आदमदिघी उपजिल्ला
आदमदिघी
আদমদিঘী | |
---|---|
निर्देशाङ्क: २४°४९′उ॰ ८९°२′पू॰ / २४.८१७°N ८९.०३३°Eनिर्देशाङ्कहरू: २४°४९′उ॰ ८९°२′पू॰ / २४.८१७°N ८९.०३३°E | |
देश | बङ्गलादेश |
विभाग | राजशाही विभाग |
जिल्ला | बगुडा जिल्ला |
क्षेत्रफल | |
• जम्मा | १६८.८३ किमी२ (६५.१९ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार) | |
• जम्मा | १९५,१८६ |
• घनत्व | १२००/किमी२ (३०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
हुलाक कोड | ५८९० देखि ५८९२ |
वेबसाइट | adamdighi |
आदमदिघी (बङ्गाली: আদমদিঘী) बङ्गलादेशको उत्तर भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। सन् १९८१ मा आदमदिघी थानाको स्थापना भएको थियो भने यसलाई सन् १९८३ मा उपजिल्लामन परिणत गरिएको थियो। यस उपजिल्लाको नाम यहाँ रहेको प्रशासकीय केन्द्र आदमदिघीबाट राखिएको हो। यस क्षेत्रको नाम यहाँ बसोबास गर्ने ईस्लाम धर्मका प्रसारक बाबा आदमको नामबाट राखिएको थियो।[१]
भूगोल
[सम्पादन गर्नुहोस्]आदमदिघी सदर उपजिल्ला बङ्गलादेशको उत्तर भागमा पर्छ भने यो उपजिल्ला २४°४३' देखि २४°५२' उत्तर अक्षांश र ८८°५८' देखि ८९°१०' पूर्वी देशान्तरणमा अवस्थित छ। आदमदिघी सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६८.८४ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई आक्केलपुर र दुपचाँचिया उपजिल्लाले उत्तर, रानीनगर उपजिल्लाले दक्षिण, काहालु र नन्दिग्राम उपजिल्लाले पूर्व र नउगाँ उपजिल्ला पश्चिमबाट घेरेको छ। इरामती, नगर आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १८७०१२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९४९९७ छ भने महिलाको जनसङ्ख्या ९२०१५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७०३८० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १६५२६ छ।[३] त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ३८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६८ रहेको छ। यस उपजिल्लामा पहान जनजातिका मानिसहरू बसोबास गर्ने गर्छन्। यस उपजिल्लामा ३१२ मस्जिद, २१ मन्दिर, २ गिर्जाघर र २ चिहानहरू रहेका छन्। यहाँका केही प्रख्यात धार्मिक स्थलहरू यस प्रकार छन्; शाही मस्जिद, तारापुर मस्जिद, स्टेसन जामे मस्जिद आदि।[४]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लामा ६१.३३% कृषि योग्य जमिन रहेको छ। यस उपजिल्लामा आलु, मौसमी तरकारी, गेडागुडी, धान आदि अन्न बालीहरू उत्पादन गरिन्छ भने यस क्षेत्रबाट लोपहुन लागेको विषेश प्रकारको धानको पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, रुख कटर, भुइँकटर, खरबुजा, लिची, मेवा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा ३२ माछा पालन केन्द्र, ७५ दुग्ध सङ्कलन केन्द्र, ३३ कुखुरा पालन केन्द्र आदि रहेका छन्। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, प्रिन्टिङ प्रेस, वेल्डिङ उद्योग र खैनी कारखाना, साबुन कारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले आलु र जुट तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख ठेला तथा गोरू गाडाहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको निर्माण कार्य हो जसमा जिल्लाकै ५१.९६% मानिसहरू संलग्न छन्। यस उपजिल्लाका मानिसहरू अन्य जस्तै ०.८६% मजदुरी, कृषि १५.२६%, व्यापार र उद्योगमा ०.०८%, वाणिज्यमा १.२९%, सञ्चार र यातायातमा ०.४२%, रेमिटेन्समा २.७८%, सुविधा १३.११%, धार्मिक सेवा ०.४३% र अन्य १३.८१% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय आदमदिघी थानाको स्थापना सन् १८२१ मा भएको थियो भने सन् १९८४ सेप्टेम्बर १४ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। [५]
शिक्षा
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको कुल साक्षरता दर ५०.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५५.५% छ भने महिलाको साक्षरता दर ४५.१% रहेको छ। यस उपजिल्लामा ७ क्याम्पस, २८ माध्यमिक विद्यालय, २ सामुदायिक विद्यालय, ९३ प्राथमिक विद्यालय, १४ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; आदमदिघी राहिम उदिन डिग्री क्याम्पस, नसरतपुर डिग्री क्याम्पस, सहिद असानुल हक डिग्री क्याम्पस, सन्तहार क्याम्पस (सन् १९६७), आदमदिघी आइपिजी उच्च विद्यालय (सन् १९१८), सन्तहार बिपी उच्च विद्यालय (सन् १९२९) आदि।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "আদমদীঘি ইতিহাস", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।
- ↑ आधिकारिक नक्शा वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-०१ मिति
- ↑ "আদমশুমারী প্রতিবেদন-২০১১", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ১৫ সেপ্টেম্বর ২০১৫।
- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "এক নজরে আদমদীঘি", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।
- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "ইউনিয়নসমূহ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।