किरण खरेल
स्वरूप
किरण खरेल | |
---|---|
सन्तान | सुमन खरेल |
किरण खरेल नेपाली चलचित्र क्षेत्रका गीतकार हुन् । उनले नेपाली चलचित्रमा निकै सदावहार गीतहरू प्रदान गरेका छन् ।
जन्म प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]काभ्रे खरेलथोकमा वि.स.१९९५ माघ २७ गते जन्मेका खरेल काठमाडौंमै हुर्के, बढे।[१]
मौलिक कृति
[सम्पादन गर्नुहोस्]- के हो तिम्रो नाउँ—गीत सङ्ग्रह-वि.सं. २०२०
- मेरी परु-गीत सङ्ग्रह-वि.सं. २०२२
- मेरी प्रियतमा-गीत सङ्ग्रह-वि.सं. २०३६
चर्चित गीतहरू
[सम्पादन गर्नुहोस्]गीत | संगीत | स्वर | चलचित्र | |
---|---|---|---|---|
१ | यो हो मेरो प्राण भन्दा प्यारो माइतिघर | जयदेव | आशा भोसले | माइतिघर |
२ | जिन्दगीलाई जीत होइन हारले स्वागत गरी | जयदेव | मन्ना डे | माइतिघर |
३ | नमान लाज यसरी | जयदेव | प्रेमध्वज प्रधान उषा मंगेशकर | माइतिघर |
४ | वनमा फुल्यो फूलैफूल | नातिकाजी, गोपाल योञ्जन | तारादेवी | सिन्दुर |
५ | लुकुँ लुकुँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा | गोपाल योञ्जन | नारायण गोपाल र तारा देबी | सिन्दुर |
६ | कस्ले चोर्यो मेरो मन | सुरेश अधिकारी | दीपक लिम्बु अञ्जु पन्त | कस्ले चोर्यो मेरो मन |
७ | मन्दिरमा छ कि मूर्तिमा माया | सम्भुजित बासकोटा | नारायण गोपाल | माया |
८ | हिमालको काखमा छ सानो मेरो गाउँ | शिवशंकर मानन्धर | मीरा राणा | |
९ | कती राम्रो यो प्यारो कन्चन्जंघा | उषा मंगेशकर |
पुरस्कार, मान-सम्मान, पदक
[सम्पादन गर्नुहोस्]- वि.स. २०२४ मा प्रबल गोरखा दक्षिण बाहु
- वि.स. २०३६ मा प्रख्यात त्रिशक्तिपट्ट
- वि.स. २०३९ मा "छिन्नलता गीत पुरस्कार" प्राप्त
- वि.स. २०२०, २०२२, २०२७ र २०२८ मा र्सर्वेत्तम गीतकार स्वर्ण पदक प्राप्त
- राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार २०७३
- हीरासिंह खत्री स्मृती चलचित्र सम्मान पुरस्कार
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "धेरैलाई लाग्थ्यो, 'किरण र धनको लभ परेको छ'", सेतोपाटी सञ्चार प्रा.लि, अन्तिम पहुँच आईतबार, असोज १२, २०७६। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-२९ मिति