जगदीश शमशेर राणा
स्वरूप
जगदीश शमशेर राणा (वि.सं. १९८६- ) मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्त्व हुन्। उनले वि.सं. २०३७ सालमा उक्त पुरस्कार पाएका थिए। उनको मृृृत्यु २०७४ साल आश्व्विन
जीवनी
[सम्पादन गर्नुहोस्]राणाको जन्म वि.सं. १९८६ साल भाद्र ३ गते सिंहदरबार, काठमाडौंमा भएको हो। उनले नरसिंह अवतार नामक ग्रन्थको लागि मदन पुरस्कार २०३७ प्राप्त गरेका थिए। निजी व्यवसाय/समाजसेवामा संलग्न राणाले बी.ए. अनर्स र इतिहासमा एम्.ए गरे। नेपाल, भारत, लेबनान, जोर्डन, इरान, इराक, इजरायल, ग्रीस, मिश्र, इटली, फ्रान्स, स्वीट्जरल्याण्ड र हल्याण्डको भ्रमण पनि गरेका छन्।[१][२]
भारतको लागि नेपाली राजदुत
[सम्पादन गर्नुहोस्]कृतिहरू
[सम्पादन गर्नुहोस्]उनको पहिलो रचना वि.सं. २००१मा "कवि र उसकी प्रिया" शीर्षकको कविता हो। काव्य/समालोचनामा कलम चलाउने उनका कृतिहरूः
- नरसिंह अवतार (काव्य, वि.सं. २०३७)
- दश दृष्टिकोण (समालोचना सङ्ग्रह, वि.सं. २०४५)
- नाचगानको राजधानी भक्तपुर(साँस्कृतिक लेखहरूको सङ्ग्रह, वि.स. २०४६)
- नरसिंह अवतार परिचर्चा
- साहित्य चौतारी: एक विवेचना
- जगदीश शमशेर राणाको सेतो ख्याकको आख्यान (वि.सं. २०६०)
- साठी वर्ष अघि र पछि
- महाकवि देवकोटाको वैचारिक पक्ष
- काव्यको रचनामा शिल्पकारिताको भूमिका
- मुनामदन भ्रमण (समालोचना)