पद्मकन्या बहुमुखी क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पद्मकन्या कलेजको मैत्री भवन

पद्मकन्या बहुमुखी क्याम्पस (पुरानो नाम पद्मकन्या कलेज) नेपालको पहिलो महिला कलेज हो। केटीले मात्र पढ्ने यो क्याम्पस काठमाडौंको बागबजारमा अवस्थित छ। यो त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो। यो क्याम्पसको स्थापना २००८ सालमा राणा प्रधानमन्त्री पद्म शम्शेरले गरेका थिए। यहाँ प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म विभिन्न विषयमा पठन पाठन हुन्छ।

बागबजारमा अवस्थित छ यस क्याम्पसमा अहिले चार वटा भवनहरू रहेका छन् एक वटा पुस्तकालय भवन एक वटा छात्रावास र दुई वटा भवन कक्षा कोठाको लागि छुट्टाईएको छ साथै एक चमेना गृह रहेको छ त्यस मध्ये एउटा भवनको नाम रत्नदिप र अर्को भवनको नाम मैत्री भवन रहेको छ। मैत्री भवनमा पाँच तला रहेको छ जुन बनाउन डेनमार्कले सरकारले आर्थिक सहयोग गरेको थियो ।

यस क्याम्पसमा स्नातक देखि स्नाकोत्तरसम्म मानविकी, व्यवस्थापन, विज्ञान संकाय अन्तर्गत पढाई हुन्छ ।

यस क्याम्पसमा बिहान र दिवा समयमा कक्षाहरू सञ्चालन हुन्छन् । यस क्याम्पसमा अहिले रमेश श्रेष्ठ क्याम्पस प्रमुख रहेका छन् भनें करिव ५ सय शिक्षक शिक्षिकाले अध्यापन गर्दछन् ।

नेपालको शैक्षिक क्षेत्रमा खासगरी महिलालाई शिक्षित गर्ने कार्यमा यस कलेजले ठूलो योगदान दिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाह्य सूत्र[सम्पादन गर्नुहोस्]