सामग्रीमा जानुहोस्

दुपचाँचिया उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुपचाँचिया
দুপচাঁচিয়া
दुपचाँचिया is located in बङ्गलादेश
दुपचाँचिया
दुपचाँचिया
निर्देशाङ्क: २४°५२′उ॰ ८९°१०′पू॰ / २४.८६७°N ८९.१६७°E / 24.867; 89.167निर्देशाङ्कहरू: २४°५२′उ॰ ८९°१०′पू॰ / २४.८६७°N ८९.१६७°E / 24.867; 89.167
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाबगुडा जिल्ला
क्षेत्रफल
 • जम्मा१६२.४४ किमी (६२.७२ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा१७६,६७८
 • घनत्व११००/किमी (२८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक कोड
५८८०, ५८८१
वेबसाइटdupchanchia.bogra.gov.bd

दुपचाँचिया (बङ्गाली: দুপচাঁচিয়া উপজেলা) बङ्गलादेशको उत्तर भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। प्रशासकीय दुपचाँचिया थानाको स्थापना सन् १८८० मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लाको नाम यहाँ रहेको प्रशासकीय नगरपालिका दुपचाँचियाबाट राखिएको थियो।[][]

दुपचाँचिया उपजिल्ला बङ्गलादेशको उत्तर भागमा पर्छ भने यो उपजिल्ला २४°४८' देखि २४°५८' उत्तर अक्षांश र ८९°०५' देखि ८९°१३' पूर्वी देशान्तरणमा अवस्थित छ। दुपचाँचिया उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६२.४५ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई क्षेतलाल उपजिल्लाले उत्तर, आदमदिघीकाहालु उपजिल्लाले दक्षिण, शिवगञ्जकाहालु उपजिल्लाले पूर्व र आदमदिघीआक्केलपुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। इचामती, नगर आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा देश व्यापी रूपमा शुरू भएको थियो भने सन् १९७१ अप्रिल १० का दिन पाकिस्तानी सेना यस उपजिल्लामा पहिलोपटक प्रवेश गरेका थिए। ११ अप्रिलका दिन पाकिस्तानी सेनाले एक मानिसलाई सङ्घ परिषद्को प्रमुख कार्यलय अगाडि हत्या गरेका थिए भने सेनाल् ९ सर्वसाधारणहरूलाई पनि जमिनदार क्षितिज चन्द्र चौधरीको घरमा हत्या गरेका थिए। अगष्ट महिनाको शुरूवातमा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुहरूले बारा चपरा रेल्वे पुल ध्वस्त पारेका थिए भने लडाकुहरूले अगष्ट महिनाको अन्तिममा जिनानगरमा रहेको अक्केलपुर रोयकाली सडक अन्तर्गतको कहालु पुल पनि ध्वस्त पारेका थिए। बङ्गलादेशी लडाकुहरूले सङ्घ परिषद् कार्यलय अगाडि २ पाकिस्तानी सेनाको हत्या गरेका थिए।[]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १६०८९४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८१६०४ छ भने महिलाको जनसङ्ख्या ७९२९० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४७४०५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १३३८७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १०२ रहेको छ। यस उपजिल्लामा ३४६ मस्जिद, ५२ हिन्दु मन्दिर र ४ चिहानहरू रहेका छन्।

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा आलु, मौसमी तरकारी, धान, जुट, आलु, तोरी, गहुँ आदि अन्न बालीहरू उत्पादन गरिन्छ भने यस क्षेत्रबाट लोपहुन लागेको आलसको तेल, तिल, केसरी, अरहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, कटहर, मेवा, केरा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र, वेल्डिङ उद्योग, साबुन कारखाना, बिस्कुट उद्योग, आईसक्रिम उद्योग पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले आलु, जुट, चामल, धान, बिस्कुट, दुध, माछा तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, १ उपजिल्ला स्वास्थ्य संस्था, ५ परिवार नियोजन संस्था आदि रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६६.४४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.७७% मजदुरी, व्यापार र उद्योगमा ०.७४%, वाणिज्यमा १३.८४%, सञ्चार र यातायातमा ३.९७%, रेमिटेन्समा ०.६५%, निर्माण क्षेत्रमा ०.६५%, सुविधा ४.४३%, धार्मिक सेवा ०.१२% र अन्य ६.३९% रहेका छन्।

प्रशासकीय दुपचाँचिया थानाको स्थापना सन् १८८० मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। दुपचाँचिया नगरपालिकाको स्थापना सन् २००० मा गरिएको थियो। दुपचाँचिया उपजिल्ला दुई नगरपालिका र ६ सङ्घ परिषद; चामरुल, दुपचाँचिया, गोविन्दपुर, गुनाहार, तोलरा र जियनानगरमा विभाजन गरिएको छ। उक्त सङ्घ परिषद्हरूलाई १०८ महल्ला र २१२ गाउँहरूमा विभाजन गरिएको छ।

यस उपजिल्लाको कुल साक्षरता दर ४५.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१.६% छ भने महिलाको साक्षरता दर ३९.१% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, ३ प्राबिधिक क्याम्पस, २० माध्यमिक विद्यालय, ११ प्राथमिक विद्यालय, २२ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्था यस प्रकार छन्; तोलोरा अतलिफ अलि उच्च विद्यालय (सन् १९१८), दुपचाँचिया पाइलट उच्च विद्यालय (सन् १९२३), दुपचाँचिया पाइलट कन्या उच्च विद्यालय (सन् १९४४) आदि।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "এক নজরে ধুনট", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। [स्थायी मृत कडी]
  2. শানাজ পারভীন (सन् २०१२), "দুপচাঁচিয়া", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "দুপচাঁচিয়া উপজেলা", বাংলাপিডিয়া 
  4. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "দুপচাঁচিয়ার ইতিহাস", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]