दयाराम श्रेष्ठ
दयाराम श्रेष्ठ (वि.सं. २००० - ) अनुसन्धानात्मक लेखक हुन्। धनकुटामा जन्मिएका दयाराम श्रेष्ठ नेपाली साहित्यमा दयाराम श्रेष्ठ 'सम्भव' नामले पनि परिचित छन्। उनी मूलतः समालोचक हुन्। उनले आधुनिक नेपाली कथासित सक्बन्धित विषयमा विद्यावारिधि गरेका छन्।
जीवनी
[सम्पादन]दयारामको जन्म बाबु सूर्यबहादुर श्रेष्ठ तथा आमा नयनकुमारीका सुपुत्रका रूपमा वि.सं. २००० साल भदौमा सिरान बजार, धनकुटामा भएको हो। उनको साहित्यिक नाम दयाराम श्रेष्ठ 'सम्भव' हो। नेपालीमा एम्.ए. र विद्यावारिधि गरेका श्रेष्ठ प्राध्यापनमा संलग्न छन्।
कृति
[सम्पादन]उनका प्रकाशित कृतिहरूः
१. साहित्यको इतिहास : सिद्धान्त र सन्दर्भ (समालोचना, वि.सं. २०६१)
२. नेपाली साहित्यका केही पृष्ठ (समालोचना, वि.सं. २०३२)
३. शाहवंश र नेपाली भाषा-साहित्य (समालोचनाहरू , वि.सं. २०३९)
४. रामकथा परम्परा र भानुभक्तीय रामायण (समालोचना, वि.सं. २०४१)
५. नेपाली भाषा र साहित्यको विकासमा शाहवंशको देन (इतिहास, वि.सं. २०४४)
६. नेपाली कथा र यथार्थवाद (शोध-प्रबन्ध, वि.सं. २०३९)
७. नेपालको राष्ट्रिय झण्डा (इतिहास, वि.सं. २०५३)
पुरस्कार
[सम्पादन]नेपालको राष्ट्रिय झण्डा नामक शोधग्रन्थका लागि उनले मदन पुरस्कार २०५३ प्राप्त गरेका थिए।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "बबरसिंह-देवकुमारी थापा सेवा गुठीद्वारा मदन पुरस्कार विजेता प्रा डा. श्रेष्ठ र राई सम्मानित", देश सञ्चार अनलाइन, अन्तिम पहुँच २०२५-१२-२७।