अञ्जु पन्त
अञ्जु पन्त | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | सन् १९७७ |
पेशा | गायन |
सक्रिय वर्ष | सक्रिय |
वेबसाइट | anjupanta |
अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई..., म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् । उनले हालसम्म १८ वटा नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् । उनको सर्वप्रिय गीत ' तिम्ले पराइ ठाने पछि पराइ हुन के भयो र " (शब्द लोकराज अधिकारी संगीत सन्तोष श्रेष्ठ ) नेपालको मोबाइल रिङ्ग ब्याक टोन CRBT मा सर्बाधिक २,८२,७५७ पटक डाउनलोड भएको छ । जुन गित मोबाइलबाट डाउनलोड गरिएको नेपालको सर्वाधिक डाउनलोडेड गीत हो । जुन गीत को डाउनलोड रेकर्ड अहिले सम्म अरुले तोडन सकेका छैनन ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]०५२/०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा 'मनवा मन नै योगी बनाऊ' बोलको भजन रेकर्ड गराएकी थिइन् । आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन् । मनोज शिवाकोटिसँग विवाहित उहाँको एक छोरी (परिशोतिका) छिन| यी गायिका इसाई धर्म मान्छिन् ।
विवादहरू
[सम्पादन गर्नुहोस्]२०१४ को सेप्टेम्बर ५ मा एउटा अनलाइन पत्रिकामा उनले हिन्दु धर्मको देवताहरूको नाम भएको र आफूले त्यस्तो गीत नगाउने भनेर गीत गाउन अस्विकार गरेको खबर आएपछि सामाजिक सन्जालहरूमा उनको व्यापक आलोचना भएको थियो ।[१] पछि उनले उक्त आरोप अस्विकार गर्दै आफूले बिरामी भएर उक्त गीत नगाएको बताएकी थिइन् । उनले केहि समय अगाडि आफ्नो धर्म हिन्दुबाट परिवर्तन गरेर ईसाई बनेकी छिन्।[२][३][४][५][६]
अवार्डहरू
[सम्पादन गर्नुहोस्]२००९ को डिसेम्बरमा भएको क्लोज अप हिट्स एफएम म्युजिक अवार्डको तेह्रौँ संस्करणमा उनले उत्कृष्ट गायिका, वर्षको उत्कृष्ट रेकर्डेड गीत "नबिर्से तिमीलाई न पाए तिमीलाई" सहित अधिकांश अवार्डहरू जितेकी थिइन् ।[७]
लोकप्रिय गीतहरू
[सम्पादन गर्नुहोस्]- अँधेरी जस्तै जुन बिनाको
- मैले के विराए
- न बिर्से तिमिलाइ
- यस्तो एउटा कथा रैछ
- कहा भेटिएला
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ The Global Dispatch. ". Sep 27th, 2014 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-२१ मिति
- ↑ "Clarification on Official page"। वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-११ मिति
- ↑ "Musickhabar.com page"।
- ↑ "Official facebook page"।
- ↑ "Media misinterpreted my statement"।
- ↑ "Anju Panta clarifies the controversy", Nepal Toronto.com, सेप्टेम्बर २०१४, अन्तिम पहुँच ११ अक्टोबर २०१४। वेब्याक मेसिन अभिलेखिकरण १६ अक्टोबर २०१४ मिति
- ↑ Karmacharya, Avash (१८ डिसेम्बर २००९), "Anju Panta grabs limelight at Hits Award", MyRepublica (Kathmandu), अन्तिम पहुँच ८ सेप्टेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण ८ सेप्टेम्बर २०१४ मिति