अञ्जु पन्त

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अञ्जु पन्त
Anju Panta in Sydney 2014.jpg
अञ्जु पन्त सिड्नीमा एक कार्यक्रममा
व्यक्तिगत विवरण
जन्म सन् १९७७
पेशा गायन
सक्रिय वर्ष सक्रिय
वेबसाइट anjupanta.net/about-anju-panta

अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई..., म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् । उनले हालसम्म १८ वटा नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् । उनको सर्वप्रिय गीत 'न बिर्से तिमीलाई' मोबाइलमा २८ हजार पटक डाउनलोड भएको छ जुन मोबाइलबाट डाउनलोड गरिएको सर्वाधिक गीत हो ।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

राजेश पायल राई र अञ्जु पन्त, सिड्नीमा साङ्गीतिक प्रस्तुति दिदै

०५२/०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा 'मनवा मन नै योगी बनाऊ' बोलको भजन रेकर्ड गराएकी थिइन् । आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन् । मनोज शिवाकोटिसँग विवाहित उहाँको एक छोरी (परिशोतिका) छिन| यी गायिका इसाई धर्म मान्छिन् ।

विवादहरू[सम्पादन गर्ने]

२०१४ को सेप्टेम्बर ५ मा एउटा अनलाइन पत्रिकामा उनले हिन्दु धर्मको देवताहरूको नाम भएको र आफूले त्यस्तो गीत नगाउने भनेर गीत गाउन अस्विकार गरेको खबर आएपछि सामाजिक सन्जालहरूमा उनको व्यापक आलोचना भएको थियो ।[१] पछि उनले उक्त आरोप अस्विकार गर्दै आफूले बिरामी भएर उक्त गीत नगाएको बताएकी थिइन् । उनले केहि समय अगाडि आफ्नो धर्म हिन्दुबाट परिवर्तन गरेर ईसाई बनेकी छिन्।[२][३][४][५][६]

अवार्डहरू[सम्पादन गर्ने]

२००९ को डिसेम्बरमा भएको क्लोज अप हिट्स एफएम म्युजिक अवार्डको तेह्रौं संस्करणमा उनले उत्कृष्ट गायिका, बर्षको उत्कृष्ट रेकर्डेड गीत "नबिर्से तिमीलाई न पाए तिमीलाई" सहित अधिकांश अवार्डहरू जितेकी थिइन् ।[७]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. The Global Dispatch. ". Sep 27th, 2014
  2. "Clarification on Official page" 
  3. "Musickhabar.com page" 
  4. "Official facebook page" 
  5. "Media misinterpreted my statement" 
  6. "Anju Panta clarifies the controversy", Nepal Toronto.com, सेप्टेम्बर २०१४, अभिगमन मिति ११ अक्टोबर २०१४ 
  7. Karmacharya, Avash. "Anju Panta grabs limelight at Hits Award", 18 December 2009. अन्तिम पहुँच मिति:8 September 2014.

बाहिरी कडीहरू[सम्पादन गर्ने]