मीरा राणा
मीरा राणा | |
---|---|
![]() | |
व्यक्तिगत विवरण | |
जन्म | २४ सेप्टेम्बर १९५१ |
राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
पेशा | गायिका, राजनीतिज्ञ |
मीरा राणा एक नेपाली गायिका तथा सङ्गीतकार हुन्।[१] उनले आफ्नो ५५ वर्षे साङ्गीतिक जीवनमा करिब १ हजार ६ सय गीत गएकी छिन्।[२] उनी वि.सं. २०३५ पुसदेखि रेडियो नेपालमा सुब्बा पदमा नियुक्त भएकी थिइन्। रेडियो नेपालमा ३१ वर्षसम्म सेवा दिएपछि वि.सं. २०६६ असोजमा उनी मुख्य सङ्गीत प्रबन्धकको रूपमा सेवानिवृत्त भइन्।
मीराको जन्म २००८ असोज विजयदशमीका दिन काठमाडौंको कमलपोखरीमा भएको हो। उहाँका पिता पं. शम्भुप्रसाद मिश्र हुनुहुन्थ्यो। मीराकी माताको नाम निर्मला हो। उहाँका दाजु, दुई भाइ र बहिनी जन्मनुभएको हो। मीराको घरमै संगीतमय वातावरण थियो। पिता पं. शम्भुप्रसाद तबलाका ज्ञाता हुनुहुन्थ्यो।
मीराले भारतको इलाहावादबाट संगीतमा विशारद गर्नुभएको छ। उहाँले २०२२ सालमा पहिलोपटक रेडियो नेपालमा गएर गीत गाउनुभयो। त्यसबेला गीत रेकर्ड हुँदैनथे। उहाँले विभिन्न भाषा र करिब दुई दर्जन चलचित्र-गीत गाउनुभएको छ। विश्वका थुप्रै देश भ्रमण गरेकी मीराले धेरै सम्मान तथा पुरस्कार पाउनुभएको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मीरा : सधैं चम्किरहने हीरा !", बाह्रखरी, अन्तिम पहुँच वि.सं. २०८१ पुस २१।
- ↑ श्रेष्ठ, राजेश्वर, "च्वास्स विझेपछि गायिका बनिन् - मीरा राणा", मुलुक टाइम्स, अन्तिम पहुँच वि.सं. २०८१ पुस २१।