योगमाया (उपन्यास)
![]() उपन्यासको आवरण पृष्ठ | |
लेखक | नीलम कार्की निहारिका |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
प्रकार | उपन्यास |
प्रकाशक | साङ्ग्रिला पुस्तक प्रा.लि. |
पृष्ठ | ५०३ |
पुरस्कार s | मदन पुरस्कार २०७४ |
आइएसबिएन | 9789937708197 |
योगमाया उपन्यासकार नीलम कार्की निहारिकाद्वारा लिखित एक ऐतिहासिक उपन्यास हो । यस उपन्यासको लोकार्पण वि.सं. २०७४ मा गरिएको थियो ।[१][२][३] उपन्यासको कथावस्तु राणा शासन कालमा समाज सुधारका लागि विद्रोह गरेकी योगमायाको जीवनीमा आधारित छ । [४]
मुल्याङ्कन[सम्पादन गर्नुहोस्]
यस उपन्यासकी लेखिका नीलम कार्की निहारिका एक स्थापित लेखिका हुन्। यो उनको दशौँ लेखन कृति हो। लेखिका कार्कीले लामो समयको अध्ययन तथा अनुसन्धानपछि यस पुस्तकलाई बजारमा ल्याएकी हुन्। यस उपन्यासको मुख्य केन्द्र भोजपुर जिल्लामा जन्मिएकी योगमाया न्यौपाने रहेकी छिन्। उनले राणा शासन कालमा समाज सुधारका लागि गरेकी कार्यहरूको विवरण यस उपन्यासमा वर्णन गरिएको छ।[५]
पुरस्कार[सम्पादन गर्नुहोस्]
- मदन पुरस्कार - वि.सं. २०७४[६]
अनुकूलन[सम्पादन गर्नुहोस्]
सन् २०१९ मा, पुस्तक टंक चौलागाईं द्वारा एक नाटक मा रूपान्तरण गरिएको थियो। लोकप्रिय नेपाली अभिनेत्री मिथिला शर्मा ले नाटक मा मुख्य भूमिका निभाईन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "योगमाया उपन्यासः शोधयुक्त आख्यान" (नेपालीमा), अन्तिम पहुँच २०१८-१०-१६।
- ↑ "निलम कार्की निहारिका को योगमाया उपन्यास सार्बजनिक", अन्तिम पहुँच २०१८-१०-१६।
- ↑ "‘योगमाया’ लिएर नीलम" (नेपालीमा), अन्तिम पहुँच २०१८-१०-१६।
- ↑ Setopati, सेतोपाटी संवाददाता ::, "मदन पुरस्कार 'योगमाया' लाई, जगदम्बाश्री शान्तदास मानन्धरलाई", setopati.com, अन्तिम पहुँच २०१८-१०-१६।
- ↑ "योगमाया सहित ६८ जनाले अरुण नदीमा हाम फाले !" (नेपालीमा), २०१८-०२-२४, अन्तिम पहुँच २०१८-१०-१६।
- ↑ "योगमायालाई मदन पुरस्कार, मानन्धरलाई जगदम्बाश्री" (नेपालीमा), अन्तिम पहुँच २०१८-१०-१६।