रानीनगर उपजिल्ला
रानीनगर
রাণীনগর | |
---|---|
निर्देशाङ्क: २४°४४′उ॰ ८८°५८.५′पू॰ / २४.७३३°N ८८.९७५०°Eनिर्देशाङ्कहरू: २४°४४′उ॰ ८८°५८.५′पू॰ / २४.७३३°N ८८.९७५०°E | |
देश | बङ्गलादेश |
विभाग | राजशाही विभाग |
जिल्ला | नउगाँ जिल्ला |
क्षेत्रफल | |
• जम्मा | २५८.३३ किमी२ (९९.७४ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१]) | |
• जम्मा | १८४,७७८ |
• घनत्व | ७२०/किमी२ (१९००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | रानीनगरको आधिकारिक नक्शा |
रानीनगर बङ्गाली: রানীনগর बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।
भूगोल
[सम्पादन गर्नुहोस्]रानीनगर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३८' देखि २४°४७' उत्तर अक्षांश र ८८°५१' देखि ८८°१०' पूर्वी देशान्तरणमा अवस्थित छ। रानीनगर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५८.३३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई नउगाँ सदर र आदमदिघी उपजिल्लाले उत्तर, आत्राई उपजिल्लाले दक्षिण, नादियाग्राम र सिङ्डा उपजिल्लाले पूर्व र मान्दा उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना, आत्राई र नगर नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २४ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको अताईकुला गाउँमा आक्रमण गरी ७८ सर्वसाधारणहरूको हत्या गरेका थिए। बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकुहरूले कालीग्रम भन्ने ठाउँमा पाकिस्तानी सेनालाई आक्रमण गरी कयौं पाकिस्तानी सेना र राजाकारलाई मारिदिएका थिए। पाकिस्तानी सेनाले कासमीपुरमा अचानक आक्रमण गरी ५५ जना स्थानीय मानिसहरूको सामूहिक हत्या गरेका थिए। २ डिसेम्बर १९७१ कन दिन गाजामती खलीको नेतृत्वमा रहेको बङ्गलादेशी लडाकुहरूको एक समूहले रानीनगर उपजिल्ला सहरमा आक्रमण गर्दा ३ पाकिस्तानी सेनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १८११९६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९२९८९ छ भने महिलाको जनसङ्ख्या ८८२०७ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६०८६६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २००७५ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ५१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २०४ रहेको छ। यस उपजिल्लामा सन्थल र उराँव जनजातिका मानिस बसोबास गर्छन्। यस उपजिल्लामा २९० मस्जिद, १८ हिन्दु मन्दिरहरू रहेका छन्। रानीनगर मस्जिद, पाडाइल मस्जिद, कासिमपुर जामे मस्जिद आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, गहुँ, आलु, तोरी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर, मेवा र खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, गहुँ, तोरी, खरबुजा तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३८ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा १६ माछापालन केन्द्र, ५७ दुग्ध सङ्कलन केन्द्र तथा ११ कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७५.८९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै १.९८% मजदुरी, वाणिज्यमा १०.३८%, सञ्चार र यातायातमा २.१९%, निर्माण क्षेत्रमा ०.४७%, सुविधा २.९५%, धार्मिक सेवा ०.१८%, वैदेशिक रोजगारी ०.५७% र अन्य ४.८६% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय रानीनगर थानाको स्थापना सन् १९१६ भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे।
शिक्षा
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको कुल साक्षरता दर ४७.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५३.६% छ भने महिलाको साक्षरता दर ४१.४% रहेको छ। यस उपजिल्लामा ३ क्याम्पस, ३२ माध्यमिक विद्यालय, ९५ प्राथमिक विद्यालय, २१ मदरसाहरू रहेका छन्; शेर-इ-बाङ्ला (सन् १९७२), रानीनगर मोहिला क्याम्पस (सन् १९९५), रातुवल आरएन उच्च विद्यालय (सन् १९१३), कामता एसएन उच्च विद्यालय (सन् १९१३), रानीनगर पाइलट उच्च विद्यालय (सन् १९३७), पलसा कृष्णपुर उच्च विद्यालय (सन् १९६८), धोसग्राम काफिलिया उच्च विद्यालय (सन् १९४५) आदि।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৯ জুলাই ২০১৪), "এক নজরে রাণী নগর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।[स्थायी मृत कडी]