क्षेतलाल उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्षेतलाल

ক্ষেতলাল
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाजयपुरहाट जिल्ला
क्षेत्रफल
 • जम्मा१४२.६ किमी (५५.१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २००१ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा११५,९१८
 • घनत्व८१०/किमी (२,१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटक्षेतलाल उपजिल्लाको आधिकारिक नक्शा

क्षेतलाल (बङ्गाली: ক্ষেতলাল) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला जयपुरहाट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

क्षेतलाल उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°५६' देखि २५°०८' उत्तर अक्षांश र ८९°०२' देखि ८९°१२' पूर्वी देशान्तरमा अवस्थित छ। क्षेतलाल उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १४२.६० वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई जयपुरहाट सदर उपजिल्लाले उत्तर, आक्केलपुरदुपचाँचिया उपजिल्लाले दक्षिण, कालाईशिवगञ्ज उपजिल्लाले पूर्व र आक्केलपुरजयपुरहाट सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। तुलसीगङ्गा र हरावती नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा देश व्यापी रुपमा शुरू भएको थियो भने नोभेम्बर १९७१ मा क्षेतलाल उपजिल्लाको बडुली भन्ने गाउँमा भएको पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीचको प्रत्यक्ष गोली हानाहानमा थुप्रै पाकिस्तानी सेनाहरू मारिएका थिए र कयौं घाइते भएका थिए। क्षेतलाल उपजिल्लाको हिन्दा कस्बा शाही जामे मस्जिद नजिक पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीचको प्रत्यक्ष गोली हानाहानमा थुप्रै पाकिस्तानी सेनाहरू मारिएका थिए र कयौं घाइते भएका थिए भने त्यसको अलावा पाकिस्तानी सेनाले ३ सर्वसाधारणको हत्या गरेका थिए।[३]

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ११५९१८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५९२७४ छ भने महिलाको जनसङ्ख्या ५६६४४ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १०५७२८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ९९८१ रहेको छ। त्यस्तै गरि बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ६५, इसाई धर्मवलम्बीको जनसङ्ख्या १८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १२६ रहेको छ। यस उपजिल्लामा सन्थल र बुनो जनजातिहरू बसोबास गर्छन्।[४]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लामा ६४.५८% कृषि योग्य जमिन छ जसमा कृषि योग्य जमिन सहरी क्षेत्रमा ५७.६९ र ग्रामीण क्षेत्रमा ६५.६७% रहेको छ। यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, उखु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, कटहर, केरा, मेवा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले आलु, धान, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा ११ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा ७५ माछापालन केन्द्र, ७९ कुखुरा पालन केन्द्र, ७५ दुग्ध सङ्कलन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७७.६०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै १.३१% मजदुरी, व्यापार र उद्योगमा ०.२४%, वाणिज्यमा ८.२८%, सञ्चार र यातायातमा ४.६८%, निर्माण क्षेत्रमा ०.७९%, सुविधा ३.०७%, धार्मिक सेवा ०.१६% र अन्य ३.९०% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय क्षेतलाल थानाको स्थापना सन् १८४७ भएको थियो भने सन् १९८३ जुलाई ३ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्ला अन्तर्गत ९ डिसेम्बरका २०१० का दिन क्षेतलाल नगरपालिकाको पनि स्थापना भएको थियो। [५][६]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४५.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१.४% छ भने महिलाको साक्षरता दर ३८.६% रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, २ प्राबिधिक विद्यालय, २० माध्यमिक विद्यालय, ४१ प्राथमिक विद्यालय, १४ मदरसाहरू रहेका छन्। क्षेतलाल पाइलट उच्च विद्यालय (स्थापना सन् १९४२) यस उपजिल्लाको उत्कृष्ट विद्यालय मध्ये एक हो।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "এক নজরে ক্ষেতলাল", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ১০ জুলাই ২০১৪। 
  2. শাহনাজ পারভীন (सन् २०१२), "ক্ষেতলাল", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. ধনঞ্জয় রায়, দিনাজপুর জেলার ইতিহাস, কে পি বাগচী অ্যান্ড কোম্পানি কলকাতা, প্রথম প্রকাশ ২০০৬, পৃষ্ঠা ২১১
  4. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  5. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১০ জুলাই ২০১৪), "ইউনিয়ন সমূহ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]