साघाटा उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
साघाटा

সাঘাটা
उपजिल्फा
साघाटा is located in बङ्गलादेश
साघाटा
साघाटा
Location in Bangladesh
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश बङ्गलादेश
राज्यरङ्पुर विभाग
जिल्लागाईबान्धा जिल्ला
क्षेत्रफल
 • जम्मा२२५.६७ किमी (८७.१३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा२३२,११८
 • घनत्व१,०००/किमी (२,७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटसाघाटाको आधिकारिक नक्सा

साघाटा (बङ्गाली: সাঘাটা) बङ्गलादेशको गाईबान्धा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

साघाटा सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°०२' देखि २५°१४' उत्तर अक्षांश र ८९°२९' देखि ८९°४०' पूर्वी देशान्तरणमा अवस्थित छ। साघाटा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५५.६७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई गाईबान्धा उपजिल्लाले उत्तर, सोनातला उपजिल्लाले दक्षिण, फुलछाडी, सरियाकान्दिइस्लामपुर उपजिल्लाले पूर्व, गोविन्दगञ्जपलाशबाडि उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना र बाङ्गाली नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यस युद्धका बेला पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच साघाटा थानाको भाङ्गामोर भन्ने ठाउँमा प्रत्यक्ष गोली हानाहान भएको थिय१ जहाँ पाकिस्तानी सेनाका एक प्रमुख अधिकारीको मृत्यु भएको थियो। यसै उपजिल्लाको त्रीमोहिनी घाटमा पनि पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ २७ पाकिस्तानी सेना सहित १२ बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो। बङ्गलादेश मुक्ति अभियानका बेला बङ्गलादेशी लडाकुले यसै उपजिल्लाका विभिन्न ठाउँमा रहेका १७ राजाकारहरूलाई मारिदिएका थिए। पाकिस्तानी सेनाले बडियाखाली सडक अन्तर्गतको एक पुललाई ध्वस्त पारिदिएका थिए भने सेनाले भरतखाली जुट कारखानामा पनि पूर्णतया आगजनी गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २५०२६९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२६६१० छ भने महिलाको जनसङ्ख्या १२३६५९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २३२५८८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १७३४७, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १२, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २८६२८७ रहेको छ। यस उपजिल्लामा ३४५ मस्जिद, २२ हिन्दु मन्दिरहरू रहेका छन्। यस उपजिल्लाका ९२.४१% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१२% ले पोखरी, ०.१८% ले टुटी र ७.२९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लामा १ स्वास्थ्य जाँच केन्द्र, १० परिवार नियोजन संस्था र २ गैरसरकारी स्वस्थ्य जाँच केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ४८.६०% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १८८५ र सन् १९९७ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।[२]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, तोरी, प्याज, उखु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, लसुन, प्याज, केरा, मेवा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, अलहर, सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ४३ माछापालन केन्द्र, २३ दुग्ध सङ्कलन केन्द्र तथा, ६२ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६७.६३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै १.९७% मजदुरीमा, उद्योग तथा व्यापारमा १७.४९% वाणिज्यमा ११.२०%, सञ्चार र यातायातमा ३.५७%, निर्माण क्षेत्रमा ०.९०%, सुविधामा ७.४४%, धार्मिक सेवामा ०.९०%, वैदेशिक रोजगारी तथा भाडामा ०.३०% र अन्यमा ६.६९% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

साघाटा थानको स्थापना सन् १९०५ मा भएको थियो भने सन् १९८२ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १० सङ्घ परिषद्/वडा, ११७ मौजा/महल्ला र १३२ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३४.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४०.३% छ भने महिलाको साक्षरता दर २८.२% रहेको छ। यस उपजिल्लामा ६ क्याम्पस, ३९ माध्यमिक विद्यालय, १४२ प्राथमिक विद्यालय, १४ सामुदायिक विद्यालय र १६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; अब्दुल्ला स्मारक सरकारी प्राथमिक विद्यालय, जुमरबाडी उच्च विद्यालय (सन् १९०३), साघाटा पाइलट उच्च विद्यालय (सन् १९०४), काजी अजहार आदी उच्च विद्यालय (सन् १९२०), भरतखाली उच्च विद्यालय (सन् १९४०) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. सिराजुल इस्लाम र आहमेद ए जमाल, सम्पादक (सन् २०१२), "সাঘাটা উপজেলা", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]