जगदीश शमशेर राणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जगदीश शमशेर राणा (वि.सं. १९८६- ) मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्त्व हुन्। उनले वि.सं. २०३७ सालमा उक्त पुरस्कार पाएका थिए।

जीवनी[सम्पादन गर्ने]

राणाको जन्म वि.सं. १९८६ साल भाद्र ३ गते सिंहदरबार, काठमाडौंमा भएको हो। उनले नरसिंह अवतार नामक ग्रन्थको लागि मदन पुरस्कार २०३७ प्राप्त गरेका थिए। निजी व्यवसाय/समाजसेवामा संलग्न राणाले बी.ए. अनर्स र इतिहासमा एम्.ए गरे। नेपाल, भारत, लेबनान, जोर्डन, इरान, इराक, इजरायल, ग्रीस, मिश्र, इटली, फ्रान्स, स्वीट्जरल्याण्ड र हल्याण्डको भ्रमण पनि गरेका छन्।[१][२]

भारतको लागि नेपाली राजदुत[सम्पादन गर्ने]

कृतिहरू[सम्पादन गर्ने]

उनको पहिलो रचना वि.सं. २००१मा "कवि र उसकी प्रिया" शीर्षकको कविता हो। काव्य/समालोचनामा कलम चलाउने उनका कृतिहरूः

  1. नरसिंह अवतार (काव्य, वि.सं. २०३७)
  2. दश दृष्टिकोण (समालोचना संग्रह, वि.सं. २०४५)
  3. नाचगानको राजधानी भक्तपुर(साँस्कृतिक लेखहरूको संग्रह, वि.स. २०४६)
  4. नरसिंह अवतार परिचर्चा
  5. साहित्य चौतारी: एक विवेचना
  6. जगदीश शमशेर राणाको सेतो ख्याकको आख्यान (वि.सं. २०६०)
  7. साठी वर्ष अघि र पछि
  8. महाकवि देवकोटाको वैचारिक पक्ष
  9. काव्यको रचनामा शिल्पकारिताको भूमिका
  10. मुनामदन भ्रमण (समालोचना)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]