पाँचबिबि उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पाँचबिबि

পাঁচবিবি
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाजयपुरहाट जिल्ला
क्षेत्रफल
 • जम्मा२७८.५३ किमी (१०७.५४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९११[१])
 • जम्मा१९३,३६५
 • घनत्व६९०/किमी (१,८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटपाँचबिबि उपजिल्लाको आधिकारिक नक्शा

पाँचबिबि (बङ्गाली: পাঁচবিবি উপজেলা) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला जयपुरहाट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

पाँचबिबि उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°५३' देखि २५°०८' उत्तर अक्षांश र ८८°५६' देखि ८९°१३' पूर्वी देशान्तरणमा अवस्थित छ। पाँचबिबि उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७८.५३ वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई हाकिमपुरघोडाघाट उपजिल्लाले उत्तर, भारतको।पश्चिम बङ्गाल राज्यले दक्षिण, जयपुरहाट सदर उपजिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्य र जयपुरहाट सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। हरावती, जमुना र तुलसी गङ्गा नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[३][४]

इतिहास[सम्पादन गर्ने]

सन् १९३० मा यस उपजिल्लामा बेलायती सामग्री तथा खाद्यान्नमा प्रतिबन्ध लगाउने भन्दै स्थानीय वासिन्दा द्वरा आन्दोलन गरिएको थियो भने सन् १९४६ मा तबगा आन्दोलन पनि यहि उपजिल्लाबाट शुरू भएको थियो जसको नेतृत्व अब्दुल कदर चौधरीले गरेका थिए। सन् १९३४ अक्टोबर २७ का दिन अनुशिलन समितिका नेतृत्व गर्ने अब्दुल कदर चौधरी र प्रन कृष्ण चक्रवर्तीले हिली स्टेसनबाट चिठी राखिएको झोला चोरी गरेका थिए। सन् १९५२ फेब्रुअरी २४ पाँचबिबि उपजिल्लामा विद्यार्थी द्वारा पूर्णतया हड्ताल गरिएको थियो जसकध फलस्वरूप प्रहरीको गोली लागि केही विद्यार्थीहरूको मृत्यु भएको थियो। ११ डिसेम्बर १९६७ का दिन यस उपजिल्ला अन्तर्गत पर्ने माहिपुर भन्ने ठाउँमा शिक्षा सम्मेलन सम्पन्न भएको थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा देश व्यापी रुपमा शुरू भएको थियो भने सोही वर्ष लाल विहारी उच्च विद्यालयमा विद्यार्थीहरूलाई हातहतियार प्रयोग तथा सैनिक शिक्षण गरिएको थियो। २० अप्रिलका दिन पाकिस्तानी सेनाले यस उपजिल्लामा अचानक आक्रमण गरि थुप्रै मानिसहरूको सामूहिक हत्या गरेका थिए भने सेनाले घरटहराहरूमा पनि अागजन गरेका थिए। पाँचबिबि उपजिल्लाको अमरासल्पुर भन्ने गाउँमा भएको पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीचको प्रत्यक्ष गोली हानाहानमा २४ पाकिस्तानी सेनाहरू मारिएका थिए र कयौं घाइते भएका थिए। मे महिनाको पहिलो हप्ता बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुहरूले गरेको आक्रमणमा परि ९ पाकिस्तानी सेनाको मृत्यु भएको थियो।[५]

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २१५८०६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११०५८८ छ भने महिलाको जनसङ्ख्या १०५२१८ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १८३३५५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २३९२५ रहेको छ। त्यस्तै गरि बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३४५१, इसाई धर्मवलम्बीहरूको जनसङ्ख्या ८१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४९९४ रहेको छ। यस उपजिल्लामा सन्थल, अोरोन र मुण्डा जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा २९८ मस्जिद, ८ मन्दिर, ३ चिहान र १ गिर्जाघर रहेका छन्। पथरघाटा बाजार मस्जिद, पुकारिया मन्दिर, वर्ण मन्दिर, चिटिनिनाली मन्दिर आदि यस उपजिल्लाका प्रख्यात धार्मिक स्थलहरू हुन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लामा ५७.२९% कृषि योग्य जमिन छ जसमा कृषि योग्य जमिन सहरी क्षेत्रमा ४२.७१ र ग्रामीण क्षेत्रमा ५८.६८% रहेको छ। यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, उखु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, कटहर, केरा, मेवा, लिची, अम्बा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले जुट, छालाका सामग्री, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा २१ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १ माछापालन केन्द्र, ५० कुखुरा पालन केन्द्र, २२ दुग्ध सङ्कलन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७२.३४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.३२% मजदुरी, व्यापार र उद्योगमा ०.८८%, वाणिज्यमा १०.६४%, सञ्चार र यातायातमा ३.२३%, निर्माण क्षेत्रमा १.०१%, सुविधा ३.८७%, धार्मिक सेवा ०.१५% र अन्य ५.४७% रहेका छन्।


प्रशासन[सम्पादन गर्ने]

पाँचबिबि उपजिल्लाको स्थापना सन् १९६८ मा गरिएको थियो। हाल यस उपजिल्लामा ८ सङ्घ परिषद्, २२२ महल्ला र २५७ गाउँहरू रहेका छन्।[६]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ५१.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५६.६% छ भने महिलाको साक्षरता दर ४६.३% रहेको छ। यस उपजिल्लामा ६ क्याम्पस, ६ प्राबिधिक शिक्षण संस्था, ४९ माध्यमिक विद्यालय, ९६ प्राथमिक विद्यालय र ४६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; पाँचबिबि डिग्री क्याम्पस (सन् १९९४), माहिपुर हजी मोहसिन सरकारी क्याम्पस (सन् १९७६), सरकारी एलएलबी उच्च विद्यालय (सन् १०२४), उचाई जरका एससी उच्च विद्यालय (सन् १०२५), पाँचबिबि लाल विहारी सरकारी उच्च विद्यालय (सन् १९४०), पियर चिटिनिनली उच्च विद्यालय (सन् १९६२), कोटोवालीबग उच्च विद्यालय (सन् १९६४), पाँचबिबि नसिर मण्डल सरकारी कन्या उच्च विद्यालय (सन् १९६४), बगयाना उच्च विद्यालय (सन् २९६६), माहिपुर मौलाना उच्च विद्यालय (सन् १९८०), सलइपुर उच्च विद्यालय (सन् १९८८), पाँचबिबि महाबतपुर अमिनिया कामिल मदरसा (सन् १९४८) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "এক নজরে পাঁচবিবি", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ১০ জুলাই ২০১৪। 
  2. শাহনাজ পারভীন (सन् २०१२), "पाँचबिबि उपजिल्ला", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জেলা আদমশুমারীর পুস্তিকা ২০১১ দক্ষিণ দিনাজপুর", দক্ষিণ দিনাজপুরের মানচিত্র চতুর্থ পৃষ্ঠায় সিডি ব্লক দেখাচ্ছে, আদমশুমারি পরিচালনা অধিদপ্তর, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 
  4. "জেলা মানব উন্নয়ন প্রতিবেদন", উত্তর দিনাজপুর। পৃষ্ঠা १४: মানচিত্র উত্তর দিনাজপুর জেলার স্থানীয় সেটিং দেখায় (দক্ষিণ দিনাজপুর জেলা অন্তর্ভুক্ত), পরিকল্পনা, পরিসংখ্যান এবং প্রোগ্রাম বাস্তবায়ন বিভাগ, পশ্চিমবঙ্গ সরকার, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 
  5. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১১ জুলাই ২০১৪), "পাঁচবিবি উপজেলার পটভূমি", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]