जीवन काँडा कि फूल
जीवन काँडा कि फूल झमक घिमिरेद्वारा लिखित आत्मकथा हो। यो पुस्तकमा झमकले आफूले भोगेको पीडा र सङ्घर्षको गाथा ब्यक्त गरेकी छिन्। २०६८ सालमा उनले यो पुस्तकबाट मदन पुरस्कार पाएकी थिइन्।
क्षेत्र
[सम्पादन गर्नुहोस्]लेखकका बारे
[सम्पादन गर्नुहोस्]झमकको जन्म विसं २०३७ असार २१ गते धनकुटा जिल्लाको कचिंडे गाउँमा भएको हो। पिता श्रीकृष्णबहादुर र माता आशादेवी घिमिरेको प्रथम सन्तानका रूपमा उनले जन्म लिएकी हुन्। जन्मदा उनी अन्य शिशु झै देखिन्थिन् तर उनलाई मस्तिष्कको पक्षाघात जस्तो गम्भीर रोग लागेको रहेछ। यसकै असरले अरू शिशु सरह उनका हातगोडा सक्रिय हुन सकेनन्। उनको बोली पनि आएन र उनी बहु अपाङ्गताको अवस्थामा रहन पुगिन्। यस्तो अवस्थाकी शिशु झमकलाई उनकी हजुरआमाले बडो लेह र ममतासाथै हुर्काउँदै थिइन्। तिनै हजुरआमा एक दिन घर मा झमक मात्र भएको अवस्थामा अचानक परलोक भइन्। आफै हिँडडुल दिसा पिसाब गर्न र खान समेत नसक्ने झमकलाई सबै कुरामा अरूको सहयोग चाहिन्थ्यो। यी सबै काम गरेर हुर्काउने स्नेहमयी हजुरआमाको निधनपछि झमकको जीवन झन् कष्टकर बन्यो।