पलाशबाडी उपजिल्ला
पलाशबाडी
পলাশবাড়ী | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २५°१७′उ॰ ८९°२१′पू॰ / २५.२८३°N ८९.३५०°Eनिर्देशाङ्कहरू: २५°१७′उ॰ ८९°२१′पू॰ / २५.२८३°N ८९.३५०°E | |
देश | बङ्गलादेश |
विभाग | रङ्पुर विभाग |
जिल्ला | गाईबान्धा जिल्ला |
क्षेत्रफल | |
• जम्मा | १९०.६७ किमी२ (७३.६२ वर्ग माइल) |
जनसङ्ख्या (सन् १९९१) | |
• जम्मा | २१०,८०६ |
• घनत्व | १,१०६/किमी२ (२८६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | पलाशबाडी उपजिल्लाको आधिकारिक नक्सा |
पलाशबाडी (बङ्गाली: পলাশবাড়ী) बङ्गलादेशको गाईबान्धा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]
भूगोल
[सम्पादन गर्नुहोस्]पलाशबाडी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°११' देखि २५°१९' उत्तर अक्षांश र ८९°१६' देखि ८९°३२' पूर्वी देशान्तरणमा अवस्थित छ। पलाशबाडी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९०.६७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई पिरगञ्ज, सदुल्लापुर र गाईबान्धा उपजिल्लाले उत्तर, गोविन्दगञ्ज उपजिल्लाले दक्षिण, गाईबान्धा सदर र साघाटा उपजिल्लाले पूर्व र धोडाघाट उपजिल्लाले पश्चिमबाट घेरेको छ। नाउला, मोरिचा आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा यस क्षेत्रमा बसोबास गर्ने उर्दु मात्रृभाषा भएका मानिसहरूले (राजाकार) र पाकिस्तानी सेनाले यहाँ रहेका बङ्गाली मातृभाषा भएका स्थानीय मानिसहरूको सामूहिक हत्या, घरटहरामा आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरी आतङ्क मच्चाएका थिए भने यस उपजिल्लाका स्थानीय मानिसहरूले रङ्पुर बगुडा सडकमा हुने आवतजावतमा रोक लगाएका थिए जसको फलस्वरूप पाकिस्तानी सेना र स्थानीय राजाकारहरूले पलाशबाडी हटमा आगजनी गरेका थिए जसमा एक स्थानीय मानिसको मृत्यु भएको थियो। उक्त घटनाको केही दिन पश्चात् पाकिस्तानी सेनाले त्यस नजिक रहेका थुप्रै घरहरूमा समेत आगजनी गरेका थिए। यस युद्धका बेला पाकिस्तानी सेनाले यस उपजिल्लाका थुप्रै ठाउँहरूमा सैनिक किल्लाको स्थापना गरेका थिए भने सेनाले सैनिक किल्ला नजिक रहेका मानिसहरूको सामूहिक हत्या गरेका थिए। पलाशबाडी १० डिसेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २३१७५५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११७०७५ छ भने महिलाको जनसङ्ख्या ११४६८० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २१६८७५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १४५९१, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३०९ रहेको छ। यस उपजिल्लामा सन्थल तथा उराँव जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा २९८ मस्जिद, १३ हिन्दु मन्दिर र ३ गिर्जाघरहरू रहेका छन्। पलाशबाडी जामे मस्जिद, कालीबाडी मन्दिर आदि यस उपजिल्लाका प्रमुख तथा लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९४.५४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२३% ले पोखरी, ०.३१% ले टुटी र ४.९२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ५०.९७% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। पलाशबाडी उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, ९ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्।[२]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, उखु, तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कटहर, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, इट्टा भट्टी, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, केरा, छालाका सामग्री लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, पानको पात, सखरखण्ड, अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा १० माछापालन केन्द्र, ५७ दुग्ध सङ्कलन केन्द्र तथा, ४४ कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६४.३०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै १.९५% मजदुरीमा, उद्योग तथा व्यापारमा १.१५% वाणिज्यमा १२.८७%, सञ्चार तथा यातायातमा ६.२४%, निर्माण क्षेत्रमा १.३८%, सुविधामा ५.९६%, धार्मिक सेवामा ०.१७%, वैदेशिक रोजगारी तथा भाडामा ०.१५% र अन्यमा ५.८३% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]पलाशबाडी थानको स्थापना सन् १५ मार्च १९३७ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो।
शिक्षा
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको कुल साक्षरता दर ३८.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४४% छ भने महिलाको साक्षरता दर ३३.७% रहेको छ। यस उपजिल्लामा ९ क्याम्पस, २ प्राबिधिक क्याम्पस, ४० माध्यमिक विद्यालय, १७८ प्राथमिक विद्यालय, ३३ सामुदायिक विद्यालय, ६९ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; पलाशबाडी सरकारी क्याम्पस (सन् १९६४), पलाशबाडी एसएम पाइलट उच्च विद्यालय (सन् १९११), वासुदेवपुर चन्द्र किशोर विद्यालय तथा क्याम्पस (सन् १९१७), रौसनाबग उच्च विद्यालय (सन् १९२६),आदि।[३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ आस्मा पर्विन (सन् २०१२), "पलाशबाडी उपजिल्ला", in सिराजुल इस्लाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज।
- ↑ "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ पर्विज, आस्मा (२०१२), "पलाशबाडी उपजिल्ला", in इसलाम, सिराजुल; जामल, आहमेद, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज।