स्थिरजंगबहादुर सिंह
स्वरूप
स्थिरजङ्गबहादुर सिंह (वि.सं. १९९५ - ) संस्कृतिविद् हुन्। उनले वि.सं. २०२८ सालमा मदन पुरस्कार पाएका हुन्।
जीवनी
[सम्पादन गर्नुहोस्]स्थिरजंगबहादुर सिंहको जन्म बुबा मिनबहादुर सिंह र आमा बालादिव्येश्वरी सिंहका सुपुत्रका रूपमा वि.सं. १९९५ आश्विन १७ गते तमेल, बझाङमा भएको हो।
पुरस्कार
[सम्पादन गर्नुहोस्]उनले कर्णाली लोक संस्कृति नामक ग्रन्थका लागि दर्शन विज्ञानतर्फको मदन पुरस्कार २०२८ संयुक्तरूपमा प्राप्त गरेका हुन्। उनका साथ बिहारीकृष्ण श्रेष्ठ, डा. चूडामणि बन्धु र प्रदीप रिमाल लाई उक्त पुरस्कार प्रदान गरिएको थियो।