हाम्रो लोक संस्कृति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हाम्रो लोक संस्कृति
चित्र:Hamro Lok Sanskriti.jpg
लेखकसत्यमोहन जोशी
देशनेपाल
भाषानेपाली
विषयलोक संस्कृति
प्रकाशकरत्न पुस्तक भण्डार
प्रकाशित मिति
सन् १९५६
पुरस्कार sमदन पुरस्कार

हाम्रो लोक संस्कृति सन् १९५६ मा सत्यमोहन जोशीद्वारा लेखिएको पुस्तक हो। पुस्तकमा नेपालको लोक संस्कृतिको बारेमा प्रकाश पारिएको छ। यो पुस्तकले वि.सं. २०१३ सालमा नेपालको सबैभन्दा प्रतिष्ठित र सर्वोच्च साहित्य पुरस्कार मदन पुरस्कार प्राप्त गरेको थियो।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

सन् १९४३ मा पुस्तकका लेखक सत्यमोहन जोशीले नेपालको औद्योगिक र वाणिज्यिक खुफिया विभागमा काम गरेका थिए।[१] कामकै समयमा उनले नेपालका दुई जिल्ला तनहुँ जिल्लालमजुङ जिल्लाको सामाजिक अर्थव्यवस्थाको बारेमा सर्वेक्षण गरेर प्रतिवेदन तयार पारेका थिए।[२] जिल्ला भ्रमणको क्रममा उनले गाउँलेहरूलाई खेत, जङ्गल र चौतारी जस्ता स्थानहरूमा गाएको सुनेका थिए।[२] दिउँसोको समयमा गाउँलेहरू मादल लिएर गीत गाउँदै मारुनी नाच, कौडा नृत्य, चुडका, सोराठी र झ्याम्रे नृत्य प्रदर्शन गर्थे।[२] जोशीले गाउँलेहरूको जीवनमा सङ्गीत एक विस्तृत अंश रहेको भान पाए जसले उनलाई मोहित पारेको थियो।[२]

उनले यी गीतहरूलाई नेपालभर प्रदर्शन गर्न चाहन्थे तर सन् १९५० को दशकमा रेडियो प्रसारण केन्द्र थिएनन्,[३] जसले गर्दा उनले साहित्यिक पत्रिका शारदामा यी गीतहरू प्रकाशित गरे।[२] पत्रिकाका सम्पादक बालकृष्ण समले जोशीलाई प्रत्येक गीतको प्रसङ्ग प्रस्तुत गर्न सिफारिस गरे जसले गर्दा पाठकहरू गीतको इतिहास र विश्लेषणको बारेमा जान्न सकोस्।[२] प्रारम्भिक कालखण्डमा जोशीलाई गीतको प्रसङ्ग र इतिहासको बारेमा लेख्न गाह्रो भएको थियो किनकी सो समयमा नेपालको संस्कृतिको बारेमा कसैले लेखेका थिएनन्।[२] पछि उनले पत्रिकाबाट प्रकाशित गीतहरू सङ्कलन गरेर 'हाम्रो लोकसंस्कृति' नामक पुस्तक प्रकाशित गरेका थिए।[२]जोशीले पुस्तक प्रकाशित गर्ने क्रममा कवि गोपालप्रसाद रिमाललाई भेटेका थिए जसले उनलाई नेपालको ग्रामीण जनसङ्ख्याको लोक संस्कृति, कथा, गीत र जीवन शैलीको कदर गर्न प्रोत्साहित गरेका थिए।[४]

विमोचन र विरासत[सम्पादन गर्नुहोस्]

वि.सं. २०१३ तदानुसार सन् १९५६ मा नेपालको सबैभन्दा प्रतिष्ठित र सर्वोच्च साहित्य पुरस्कार मदन पुरस्कार समारोह आयोजना गरियो जसमा यो पुस्तक लगायत 'जनरल भीमसेन थापा र तत्कालीन नेपाल' र 'अधिकविभव स्थिरविद्युत् उत्पादक' नामक कृतिले पुरस्कार पाउन सफल भएको थियो।[४][५][६] जोशीले यो कृति उनको मूल सृजना नभएर यसको सम्पूर्ण श्रेय गाउँलेहरूलाई जानुपर्छ भनि अभिव्यक्ति दिएका थिए।[६] उनले आफनै पहलमा नेपालको संस्कृति संरक्षणका लागि असङ्ख्य सङ्गठनहरू निर्माण गर्न सहयोग गरेका थिए।[४] जोशीले 'नेपाली राष्ट्रिय मुद्रा' (सन् १९५७) र 'कर्णाली लोक संस्कृति' (१९७१) को लागि थप दुई मदन पुरस्कार जितेका थिए।[४][७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Shrestha, Avant (सेप्टेम्बर २०११), "The tune in his heart", Issuu (अङ्ग्रेजीमा), Voices of Women Media, पृ: 80–81, मूलबाट १९ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२० 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ "For the love of native tunes", The Kathmandu Post (अङ्ग्रेजीमा), १५ अप्रिल २०१४, मूलबाट १९ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२० 
  3. Rai, Dewan (५ अप्रिल २००५), "Journey of radio", The Himalayan Times (अङ्ग्रेजीमा), मूलबाट ६ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२० 
  4. ४.० ४.१ ४.२ ४.३ Davis, Carol C. (३० अप्रिल २०१९), Theatre of Nepal and the People Who Make It (अङ्ग्रेजीमा), Cambridge University Press, पृ: 46, आइएसबिएन 978-1-108-58612-2, मूलबाट १९ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२० 
  5. "वि.सं. २०७६ को ‘जगदम्बा-श्री’ तथा ‘मदन पुरस्कार’ को घोषणा – मदन पुरस्कार गुठी", Madan Puraskar, २० सेप्टेम्बर २०२०, मूलबाट १९ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२० 
  6. ६.० ६.१ Sada, Ivan (अगस्ट २०१०), "Interview: Satya Mohan Joshi", ECS Nepal (अङ्ग्रेजीमा), मूलबाट २० फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२० 
  7. P. Koirala, Keshav (९ डिसेम्बर २०१४), "Veteran culture expert Satyamohan Joshi hospitalised", The Himalayan Times (अङ्ग्रेजीमा), मूलबाट ४ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२०