गङ्गाविक्रम सिजापति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गङ्गाविक्रम सिजापति (वि.सं. १९७२- वि.सं. २०४८) मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्त्व हुन् । उनले वि.सं. २०१५ सालमा विज्ञानतर्फको मदन पुरस्कार पाएका हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म वि.सं. १९७२ सालमा दुगमबहिल, काठमाडौंमा भएको थियो। उनी प्राविधिक विषय कृषिमा स्नातक थिए। उद्यान नामक ग्रन्थका लागि उनले विज्ञानतर्फको मदन पुरस्कार २०१५ सालमा प्राप्त गरेका थिए। विशेष गरेर कृषि, पशुपालन, मत्स्यपालन र करेसासम्बन्धी विषयलाई व्यावसायिक रूपमा प्रचारप्रसार तथा बोध गराउन उनका पुस्तकहरूले ऐतिहासिक रूपमा मद्दत गरेका छन्। उनको निधन वि.सं. २०४८ सालमा भयो ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]