नउगाँ सदर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नउगाँ सदर

নওগাঁ সদর
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानउगाँ जिल्ला
क्षेत्रफल
 • जम्मा२७५.७३ किमी (१०६.४६ वर्ग माइल)
जनसङ्ख्या
 (सन २०११)
 • जम्मा४०५,१४८
 • घनत्व१,५००/किमी (३,८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटनउगाँ सदरको आधिकारिक वेबसाइट

नउगाँ सदर बङ्गाली: নওগাঁ সদর  बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। 

भूगोल[सम्पादन गर्ने]

नउगाँ सदर उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°४३' देखि २४°५५' उत्तर अक्षांश र ८८°४७' देखि ८८°०१' पूर्वी देशान्तरणमा अवस्थित छ। नउगाँ उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७५.७३ वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई बदलगाछीमहादेवपुर उपजिल्लाले उत्तर, रानीनगरमान्दा उपजिल्लाले दक्षिण, आदमदिघी, र आक्केलपुर उपजिल्लाले पूर्व र महादेवपुरमान्दा उपजिल्लाले पश्चिमबाट घेरेको छ। घाटिया बिल, तुलसी गङ्गा र जमुना नदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।[१]

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेनाको एक सैनिक किल्ला नउगाँमा रहेको थियो। २२ अप्रिलका दिन पाकिस्तानी सेनाले नउगाँ सदर उपजिल्ला अन्तर्गतका सुल्तानपुर, पर नउगाँ, दोपापारा, उकिल पारा र हट नउगाँबाट १२५ युवाहरूको अपहरण गरि सबैको सामूहिक हत्यम गरेका थिए भने सेनाले लासलाई लोर्ड ल्योटन नदिमा फालिदिएका थिए। २३ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले मोहनपुर गाउँका १७ सर्वसाधारणको सामूहिक हत्या गरेको थियो भने २५ अप्रिलका दिन सेनाले फतेहपुर गरिबाडीमा १३ मानिसहरूको सामूहिक हत्या गरेको थियो। 

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३५४५७० रहेको  छ जसमध्ये पुरुषको जनसङ्ख्या १८३६१८ छ भने महिलाको जनसङ्ख्या १७०९५२ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३२४८४२  छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २८७८५ रहेको छ। त्यस्तै गरि बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २३१, इसाई धर्मवलम्बीको जनसङ्ख्या २४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७८८ रहेको छ। यस उपजिल्लामा सन्थल जनजातिका मानिसहरू बसोबास गर्छन्। [२]यस उपजिल्लामा ३१२ मस्जिद, ९२ हिन्दु मन्दिर र २ गिर्जाघर रहेका छन्। नउगाँ गङ्गम सामुदायिक मस्जिद, पादरी साहव गिर्जाघर, मथरघाट हिन्दु मन्दिर आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्। [३]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, गहुँ, आलु, प्याज, लसुन, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया  आँप, केरा, कटहर, अम्बा, लिची, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा  धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, गहुँ, आलु, तोरीको तेल, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तील र कोदो पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र,  दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४८.१८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.५२% मजदुरी, व्यापार र उद्योगमा ०.६८%, वाणिज्यमा १७.१५%, सञ्चार र यातायातमा ७.४१%, निर्माण क्षेत्रमा १.९१%, सुविधा ९.३३%, धार्मिक सेवा ०.१४%, विदेशी रोजगारी ०.५७ र अन्य११.७९% रहेका छन्।


प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय नउगाँ सदर थानाको स्थापना सन् १८१० भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लामा हाल १२ सङ्घ परिषद्, २३७ मौजा र २१५ गाउँहरू रहेका छन्।[४]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४८.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५३.४% छ भने महिलाको साक्षरता दर ४२.५% रहेको छ। यस उपजिल्लामा ८ क्याम्पस, १५३ प्राथमिक विद्यालय, ११ बाल उद्धान केन्द्र  र ८ मदरसाहरू रहेका छन्। नउगाँ सरकारी क्याम्पस (सन् १९६२), नउगाँ सरकारी बिएमसी मोहिला क्याम्पस (सन् १९७२), बालीहार क्याम्पस (सन् १९९४), दुवलहाटी राजा हरनाथ उच्च विद्यालय (सन् १८६४), नगर कुसुम्ब बहुभाषिक उच्च विद्यालय (सन् १८८२), नउगाँ उच्च विद्यालय (सन् १८८४), भिमपुर बहुभाषिक उच्च विद्यालय (सन् १९०१), नउगाा पिएम कन्या उच्च विद्यालय (सन् १९०९), चक अतिथा उच्च विद्यालय (सन् १९१४), चकला उच्च विद्यालय (सन् १९१४), क्रितिपुर बहुभाषिक उच्च विद्यालय (सन् १९२१), नउगाँ कन्या उच्च विद्यालय (सन् १९२६), पहारपुर जिएम उच्च विद्यालय (सन् १९३६), फतेहपुर उच्च विद्यालय (सन् १९६८), नउगाँ जसला विद्यालय (सन् १९१७), नउगाँ इस्लामी फजिल मदरसा (सन् १९६२), इस्लामी मदरसा (सन् १९२१), नमाजगर गजुल अजम कमिल मदरसा (सन् १९५१), आदि।[४]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "এক নজরে উপজেলা" (बाङ्लामा), Dcnaogaon.gov.bd, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  2. "Bangladesh Population and Housing Census 2011: Zila Report – Nagaon", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, बाङ्लादेश साङ्ख्यिकी विभाग, योजना मन्त्रालय, जनवादी गणतन्त्र बाङ्लादेश, अन्तिम पहुँच ९ डिसेम्बर २०१८ 
  3. "Population Census Wing, BBS.", मूलबाट २७ मार्च २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २००६ 
  4. ४.० ४.१ रहमान (सन् २०१२), "নওগাঁ সদর উপজেলা", बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बाङ्लादेशको एसियाली समाज। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]

आधिकारिक वेबसाइट