कालाई उपजिल्ला
कालाई
কালাই | |
---|---|
निर्देशाङ्क: २५°३.५′उ॰ ८९°११′पू॰ / २५.०५८३°N ८९.१८३°Eनिर्देशाङ्कहरू: २५°३.५′उ॰ ८९°११′पू॰ / २५.०५८३°N ८९.१८३°E | |
देश | बङ्गलादेश |
विभाग | राजशाही विभाग |
जिल्ला | जयपुरहाट जिल्ला |
क्षेत्रफल | |
• जम्मा | १६६.३ किमी२ (६४.२ वर्ग माइल) |
जनसङ्ख्या (सन् १९९१[१]) | |
• जम्मा | ११४,१८३ |
• घनत्व | ६८७/किमी२ (१७८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
कालाई (बङ्गाली: কালাই) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला जयपुरहाट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]
भूगोल
[सम्पादन गर्नुहोस्]कालाई उपजिल्ला बङ्गलादेशको मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°५९' देखि २५°११' उत्तर अक्षांश र ८९°०८' देखि ८९°१७' पूर्वी देशान्तरमा अवस्थित छ। कालाई उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६६.३० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई पाँचबिबि र गोविन्दगञ्ज उपजिल्लाले उत्तर, क्षेतलाल र शिवगञ्ज उपजिल्लाले दक्षिण, शिवगञ्ज र गोविन्दगञ्ज उपजिल्लाले पूर्व र क्षेतलाल र जयपुरहाट सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। नगर र हरावती नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १२९३२९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६५४३१ छ भने महिलाको जनसङ्ख्या ६३८९८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १२३४९० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५५४८ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ४१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २५० रहेको छ। यस उपजिल्लामा सन्थल र बुनो जनजातिहरू बसोबास गर्छन्।[३]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लामा ५९.६७% कृषि योग्य जमिन छ जसमा ५५.८२% सहरी क्षेत्र र ५९.९०% ग्रामीण क्षेत्र रहेको छ। यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, उखु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, कटहर, केरा, मेवा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको खरबुजा पनि उत्पादन गरिन्छ। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले केरा, आलु, धान, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा १५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा ११३ माछापालन केन्द्र, ९६ कुखुरा पालन केन्द्र, ११३ दुग्ध सङ्कलन केन्द्र र ८ ह्याचरी रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६७.३४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.२३% मजदुरी, व्यापार र उद्योगमा ०.२४%, वाणिज्यमा ८.७८%, सञ्चार र यातायातमा ३.०४%, निर्माण क्षेत्रमा ०.५१%, सुविधा २.९२%, धार्मिक सेवा ०.१०% र अन्य ५.४६% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय काहालु थानाको स्थापना सन् १९८१ अगष्ट १९ का दिन भएको थियो भने सन् १९८३ जुलाई ३ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे।। जयपुरहाट जिल्लाको उपजिल्लाको हुनु भन्दा अघि यो बगुडा जिल्लाको एक उपजिल्ला थियो। २६ फेब्रुअरी १९८४ का दिन यो उपजिल्ला जयपुरहाट जिल्लामा गाभिएको थियो। यस उपजिल्लामा हाल ५ सङ्घ परिषद्, १०९ मौजा/महल्ला र १५८ गाउँहरू रहेका छन्।[४][५]
शिक्षा
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको कुल साक्षरता दर ४६.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१.४% छ भने महिलाको साक्षरता दर ३८.६% रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, २ प्राबिधिक विद्यालय, २६ माध्यमिक विद्यालय, ४८ प्राथमिक विद्यालय, ५ सामुदायिक विद्यालय, ३३ मदरसाहरू रहेका छन्। कालाई मोयन उच्च विद्यालय यस उपजिल्लाको उत्कृष्ट विद्यालय मध्ये एक हो।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "এক নজরে উপজেলা", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ১০ জুলাই ২০১৪।
- ↑ শাহনাজ পারভীন (सन् २०१२), "कालाई उपजिल्ला", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১০ জুলাই ২০১৪), "ইউনিয়নসমূহ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।