मोहनराज शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मोहनराज शर्मा ( वि.सं. १९९७ कात्तिक-२०७५ माघ १० ) नेपाली साहित्यकार एवं समालोचक हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

मोहनराजको जन्म वि.सं. १९९७ साल कात्त

कृतिहरू[सम्पादन गर्नुहोस्]

उनको पहिलो प्रकाशित रचना वि. सं. २०१६ मा 'बिलू' शीर्षकको निबन्ध हो । उनी नाटक, समालोचना, कथा, व्याकरण आदिमा कलम चलाउँछन्। उनका प्रकाशित कृतिहरूः
१. नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना (संयुक्त लेखन, वि.सं. २०३४)
२. नेपालीका केही आधुनिक साहित्यकार (वि.सं. २०२६)
३. कथाको विकास प्रक्रिया (समालोचना, वि.सं. २०३५)
४. जेमन्त / यमा (वि.सं. २०४१)
५. बैकुण्ठ एक्सप्रेस (नाटक, वि.सं. २०४२)
६. कोर्रा कथासङ्ग्रह (वि.सं. २०४०)
७. पुछारको पातो (वि.सं. २०४०)
८. मि. झप्पु सिंह (वि.सं. २०३८)
९. च्याँखेधर्ना हास्यव्यंग्य (निबन्ध सङ्ग्रह, वि.सं. २०२४)
१०. शैलिविज्ञान (वि.सं. २०४८)
११. शब्द रचना र वर्ण विन्यास वैज्ञानिक पद्धति (वि.सं. २०३६)

पुरस्कार[सम्पादन गर्नुहोस्]

उनले बैकुण्ठ एक्सप्रेस (नाटक, २०२२) ग्रन्थको लागि मदन पुरस्कार २०४२ प्राप्त गरेका हुन् । यसबाहेक वि. सं. २०४०को मैनाली कथा पुरस्कार, वि. सं. २०४४ मा त्रि.वि. वि. सेवापदक पाएका छन् ।

मृत्यु[सम्पादन गर्नुहोस्]

साहित्यकार तथा समालोचक प्राध्यापक मोहनराज शर्माको 78 वर्षको उमेरमा २०७५ साल माघ १० गते बुधबार राति निधन भएको थियो । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उनको कलङ्कीस्थित नेशनल अस्पतालमा निधन भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]