डा. केशवप्रसाद उपाध्याय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

डा. केशवप्रसाद उपाध्याय मदन पुरस्कार पाउने विद्वान हुन्। उनले वि.सं. २०५५मा उक्त पुरस्कार पाएका हुन्।

जीवनी[सम्पादन गर्ने]

उपाध्यायको जन्म वि.सं. १९९० पौष १७ गते चण्डी टोल, मकवानपुर गढीमा भएको हो। उनको वास्तविक नाम धनराज घिमिरे हो। संस्कृतमा साहित्याचार्य, नेपालीमा एम.ए. र विधावारिधि गरेका उनले लामो समय प्राध्यापन बिताए।

मौलिक कृति[सम्पादन गर्ने]

उनी समालोचनाका लागि चिनिन्छन्। उनको पहिलो रचना वि.सं. २०१९मा खुड्कीलोमा तरुण तपसीः एक अध्ययन शीर्षकको लेख प्रकाशित भएको थियो। उनका मौलिक कृतिहरू यसप्रकार छन् :
१. साहित्य प्रकाश (वि.सं. २०३०)
२. रिमालः व्यक्ति र कृति (वि.सं. २०३२)
३. प्राथमिककालीन कवि र काव्य प्रवृत्ति (वि.सं. २०३२)
४. केही रचना केही विवेचना (वि.सं. २०३२)
५. तरुण तपसीको पूनर्मूल्याङ्कन (वि.सं. २०३४)
६. विचार र व्याख्या (वि.सं. २०४०)
७. पूर्वीय साहित्य-सिद्धान्त (वि.सं. २०३६, समालोचना)
८. बालकृष्ण समको दुखान्त नाट्यचेतना (वि.सं. २०४५, समालोचना संग्रह)
९. हिन्दी नेपाली शिक्षक (वि.सं. २०२०)
१०. दु:खान्त नाटकको सृजना परम्परा
११. मन्थन (समालोचना)
१२. तीन कविका तीन काव्य (समालोचना)
१३. नेपाली नाटक र नाटककार (समालोचना)
१४. समका तीन नाटक (समालोचना)
१५. नाटकको अध्ययन (समालोचना)
उनले त्रियुगाको सम्पादक भएर काम पनि गरेका थिए।

पुरस्कार[सम्पादन गर्ने]

दु:खान्त नाटकको सृजना परम्परा नामक ग्रन्थका लागि मदन पुरस्कार २०५५ प्राप्त गरेका हुन्। उनी नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा पुरस्कृत पनि भएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]