जनकलाल शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जनकलाल शर्मा (वि.सं. १९८३-२०५६) नेपाली साहित्कार एवम् विज्ञान वेत्ता हुन्। उनले जोसमनी सन्त परम्परा र साहित्य का लागि वि.सं. २०२० सालको मदन पुरस्कार प्राप्त गरेका थिए।

जीवनी[सम्पादन गर्ने]

वि.सं. १९८३ साल वैशाख १७ गते जन्मेको हो मेरो छोरो भनेर दार्जिलिङको स्कुलमा नाउँ लेखाइदिएका थिए मेरा पिताले भन्ने जनकलाल शर्मा इलामको क्याबुङमा वि.सं. १९७८ साल वैशाख १७ गते गोविन्दप्रसाद उपाध्याय ढकाल र कौशल्यादेवीबाट जन्मेका थिए।

शर्माले दार्जिलिङदेखि बनारससम्मका स्कुल तथा कलेजहरू पढे। अन्त्यमा यिनले भारतको उत्तर प्रदेशबाट साहित्यरत्नको उपाधी लिए र नेपाल आएर उनले सरकारी जागीर खाए |शिक्षक पदबाट शुरु गरेर उनी क्रमशः पुरातत्व विभागको महानिर्देशकसम्म पनि भए। अन्य सहकर्मीको सेवा प्रवृति विपरित उनले कुर्सीमा बस्ने काममात्र गरेनन, अपितु त्यसै सन्दर्भमा नेपालका विभिन्न ठाउँको भ्रमण गरे र पुरातत्वका ज्ञानहरू बटुले। अनि उनले त्यस विषयका लेखरचनाको पनि आविष्कार गरे। त्यहि अध्यनको निचोड हो, हाम्रो समाज: एक अध्ययन-जसले वि.सं. २०४२को साझा पुरस्कार पायो। यस्तै अध्ययनको सिलसिलामामा भारतका महापण्डित राहुल साङ्कृत्यायनसँग पनि यिनको सम्पर्क भयो। यिनीहरूको एकअर्कासँग सम्बन्ध पनि कस्तो थियो भने राहुलले उनलाई लेखेका चिठीमात्र १०४ वटा फेला परे। शर्माकै कारण राहुलले तेश्रो पत्नीका रूपमा डा. कमला साङ्कृत्यायनसँग बिहे पनि गरे।

शर्माले महाकवि देवकोटालाई मामा भन्थे। शर्माका कारणले राहुलले देवकोटालाई भारतीय तीन कवि पन्त, प्रसाद र निराला बराबर नेपालका एकजना महाकवि देवकोटा लेखे। अनी त्यसै घडी राहुलले देवकोटालाई निरालाको समकक्षमा राँची लगेको प्रसङ्ग समेत जोडिदिए। त्यो पढेर जनक लालसँग रिसाएका देवकोटाले त्यसै राति उनले 'जरुर साथी म पागल' भन्दै एउटा कविता पनि लेखे र भोलिपल्टै त्यो जनकलाललाई सुनाए।

वि.सं. २००२ सालमा (चन्द्रकला) सँग विवाहित जनक लाल का तीन छोराछोरी जन्मे। शर्मा हरेक प्रकारका खानाका सौखिन थिए। जुवा खेल्नेको विरोधी थिए। कसैले उनका विषयमा कुरा गर्दा उनी थाहा पाइहाल्थे 'यो के भन्दै छ -' उनी आफूलाई र्सकाएको रहेछ भने तुरुन्तै बुझथे र भन्थे 'मसँग तपाईं के पटयाउन लाग्दै हुनुहुन्छ !" उनी खुलस्तका चौबीस क्यारेट सुन थिए।

शर्मा प्रायः सबै कुराका सोखिन थिए। बजारमा राम्रो कलम निस्केको छ भने त्यो उनका घरमा पनि देखिन्थ्यो। राम्रा किताब, राम्रो लाई ट, राम्रो चिम र भान्सामा प्रयोगमा आउने राम्राराम्रा सामानहरू किन्नमा पनि उनको विशेष रुचि थियो। उनी पैसालेमाल किन्दैनथे, मालका लागि पैसा तिर्थे। उनका घरमा एउटा असल छोरो सुमन र एउटी असल बुहारी रम्भा पनि थिए। वास्तवमा उनको घर नै मनमोहक थियो। उनी बराबर भन्थे 'कसैको सभ्यता हेर्नुपर्छ भने त्यस घरको शौचालय, घरमूली स्त्रीको कुर्कुच्चो र काम गर्नेमान्छेको कपडा हेरे पुग्छ।'

शर्माको सुत्नेकोठामा पनि पुस्तकका र्याक नै र्याक हुन्थे। उनको बैठककोठा त पुस्तकालय नै थियो। तर उनी कसैलाई एउटै पुस्तक दिँदैनथे। कसैलाई पुस्तक दिँदा लामो तमसुक नै लेख्नुपर्थ्यो। त्यसरी उनले पुस्तकहरूको आदर गरेका थिए।

उनले जोसमनी सन्त परम्परा र साहित्य नामक ग्रन्थका लागि सामाजिक शास्त्र विधामा वि.सं. २०२० सालको मदन पुरस्कार प्राप्त गरेका हुन्।

नेपाली साहित्याकाशका प्रखर, निष्ठावान् र माथिल्लाकोटीका साधक शर्माको वि.सं. २०५६ साल माघ १६ गते अथवा शहीद सप्ताहको अन्तिम दिन स्वर्गिय भए।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]