घोडाघाट उपजिल्ला

From विकिपिडिया
Jump to navigation Jump to search
घोडाघाट
ঘোড়াঘাট
—  उपजिल्ला  —
घोडाघाट बङ्गलादेश-এ অবস্থিত
घोडाघाट
घोडाघाट
बाङ्लादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
देश बंगलादेश बाङ्लादेश
विभाग रङ्पुर विभाग
जिल्ला दिनाजपुर
क्षेत्रफल
 - जम्मा १४८.६७ किमी (५७.४ वर्ग मी)
जनसङ्ख्या (सन् १९९१)
 - जम्मा ८४,२७९
 जनघनत्व ५६६.९/किमी (१,४६८.२/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट यस उपजिल्लाको आधिकारिक नक्सा

घोडाघाट (बाङ्ला: ঘোড়াঘাট) बाङ्लादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[edit]

अवस्थिति[edit]

घोडाघाट बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°१३' देखि २५°२२' उत्तर अक्षांश र ८९°०८' देखि ८९°१८' पूर्वी देशान्तरणमा अवस्थित छ। घोडाघाट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १४८.६७ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई नवावगञ्जपिरगञ्ज उपजिल्लाले उत्तर, पाँचबिबिगोविन्दगञ्ज उपजिल्लाले दक्षिण,पलाशबाडीपिरगञ्ज उपजिल्लाले पूर्व, हाकिमपुरनवावगञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुनेश्वरी यस उपजिल्लाका प्रमुख नदि हो।

मौसम[edit]

घोडाघाट उपजिल्लाको मौसम मध्यम खालको छ। यस उपजिल्लामा वर्षा ऋतुमा अधिक पानी पर्छ भने हिउँदमा कप पानी पर्ने गर्छ। जुलाई महिनामा यस उपजिल्लामा अधिक ४०८ मिलिमिटर पानी पर्न गर्छ। घोडाघाट उपजिल्लाको वार्सिक अौषत तापक्रम २५.३ डिग्री हुन्छ। यस उपजिल्लाको अधिकतम तापक्रम अगष्ट महिनामा हुने गर्छ भने अगष्ट महिनामा अौषत तापक्रम २८.९ डिग्री सेल्सियस हुन्छ। जनवरी महिनामा यहाँ सबै जाडो हुने गर्छ भने अौसतमा यस जिल्लाको तापक्रम १८ डिग्री सेल्सियस पुग्ने गरेको छ। यस उपजिल्लामा वार्सिक १९०२ मिलिमिटर पानी पर्ने गर्छ।[२]

घोडाघाटको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
अधिकतम °से (°फे) औसत २४٫८
(७७)
२७٫६
(८२)
३२٫२
(९०)
३४٫७
(९४)
३३٫१
(९२)
३२٫१
(९०)
३१٫६
(८९)
३१٫६
(८९)
३१٫६
(८९)
३०٫९
(८८)
२८٫७
(८४)
२५٫८
(७८)
३०٫३९
(८६٫८)
न्यूनतम °से (°फे) औसत ११٫२
(५२)
१२٫९
(५५)
१७٫१
(६३)
२१٫९
(७१)
२३٫७
(७५)
२५٫३
(७८)
२६
(७९)
२६٫२
(७९)
२५٫५
(७८)
२२٫८
(७३)
१७٫१
(६३)
१२٫७
(५५)
२०٫२
(६८٫४)
औसत हिउँ/वर्षा मीमी (इञ्च)
(०٫३५)
१३
(०٫५१)
२३
(०٫९१)
६४
(२٫५२)
२२९
(९٫०२)
३७३
(१४٫६९)
४०८
(१६٫०६)
३३३
(१३٫११)
२८६
(११٫२६)
१४९
(५٫८७)
१२
(०٫४७)

(०٫१२)
१,९०२
(७४٫८८)
स्रोत: [१]

इतिहास[edit]

जनशाङ्खिकि[edit]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १०३११९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५२५५४ छ भने महिलाको जनसङ्ख्या ५०५६५ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८८३७० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६२५९, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ५२९२, इसाई धर्मवलम्बीको जनसङ्ख्या १२५ अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३०७३ रहेको छ। यस उपजिल्लामा सन्थल, मुण्डा र उराँव जनजाति बसोबास गर्छन्। यस उपजिल्लाका ८९.८४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.३३% ले पोखरी, ०.२५% ले टुटी र ९.५८% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ४८.२६% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। घोडाघाट उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, ४ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्।[३][४]

अर्थतन्त्र[edit]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, खुर्सानी, तोरी, प्याज, जुट, उखु, आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, केरा, खरबुजा, खुर्सानी लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको उखु पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६८.६४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.८४% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.५०% वाणिज्यमा १२.९५%, सञ्चार तथा यातायातमा २.९१%, निर्माण क्षेत्रमा ०.५३%, सुविधामा ४.३५%, धार्मिक सेवामा ०.१३%, वैदेशिक रोजगारी तथा भाडामा ०.०७% र अन्यमा ७.०८% रहेका छन्।[१]

प्रशासन[edit]

घोडाघाट थानको स्थापना सन् १८९५ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ४ सङ्घ परिषद्/वडा, ११५ मौजा/महल्ला र १११ गाउँहरू रहेका छन्।

शिक्षा[edit]

यस उपजिल्लाको कुल साक्षरता दर २६ १% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३२.८% छ भने महिलाको साक्षरता दर १९.२% रहेको छ। यस उपजिल्लामा ८ क्याम्पस, १८ माध्यमिक विद्यालय, ५३ प्राथमिक विद्यालय, २ बाल उद्धान केन्द्र र ३४ मदरसाहरू रहेका छन्। घोडाघाट डिग्री क्याम्पस (सन् १९८४), घोडाघाट महिला क्याम्पस (सन् १९९४), रानीगञ्ज महिला क्याम्पस (सन् १९९४), दुधिदुधिरहाट प्राबिधिक शिक्षण संस्था (सन् २००३), रानीनगर बहुभाषिक उच्च विद्यालय (सन् १९४५), चतशाल माध्यमिक विद्यालय (सन् १९४६), बालाहार माध्यमिक विद्यालय (सन् १९५८), बालागाडी माध्यमिक विद्यालय (सन् १९६६), गोपालपुर माध्यमिक विद्यालय (सन् १९७२), कृष्णरामपुर फजिल मदरसा (सन् १९४६), दियो गाउँ रहमानीया सिनियर मदरसा (सन् १९४७) आदि।

ऐतिहासिक स्थलहरू[edit]

Sura Masjid, Ghoraghat, Dinajpur
घोडाघाटको सुरा मस्जिद

घोडाघाटमा रहेको एक तीर्थ स्थल शाह इस्लामीया घाजी हो। उनी रसकनुद्दिन बरबाक शाहका पालका एक योगी योद्धा थिए। बङ्गालको दक्षिणीमा सीमा गजापतिले निर्माण गरेपछि शाह इस्लामीया घाजी विरोध गर्न नियुक्त भएका थिए। उनले पछि गजापतिलाई हराएका थिए।[५]

सन्दर्भ सामग्री[edit]

  1. १.० १.१ सिराजुल इसलाम र आहमेद ए जमाल, सम्पादक (सन् २०१२), "घोडाघाट उपजिल्ला", बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बाङ्लादेशको एसियाली समाज। 
  2. "घोडाघाट उपजिल्लाको मौसमको आँकडा", bn.climate-data.org, अन्तिम पहुँच २०१९-०२-१६ 
  3. "बाङ्लादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "::Democracywatch-Advocacy and Awareness on good governance::", www.dwatch-bd.org, अन्तिम पहुँच २०१९-०२-१४ 
  5. "ঘোড়াঘাট দুর্গের মসজিদ", बाङ्लापिडिया, अन्तिम पहुँच २०१९-०२-१६ 

बाह्य सूत्रहरू[edit]