुदलवादीहरूको विद्रोहात्मक र सङ्घर्षशील प्रवृत्तिको प्रशस्त प्रभाव परेको छ। विश्वम्भर प्याकुरेल, जगदीश नेपाली, अनिता तुलाधर, किशोर पहाडी, दुर्लभलाल सिंह, धु्रव मधिकर्मी, श्याम नेपाल, लव गाउँले, विनयकुमार कसजू, रमेश नेपाली आदि लघुकथाकारहरूका कलात्मक कथा शिल्पी पाएर उन्नत बनेको यस चरणमा लघुकथाको उचित समृद्धिको निमित रूपरेखा, मधुपर्क, सिउँडी, बिहान, जयन्तीजस्ता पत्रपत्रिकाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यस चरणमा लघुकथीय धर्मको पालना गरेर लेखिएका कृतिहरू विश्वम्भर प्याकुरेलका 'इन्दे्रणी गुम्बजभित्र', -२०२९) र केही लघुकथाहरू -२०२९), रमेश नेपालीको पाटीकी बौलाही -२०३२), अनिता तुलाधरको 'फुलू' -२०३४), श्याम गोपाल र धु्रव मधिकर्मीको संयुक्तसङ्ग्रह 'लघु' -२०३५), लव गाउँलेको 'मसिना कथाहरू' -२०३७), दुर्लभ सिंहको 'झुलभित्रको मान्छे' -२०३७), विनयकुमार कसजूको 'पशुतन्त्र' -२०३९) र जगदीश नेपालीको 'केही लघुकथाहरू' -२०३९) आदि हुन्।नवचेतनावाद -विसङ्गतिवाद र अस्तिìववाद)को बोलवाला रहेको यस चरणमा हरिहर खनाल, विनयकुमार कसजू, खगेन्द्र सङ्ग्रौला, हरिगोविन्द लुइँटेल आदिले प्रगतिवादी चेतका लघुकथाहरू पनि लेखेका छन्।
- ग) तेस्रो -समसामयिक) चरण - वि.सं. २०४० देखि हालसम्म
तेस्रो -समसामयिक चरण नेपाली लघुकथाको इतिहासमा समसामयिक चरणका रूपमा विकसित भएको वि.सं. २०४० सालभन्दा पछिको चरण लघुकथा सिर्जनाको दृष्टिले अत्यन्त उर्वर काल हो। नेपाली लघुकथाको दोस्रो चरणमा उदाएका कथाकारहरूले लघुकथा लेखन कार्यलाई निरन्तरता दिइरहेकै बखत नयनराज पाण्डे, मोहन बञ्जाडे, अमोददेव भट्टराई, इन्द्रकुमार श्रेष्ठ 'सरित', बासु बराल, तेजप्रसाद श्रेष्ठ, मनु ब्राजाकी, सीता पाण्डे, रत्न प्रजापति, श्रीओम श्रेष्ठ 'रोदन', विदुर गौतम, रामविक्रम थापा, सुमन सौरभ, रविन्द्र समीर, मनिक्रमराज शर्मा, राजेन्द्र पराजुली, हरिहर पौडेल, दुवसु क्षेत्री, रमेश क्षितिज, रोशन थापा 'नीरव', कुमार केसी, बलदेव मजगैंया, कपिल लामिछाने, विश्वराज अधिकारी, विष्णु राई, नगेन्द्रराज शर्मा, हरिगोविन्द लुइँटेल, कृष्ण शाह 'यात्री', नवराज रिसाल, प्रयास सौरभ श्रेष्ठ, पुष्करराज भट्ट, विजयसागरजस्ता कथाकारहरूले प्रचुर मात्रामा लघुकथा सिर्जना गरेर नेपाली लघुकथाको क्षेत्रलाई अझ उन्नत र विस्तृत तुल्याएका छन्। यस चरणका लघुकथाहरूमा वैचारिक स्वतन्त्रता नहुनाको कुण्ठा मुखरित भएको पाइन्छ।
यद्यपि यस अवधिमा लघु वा लघुत्तम साहित्यिक सिर्जना गरेर छोटो मीठोरूपमा तत्कालीन समयमा गुज्रेको समसामयिक विकृति विसङ्गतिको भण्डाफोर गर्ने काम तीब्ररूपमा अगाडि बढेको छ। यस चरणमा प्रशस्त मात्रामा लघुकथा सङ्ग्रहहरू प्रकाशित भएका छन्। अमोददेव भट्टराईको 'हस्ताक्षर' -२०४७) भागीरथी श्रेष्ठको 'रङ्गीन पोखरी' -२०५०), बालमुकुन्ददेव खनालको 'वाध्यता' -२०५०), ध्रुव मधिकर्मी र श्याम गोपालको संयुक्त कृति 'बुद्ध कहीँ छैन' -२०५१), सुमन सौरभको 'आधुनिक लघुकथाहरू' -२०५२) विनयकुमार कसजूको 'लिस्नो' -२०५३), 'थोपाथोपा' -२०५७) र 'बाघको शिकार' -२०६१), रविन्द्र समीरको 'तेस्रो आँखा' -२०५३) र 'पोस्टमार्टम' -२०६२), किशोर पहाडीको 'किम्बदन्ती' -२०५३), कपिल लामिछानेको 'अन्यथा' -२०५४) र 'जलमानव' -२०६१) रामविक्रम थापाको 'पात्रहरू' -२०५५), श्रीओम श्रेष्ठ 'रोदन'को 'आँखीझ्याल' -२०५८), हरिहर खनालको 'विगत-आगत' -२०५५), इन्दिरा प्रसाईंको 'लघुकथाहरूको सङ्ग्रह बयान' -२०५५), विष्णु राईको 'परपर' -२०५५), नगेन्द्रराज शर्माको 'एकान्तका आफन्तहरू' -२०५५) यस चरणका प्रमुख लघुकथा सङ्ग्रहहरू हुन्। यस चरणका लघुकथाहरूमा प्रगतिवादी चेत प्रवल हुनुका साथै समाज सुधारको समेत अपेक्षा गरिएको छ। समाजका विविध पक्षहरूमा देखापरेका विकृति, विसङ्गति र विडम्बनालाई विद्रोहात्मक व्यङ्ग्य गरी लेखिएका कृतिहरूमा हरिगोविन्द लुइँटेलको 'समय र पोखरी', कृष्ण शाह यात्रीको 'सूक्ष्म शिखाहरू', -२०५६) र रविन्द्र समीरको पोस्टमार्टम -२०६२) उल्लेखनीय छन्। त्यस्तै, गोरखबहादुर सिंहको 'आलु प्याज, प्याज आलु' -२०६०), किसन थापा अधीरको अन्धाहरूको देशमा -२०६०), नारायण तिवारीको 'दशैँ खर्च' -२०५७), नवराज रिसालको 'अदृश्य पीडा' -२०५७), पुष्करराज भट्टको 'कर्मयोद्धा' -२०५९), यमनदेव उत्प्रेरकको 'यात्रारम्भ' -२०५९), शेखरकुमार श्रेष्ठको 'सागरपुर' -२०५९), विजय सागरको 'सागरका कथाहरू' -२०६०), अगिव बनेपालीको 'शुभ यात्रा' -२०६०) र 'अन्तिम आग्रह' -२०६२), इन्द्रकुमार विकल्पको 'सर्वदलीय घर' -२०६०), कुसुम ज्ञवालीको 'शहीदले बिर्सिएको गाउँ' -२०६०) हिरण्य भोजपुरेको 'जङ्घार' -२०६०) अच्युत घिमिरेको 'शिखर चढिरहेको मान्छे' -२०६१), धनुषराजु राई 'राशिको सेतो हस्ताक्षर' -२०६१), गोपाल ढकालको 'अस्ताएको सूर्य' -२०६१), राजुराम मुनकर्मीको 'अन्तर्द्वन्द्व -२०६२, श्रीबाबु कार्की 'उदास'को 'समय र बाछिटा' -२०६२), हरिप्रसाद भण्डारीको 'अविरल यात्रा' -२०६३) कृष्ण बजगाइँको रोडम्याप -२०६६) जस्ता लघुकथा सङ्ग्रहहरू प्रकाशित भएका छन्।
नेपाली लघुकथाको विकासको यस चरणमा विभिन्न हवाई पत्रिकाका साथै पोस्टकार्डजस्ता पत्रिकाहरूले पनि लघुकथा विशेषाङ्क प्रकाशन गरेर लघुकथा विधामा महत्त्वपूर्ण योगदान दिएका छन्। सिर्जनशील साहित्यिक समाज -सिसास) काठमाडौँले लघुकथा वाचन तथा राष्ट्रव्यापी लघुकथा प्रतियोगिता आयोजना गरेर लघुकथाको व्यापकतालाई पुष्टि गरेको छ। त्यस्तै, ने.रा.प्र.प्र.ले लघुकथा सम्मेलन- २०५४' र द रेयुकाई नेपाल, पाटन शाखा, ललितपुरले पटकपटक राष्ट्रव्यापी लघुकथा प्रतियोगिताहरू आयोजना गरेर लघुकथाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको छ। नेपाली लघुकथाको यसै चरणमा किशोर पहाडी र अशेष मल्लद्वारा सम्पादित 'अध्याय', वासु बरालद्वारा सम्पादित 'चार हस्ताक्षर बाह्र स्वर', श्रीओम श्रेष्ठ 'रोदन'द्वारा सम्पादित 'शुभारम्भ' र 'सञ्चयन', गोरखबहादुर सिंहद्वारा सम्पादित 'पहिरो थुपारिएको बगर' र कृष्ण कँडेलद्वारा सम्पादित 'संवेदन स्वरहरू' जस्ता लघुकथा सङ्ग्रहहरू प्रकाशित भएका छन्। मधुपर्कले २०५६ भदौको अङ्कलाई 'लघुकथा विशेषाङ्क'को रूपमा प्रकाशित गरेर, ईश्वरीप्रसाद पोखरेलले 'नेपाली लघुकथा परम्परा' -२०६०) शीर्षकमा स्नातकोत्तर तहको शोधपत्र प्रस्तुत गरेर, विवेक सिर्जनशील प्रकाशन, काठमाडौँले प्रतिनिधि नेपाली लघुकथाहरू -२०६५) प्रकाशन गरेर र गोपाल 'अश्क'ले 'लघुकथा : प्रक्रिया र पाठ' नामक कृति प्रकाशन गरेर नेपाली लघुकथाको क्षेत्रमा विशेष उल्लेख्य कार्य गरेका छन्। कृष्ण पौडेल 'असीम', खड्गसेन ओली, खिलराज राई, 'सुदामा', गगनदीप, जगदीश घिमिरे, चङ्की श्रेष्ठ, जुनु क्षेत्री, तुलसीहरि कोइराला, गोपाल देवान, घनश्याम न्यौपाने 'परिश्रमी', कृष्ण बजगाईं, पुण्य बराल, धीरज गिरी, धु्रव शाही, निमेश निखिल, टीकाराम उदासी, रत्न कोजू, लक्ष्मण गाम्नागे, प्रदीप बगाले, प्रेमराज लुइँटेल, वसन्त ढकाल, फणीन्द्र ज्ञवाली श्रीधर शर्माजस्ता साहित्यकारहरूले पनि लघुकथा लेखन पथमा समाहित भएर आफ्ना कलम सक्रिय तुल्याउनुले नेपाली लघुकथाको यात्रा अझ फराकिलो र विधागत सुनिश्चिततातर्फ अग्रसर भएको देखिन्छ। [१]
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ :नेपाली लधुकथा परम्परा र वर्तमान -बाबुराम खपाङगी वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-१७ मिति