ग्रीष्मबहादुर देवकोटा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


ग्रीष्मबहादुर देवकोटा (वि.सं. १९७३- वि.सं. २०५१) नेपालका सुप्रसिद्ध विद्वान् लेखक हुन्। उनले वि.सं. २०२४ सालमा मदन पुरस्कार पाएका थिए।

जीवनी[सम्पादन गर्ने]

देवकोटाको जन्म सन् १९१७ (वि.सं. १९७३ जेठ)मा पिता वसन्तबहादुर र माता आनन्दकुमारीका सुपुत्रका रूपमा काठमाडौंको नरदेवीमा भएको थियो। उनी स्वाध्ययनबाटै विद्वान् बने। शुरुमा राजनीतिमा नलागे पनि बीचमा राजनीतिमा लागिपर्ने देवकोटा पहिले प्रजातान्त्रिक कांग्रेससँग सम्बन्धित थिए भनेपछि वि.सं. २०१२ सालतिर डा. के.आई. सिंहको संयुक्त प्रजातन्त्र पार्टीसँग सम्बन्धित थिए।

बहुचर्चित सन्दर्भ सामग्री नेपालको राजनीतिक दर्पणका लेखक देवकोटाले नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास पनि लेखे। नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास नामक ग्रन्थका लागि सामाजिक शास्त्रतर्फको मदन पुरस्कार २०२४ प्राप्त गरेका थिए। राजसभा स्थायी समिति, गोरखापत्र, शाही प्रेस आयोगलगायतका विभिन्न संघसंस्थामा सदस्य भएर सल्लाह सेवा गर्ने देवकोटा विवाहपश्चात् एक छोरा जन्मेपछि युवावस्थामै विधुर भए। उनका एकमात्र छोरा छन्।

निधन[सम्पादन गर्ने]

मधुमेह र श्वास-प्रश्वासमा अप्ठेरो हुने बिमारीबाट पीडित देवकोटा वि.सं. २०५१ साल फागुन २३ गते सिकिस्त भई त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भए। उनको निधन वि.सं. २०५१ साल फागुन २५ गते ७८ वर्षको उमेरमा भयो।

साधना (कामना प्रकाशनको) पत्रिकाको रजत अंकमा उहाँको 'मेरो चासोको विषय घोच्ने सुइरो भयो' भन्ने शीर्षकमा आफ्नो अनुभूति लेखमा प्रश्न गर्नुभएको छ- राणाकालीन वैज्ञानिक गेहेन्द्र शमशेरले नेपालमा बनाएको नेपालको पहिलो प्रेस अहिले कहाँ छ ? यो देवकोटाको जीवनको अन्तिम प्रश्न हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]