भवेश्वर पङ्गेनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डा. भवेश्वर पंगेनी (वि.सं. २०१२ - ) नेपालका इतिहासकार हुन्। उनले वि.सं. २०४९ सालको मदन पुरस्कार पाएका हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

भवेश्वरको जन्म बाबु पं. मेदिनीबल्लभ पंगेनी र आमा बेलकुमारीका सुपुत्रका रूपमा वि.सं. २०१२ साल भदौ २७ गते बिहीबारको दिन मदनपोखरा, पाल्पामा भएको हो।

कृतिहरू[सम्पादन गर्नुहोस्]

उनका प्रकाशित केही कृतिहरूः
१. डा. के. आई. सिंहको चीन प्रवास : वि. सं. २००८-२०१२
२. पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सय दिन : वि.स. २००७
३. नेपालको प्रशासनिक इतिहास : वि. सं १८२५-१९०३
४. चन्द्र शमशेरका पालामा भारतमा पठाइएका विद्यार्थीहरूको छात्रवृत्तिसम्बन्धी व्यवस्था

पुरस्कार[सम्पादन गर्नुहोस्]

पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सय दिन : वि.स. २००७ ग्रन्थका लागि उनले मदन पुरस्कार २०४९ प्राप्त गरेका हुन्।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]