सामग्रीमा जानुहोस्

गोविन्दगन्ज उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोविन्दगन्ज
গোবিন্দগঞ্জ
उपजिल्ला
गोविन्दगन्ज is located in बङ्गलादेश
गोविन्दगन्ज
गोविन्दगन्ज
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°८′उ॰ ८९°२३.५′पू॰ / २५.१३३°N ८९.३९१७°E / 25.133; 89.3917निर्देशाङ्कहरू: २५°८′उ॰ ८९°२३.५′पू॰ / २५.१३३°N ८९.३९१७°E / 25.133; 89.3917
देशबङ्गलादेश बङ्गलादेश
विभागरङ्पुर विभाग
जिल्लागाइबान्धा
सरकार
क्षेत्रफल
 • जम्मा४८१.६६ किमी (१८५.९७ वर्ग माइल)
जनसङ्ख्या
 (सन १९९१)
 • जम्मा४१४,५९१
 • घनत्व८६०/किमी (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक अङ्क
५७४०
वेबसाइटgobindaganj.gaibandha.gov.bd

गोविन्दगन्ज (बङ्गाली: গোবিন্দগঞ্জ) बङ्गलादेशको गाईबान्धा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

गोविन्दगन्ज बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°१५' देखि २५°२०' उत्तर अक्षांश र ८९°११' देखि ८९°३२' पूर्वी देशान्तरणमा अवस्थित छ। गोविन्दगन्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४८१.६६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई घोडाघाटपलाशबाडी उपजिल्लाले उत्तर, सोनातोलाशिवगन्ज उपजिल्लाले दक्षिण, साघाटापलाशबाडी उपजिल्लाले पूर्व र पाँचबिबिकालिया उपजिल्लाले पश्चिमबाट घेरेको छ। सत बिल र बाङ्गाली यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने विद्यार्थी र सर्वसाधारणहरूले काराटोरा नदिको कटाखाली पुल भत्कनउने क्रममा पाकिस्तानी सेनाले सात मानिसहरू लगायत अब्दुल मनन (राजशाही विश्वविद्यालयका खेलकुद सचिव), बब्लु महन्त र बाबु दत्तलाई २७ मार्च १९७१ का दिन हत्या गरेका थिए र त्यस पछि पाकिस्तानी सेनाले त्यस वरपर रहेको घरटहराहरूमा पूर्णतया आगजनी समेत गरेका थिए।

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ४६१४२८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २३५६२२ छ भने महिलाको जनसङ्ख्या २२५८०६ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ४२७७५६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २९५५३, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २०७४, इसाई धर्मवलम्बीको जनसङ्ख्या १४८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १८९७ रहेको छ। यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा ७३० मस्जिद, १५० मन्दिर, १ गिर्जाघर र ५ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ९१.९३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०२३% ले पोखरी, ०.४६% ले टुटी र ७.३८% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाको कुल घरहरू मध्ये ६०.२३% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।गोविन्दगन्ज उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, १७ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्र र १ आँखा अस्पताल रहेका छन्।[२]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, तोरी, आलु, तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कटहर, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, गहुँ कुटानी केन्द्र, श मिल, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, ईट्टा भट्टी तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल, आलु, केरा, चिनी लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, खैनी, सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३२ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ७० दुग्ध सङ्कलन केन्द्र तथा ५० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय स्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६६.९२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.११% मजदुरीमा, उद्योग तथा व्यापारमा १.७२% वाणिज्यमा ११.८३%, सञ्चार तथा यातायातमा ५.२८%, निर्माण क्षेत्रमा ०.९३%, सुविधामा ०.१५%, धार्मिक सेवामा ०.१५%, वैदेशिक रोजगारी तथा भाडामा ०.१४% र अन्यमा १२.४९% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय बगुडा जिल्लाको स्थापना सन् १८२१ अप्रिल १५ का दिन गरिएको थियो भने यस जिल्लामा गोविन्दगन्ज पनि समावेश थियो। अगष्ट १५ मा गोविन्दगन्जलाई भवानीगन्ज उप विभागमा समावेश गरिएको थियो। प्रशासकीय गोविन्दगन्ज थानको स्थापना सन् १९१२ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। भवानीगन्ज नगरपालिकाको स्थापना सन् १९९८ मा गरिएको थियो। गोविन्दगन्ज उपजिल्ला एक नगरपालिका सहित ६ सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्; महिमागन्ज सङ्घ परिषद्, कामदिया सङ्घ परिषद्, शाखाहार सङ्घ परिषद्, काटाबाडी सङ्घ परिषद्, राजाहार सङ्घ परिषद्, सापमार सङ्घ परिषद्, दरबस्त सङ्घ परिषद्, तालुककानुपुर सङ्घ परिषद्, नाकाइ सङ्घ परिषद्, हरिरामपुर सङ्घ परिषद्, राखालपुरुज सङ्घ परिषद्, फुलबाडी सङ्घ परिषद्, गुमानीगन्ज सङ्घ परिषद्, कामारदश सङ्घ परिषद्, कोचाशहर सङ्घ परिषद्, शिवपुर सङ्घ परिषद्, शालमारा सङ्घ परिषद्। यस उपजिल्लाका सङ्घ परिषद्हरू ३३९ मौजा/महल्ला र ३७५ गाउँहरूमा विभाजित छन्। क्षत्रफल र सबैभन्दा धेरै सङ्घ परिषद्को।सङ्ख्या भएका कारण यो बङ्गलादेशकै सबैभन्दा ठुलो उपजिल्ला हो।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ३७.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४२.९% छ भने महिलाको साक्षरता दर ३२.५% रहेको छ। यस उपजिल्लामा ८ क्याम्पस, १ कानून शिक्षण संस्था, १ शिक्षक शिक्षण संस्था, ७२ माध्यमिक विद्यालय, २३९ प्राथमिक विद्यालय र १५३ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; गोविन्दगन्ज डिग्री क्याम्पस (सन् १९६५), कामदिया नरुल हक डिग्री क्याम्पस (सन् १९७२), महिमागन्ज डिग्री क्याम्पस (सन् १९७२), गोविन्दगन्ज महिला क्याम्पस (सन् १९९१), गोविन्दगन्ज बहुभाषिक उच्च विद्यालय (सन् १९१२), कामदिया बहुभाषिक उच्च विद्यालय (सन् १९२१), गोविन्दगन्ज बिएम कन्या उच्च विद्यालय (सन् १९४०), रङ्पुर चिनी उद्योग उच्च विद्यालय (सन् १९६२), विराट उच्च विद्यालय (सन् १९६४), साहरागाछी कन्या उच्च विद्यालय (सन् १९७१), महिमागन्ज आली मदरसा (सन् १९३७) आदि।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ नन्दी, विष्णु (सन् २०१२), "গোবিন্দগঞ্জ উপজেলা", in इसलाम, सिराजुल; जामल, आहमेद, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]