मैले के विराए (अञ्जु पन्तको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"मैले के विराए"
अञ्जु पन्त[१][२]को एकल
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई०५:५८
लेबलम्युजिक नेपाल
गीतकार(हरू)एक नारायण भण्डारी
साङ्गीतिक भिडियो
"मैले के विराए" युट्युबमा हेर्नुहोस्

मैले के विराए एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायिका अञ्जु पन्तको रहेको छ। यो एक नारायण भण्डारीको गीति सङ्गालो अध्यायमा समावेश पाँचौ गीत हो। यसले उत्कृष्ट गीतको तर्फबाट विभिन्न पुरस्कार समेत जितेको छ।

यस गीतमा छायाङ्कन वसन्त रुपाखेतीले गरेका छन् भने सम्पादन प्रज्ज्वल श्रेष्ठले गरेका छन् र यस गीतलाई निर्देशन उज्ज्वलजीले गरेका हुन्। यस गीतमा शब्द तथा सङ्गीत वरिष्ठ गीत तथा सङ्गीतकार एक नारायण भण्डारीको रहेको छ। यसमा श्रव्य म्युजिक नेपालको रहेको छ। यस गीतको उत्पादक तथा वितरक सितारा म्युजिक प्रालि हो। यस गीतको श्रव्य दृश्यलाई निर्माण कृष्ण फिल्मस् एण्ड एड्भरटाइजिङले गरेको छ। यसका सिआरबिटि तथा पिआरबिटि अङ्क क्रमशः ०१३०००१५७१ र ६०४२५५० हुन्। यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्य म्युजिक नेपालको आधिकारिक युट्युब खातामा ४ जून २०१२ मा सार्वजनिक गरिएको थियो भने यसले मङ्सिर २०७६ सम्ममा ४ लाख ५० हजार भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।[३]

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक श्रव्य दृश्यमा अभिनेत्री केकी अधिकारीलाई प्रस्तुत गरिएको छ जसको सुरुवातमा उनी एउटा ठूलो सिढीबाट तल झर्छिन् र उनको साथमा एउटा रातो गुलाफको फूल हुन्छ।उनी खुसी हुन्छिन् र नृत्य प्रस्तुत गर्न थाल्छिन्। एकजनन पुरुषले उनलाई हेर्छन् र उनी उनलाई हेर्दै मुस्कुराउँछिन्। त्यसको एकैछिन पछि, गीतको सुरुवात हुन्छ जसमा उनी एउटा घरको ठाउँमा बसी गीत गुनगुनाउन थाल्छिन्। पुरुष (उनका प्रेमी) उनी भएको ठाउँमा आउँछन् र उनीहरू एकै ठाउँमामा उभिन्छन् र उनले आफ्नो पिडा जाहेर गर्छिन्। पछि गीतको श्रव्य दृश्य एउटा बाटोमा पुग्छ जहाँ उनी एउटा घोडामा थढेकी हुन्छिन् र उनका प्रेमीले उक्त घोडालाई डोर्‍यादैँ अघि बढ्छन्। पुरुष हाँसी रहेका हुन्छन् भने उनले आफ्नो गीत प्रस्तुत गर्छिन्। दृश्य गुम्बा वरिपरिको क्षेत्रमा पुग्छ जसमन उनी उनको प्रेमीको खुट्टालाई आड लगाएर पिडा व्यक्त गर्छिन् र उनका प्रेमीले उनलाई उठाउने प्रयास गर्छन्। पछि गीतको दृश्य सोही घरको छतमाथि पुग्छ जसमा प्रेमीले उनको हात समाउँदै अगाडिबाट अङ्गालोमा बाद्छन् जसमा उनको हातमा उक्त रातो गुलाफ यतावत रहन्छ।  

एकैछिन पछि गीतमा नयाँ दृश्य देखा पर्छ जसमा उनको प्रेमीले मोटरसाइकल चलाएर उनलाई पछाडि राखेर डुलाउन लग्छन्। उनीहरूलाई एउटा युवकले नराम्रो दृष्टिले हेर्छन्। मोटरसाइकल रोकेर उनले आफ्नी प्रेमिकालाई एउटा रातो गुलाफ दिन्छन्। सो लिएर उनी नृत्य प्रस्तुत गर्न थाल्छिन् र एकैछिन पछि उनले मोटरसाइकलको हेलमेट लगाउँछन्। गीतको दृश्यमा नयाँ मोड आउँछ जसमा उनी र उनका प्रेमी सहित सबै जना एउटा अदालतमा हाजिर हुन्छन् र उनले (सम्भावित) पूर्व श्रीमानलाई विवाह गर्दा लिएर सम्पूर्ण गरगहनाहरू हातमा राखेर उनलाई छुन लगाई न्यायाधीशलाई पिडा व्यक्त गर्न थाल्छिन्। सबै जना उक्त दृश्यलाई देख्नासाथ कुराकानी गर्न थाल्छन् जसमा उनका हालका प्रेमीपनि सोही ठाउँमा उपस्थित हुन्छन्। गीतको दृश्य एउटा खुला वारीमा पुग्छ जसमा उनी र उनका प्रेमीलाई देखाइएको छ जसमा उनले नृत्य प्रस्तुत गर्छिन्। उनले नाचेको देखेर उनी खुसी हुन्छन् र उनलाई अगाडिबाट अङ्गालोमा बाँद्छन् र उनले गीत प्रस्तुत गर्दै गर्छिन्। 

गीतको दृश्य एउटा बाटोमा पुग्छ जसमा एउटा मानिसले पिजडामा एकजोडी सुगालाई बन्द गरेर आफू एकछिनको लागि उता जान्छन्। उनले त्यो देख्छिन् र दौडिदै आएर उक्त सुगाहरूलाई छोड्दिन्छन् र सो दृश्यलाई देख्नासाथ उनलाई टाढा सम्म खेद्छन् र उनलाई एउटन ढिस्कोमा गएर पकड्छन् र उनले उक्त मानिसलाई घकालेर भाग्छिन्। उताबाट उनका प्रेमी आउँछन् र उनलाई अङ्गालोमा बाँद्छन् र सो मानिसले उनलाई केही कुरा भन्छन्। उनका प्रेमीले उक्त मानिसलाई सुगा छोडेबापत केही रकम दिन्छन्। गीतको दृश्यमा उनी देखा पर्छिन् जसमा उनी एउटन बारीमा एउटा ढिस्कोको आड लगाएर गीत गाउन थाल्छिन्। पूर्व दृश्यमा उनका प्रेमीको उक्त ठाउँमाबाट उनलाई लिएर जान्छन्। गीतको दृश्य सोही अदालतमा पुग्छ जसमा उनले पिडा व्यक्त गर्छन्। आँखामा पट्टि लगाएको एउटा मुर्ती पनि दृश्यमा समावेश छ।  गीतको दृश्य सोही बारीमा पुग्छ जसमा उनी र उनका प्रेमी एकैठाउँमा देखिन्छन्। उनले एउटा तोरीको फूल टिपेर आफ्नी प्रेमिकाको शीर्ष उनिदिन्छन्। पछि उनीहरू दुबै जना निराश देखिन्छन् र नृत्य प्रस्तुत गर्ने निर्णयमा पुग्छन् र दुबै जना नाच्न थाल्छन्। गीतको दृश्यमा उनले आफ्ना प्रेमीलाई घकाल्छिन् र अर्कै पोशाक लगाएर नृत्य प्रस्तुत गर्ने थाल्छिन्। पछि उनले भेडाको पाठोलाई काखमा च्यापेर नृत्य प्रस्तुत गर्छिन्। उनीहरू दुबैजना एउटा पर्खालमा बस्छन् जसमा उनले आफ्ना प्रेमीको नजिक जाने प्रयास गर्छन्। 

दृश्य अदालतमा पुग्छ जसमा न्यायाधीशले केही कुरा व्यक्त गर्छन्। दुबै जना खुसी देखिन्छन् र एकजना युवकले दुईवटा फूलको माला ल्याएर उनीहरूलाई दिन्छन्। उनीहरूले एक अर्का लाई पूलको माला लगाइदिन्छन् र सो देखेर अदालतमा उपस्थित सबै जनाले ताली बजाउँछन् र दुबैजनाले अङ्कमाल गर्छन् र श्रव्य दृश्यको अन्त्य हुन्छ।[४]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]