भानुभक्त पोखरेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भानुभक्त पोखरेल
तस्वीर उपलब्ध छैन
जन्मवि.सं. १९९३ असोज ८
सेलेजु पाँचथर
राष्ट्रियतानेपाली

भानुभक्त पोखरेल (वि.सं. १९९३ - ) नेपाली-भाषाका साहित्यकार एवम् व्याकरणविद् हुन्।

जीवनी[सम्पादन गर्ने]

बाबु धनकुमारी पोखरेल र आमा लक्ष्मीदेवीका सुपुत्रका रूपमा वि.सं. १९९३ असोज ८ गते सेलेजु गाउँ, ओयाम गा.वि.स., पाँचथर जिल्लामा भानुभक्त जन्मेका हुन्। संस्कृतमा साहित्याचार्य, नेपालीमा एम्. ए. गरेका पोखरेल कथा र उपन्यास कलम चलाएका छन्।

कृतिहरू[सम्पादन गर्ने]

उनको पहिलो रचनाका रूपमा वि. सं. २०१४मा "छात्रावाणी" (बनारस)मा एउटा कविता प्रकाशित भएको थियो। उनका कृतिहरूः
१. राष्ट्रमाता (काव्य, वि. सं. २०२७)
२. उन्यौको फूल (कविता, वि. सं. २०२७)
३. बोध शैली र अभिव्यक्ति (रचनाकौशल, वि. सं. २०३१)
४. नेपाली फुटकर कविता (वि. सं. २०३३)
५. मान्छेको म (काव्य, वि. सं. २०३३)
६. भिखारी - विचारिका (समालोचना, वि. सं. २०३२)
७. कवि घिमिरे र उनका काव्य चिन्तन (समालोचना, वि. सं. २०३९)
८. फूलबारी (बालकविता, वि. सं. २०४३)
९. मृत्युञ्जय महाकाव्य (काव्य, वि. सं. २०४७)
१०. ढुङ्गाको टुसो (कविता, वि. सं. २०५२)
११. साहित्यिक समीक्षा संग्रह (समालोचना, वि. सं. २०५५)
१२. जागृति राग (महाकाव्य, वि. सं. २०५५)
१३. कवि घिमिरेको रचना योग (समालोचना, वि. सं. २०५९)
१४. मुसाको सिङ (कविता, वि. सं. २०६१)
१५. माधव घिमिरेका विशिष्ट खण्डकाव्य (समालोचना, वि. सं. २०५६)
१६. हिमवत्खण्ड महाकाव्य (महाकाव्य, वि. सं. २०६४)
१७. काव्यचौगेडी (खण्डकाव्य, वि. सं. २०६८)
१८. साहित्यिक अनुशीलन (समीक्षा, वि. सं. २०५७)
१९. सिद्धान्त र साहित्य (समालोचना सिद्धान्तहरू, वि. सं. २०५९)

पुरस्कार[सम्पादन गर्ने]

मृत्युञ्जय महाकाव्य का लागि उनले २०४७ को मदन पुरस्कार प्राप्त गरेका हुन्। वि. सं. २०३९ मा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा दोस्रो पुरस्कार, वि. सं. २०२३ मा जिल्लाव्यापी कबिता् महोत्सब तर्फ स्वर्ण पदक, दीर्घसेवा पदक, प्रतिभा पुरस्कार, षडानन्द प्रतिभा पुरस्कार पाएका छन् । उनको हिमवत्खण्ड महाकाव्य पुस्तकले २०६४ सालमा पद्यश्री साहित्य सम्मान प्राप्त गर्न सफल भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]