मीरा राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मीरा राणा प्रसिद्ध गायिका तथा संगीतकार हुनुहुन्छ। उहाँले करिब १ हजार ६ सय गीत गाउनुभएको छ। २०३५ पुसदेखि रेडियो नेपालमा गीत-संगीतको सेवा गर्न थाल्नुभयो। सुरुमा सुब्बा पदमा नियुक्त हुनुभएको थियो। उहाँ २०६६ असोजमा मुख्य संगीत प्रबन्धकका रूपमा सेवानिवृत्त हुनुभयो।

मीराको जन्म २००८ असोज विजयदशमीका दिन काठमाडौंको कमलपोखरीमा भएको हो। उहाँका पिता पं. शम्भुप्रसाद मिश्र हुनुहुन्थ्यो। मीराकी माताको नाम निर्मला हो। उहाँका दाजु, दुई भाइ र बहिनी जन्मनुभएको हो। मीराको घरमै संगीतमय वातावरण थियो। पिता पं. शम्भुप्रसाद तबलाका ज्ञाता हुनुहुन्थ्यो।

मीराले भारतको इलाहावादबाट संगीतमा विशारद गर्नुभएको छ। उहाँले २०२२ सालमा पहिलोपटक रेडियो नेपालमा गएर गीत गाउनुभयो। त्यसबेला गीत रेकर्ड हुँदैनथे। उहाँले विभिन्न भाषा र करिब दुई दर्जन चलचित्र-गीत गाउनुभएको छ। विश्वका थुप्रै देश भ्रमण गरेकी मीराले धेरै सम्मान तथा पुरस्कार पाउनुभएको छ।