सोनातला उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोनातला
সোনাতলা
सोनातला is located in बङ्गलादेश
सोनातला
सोनातला
बाङ्लादेशको नक्शामा सोनातला उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°२′उ॰ ८९°३०′पू॰ / २५.०३३°N ८९.५००°E / 25.033; 89.500निर्देशाङ्कहरू: २५°२′उ॰ ८९°३०′पू॰ / २५.०३३°N ८९.५००°E / 25.033; 89.500
देश बङ्गलादेश
विभागराजशाही विभाग[१]
जिल्लाबगुडा जिल्ला[२]
क्षेत्रफल
 • जम्मा१५६.७५ किमी (६०.५२ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[३])
 • जम्मा१८६,७७८
 • घनत्व१२००/किमी (३१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
५८२०
वेबसाइटsonatala.bogra.gov.bd

सोनातला (बङ्गाली: সোনাতলা উপজেলা) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। सन् १९८१ मा सोनातला थानाको स्थापन भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो।[४] यस उपजिल्लाको नाम यहाँ रहेको प्रशासकीय नगर सोनातलाबाट राखिएको हो।[५]

भूगोल[सम्पादन गर्नुहोस्]

सोनातला उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°५५' देखि २५°०४' उत्तर अक्षांश र ८९°२६' देखि ८९°४१' पूर्वी देशान्तरणमा अवस्थित छ। सोनातला उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १५६.७३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई सधट्टागोविन्दगञ्ज उपजिल्लाले उत्तर, गाबतलीसारियाकान्दि उपजिल्लाले दक्षिण, सारियाकान्दि उपजिल्लालेनै पूर्व र शिवगञ्जगाबतली उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना, बाङ्गाली, भिम्ती, मोहीचरण, लोहागारा आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।[६]

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २८ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले सोनातला रेल्वे स्टेसन नजिक रहेका बजार तथा घरहरूमा आगजन गरी तीन सर्वसाधारणहरूको हत्या गरेमन थिए। ६ मे १९७१ का दिन पाकिस्तानी सेनाले सोनातला बन्दरगाह नजिक रहेका घर तथा बजारमा लुट्पाट गरेका थिए भने सेनाले त्यहाँ अन्धाधुन्ध गोली हानी कयौंलाई घाइते तथा ३ जनालाई मारेका थिए र त्यसपछि सेनाले त्यहाँका सबै घरटहराहरूमा पूर्णतया आगजनी गरेका थिए। १४ मे का दिन पाकिस्तानी सेनाले यस उपजिल्ला अन्तर्गत पर्ने बैगुना गाउँका एक जना मानिसलाई गोली हानी हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १६७५४७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८५२०६ छ भने महिलाको जनसङ्ख्या ८२३४१ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १५९४०५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ८०९३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४४८ रहेको छ। यस उपजिल्लामा ४५,८६९ घरहरू रहेका छन्। यस उपजिल्लामा २४९ मस्जिद, ११ मन्दिर र २ चिहानहरू रहेका छन्। स्टेसन जामे मस्जिद, पकुल्ला जामे मस्जित, गोरापिर मजहर, सोनातला दुर्गाबाहिनी नारायण मन्दिर आदि यस उपजिल्लाका प्रख्यात धार्मिक स्थलहरू हुन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, उखु, तोरी, अदुवा आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर, अम्बा, लिची, मेवा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा १ सलाई कारखाना, २ बिँडी कारखाना, १ बरफ तथा चिस्यान केन्द्र, ५ धान कुटानी केन्द्र, ३३० खाना तथा पेय पदार्थ पसल, ६७ फलाम उद्योग, ८ वेल्डिङ उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले केरा, आलु, गहुँ, धान, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, सखरखण्ड, तील, कोदो पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १७ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १६ कुखुरा पालन केन्द्र, १२५ माछा पालन केन्द्र र १२ दुग्ध सङ्कलन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६२.५७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.५२% मजदुरी, व्यापार र उद्योगमा ०.६१%, वाणिज्यमा १५.०१%, सञ्चार र यातायातमा ३.६६%, निर्माण क्षेत्रमा १.१३%, सुविधा ६.२२%, धार्मिक सेवा ०.२०% र अन्य ७.६६% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय सोनातला थानाको स्थापना सन् १८८१ भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। सोनातला उपजिल्ला सोनातला नगरपालिका सहित ७ सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्; बलुवा सङ्घ परिषद्, जोगर्चन सङ्घ परिषद्, मधुपुर सङ्घ परिषद्, पकुला सङ्घ परिषद्, सोनातला सदर सङ्घ परिषद् र टिकेनी चुकाईनगर सङ्घ परिषद्। यस उपजिल्लाका सङ्घ परिषद्हरू ९४ मौजा र १३१ गाउँहरूमा विभाजित छन्। सोनातला नगरपालिका ९ वडा र १६ महल्लामा विभाजित छ।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ३७.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४३ ३% छ भने महिलाको साक्षरता दर ३२.३% रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस, १ प्राथमिक शिक्षक शिक्षण संस्था, २५ माध्यमिक विद्यालय, १२८ प्राथमिक विद्यालय, ६० मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; नाजिर अखतर क्याम्पस (सन् १९६७), सोनातला पाइलट उच्च विद्यालय (सन् १९०८), सुखान पुकार उच्च विद्यालय (सन् १९१४), अमलितला नमुना प्राथमिक विद्यालय (सन् १९३८) आदि।[७][८]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "জনসংখ্যা ২০১১: বগুড়া সারণী সি -১০" (পিডিএফ), বাংলাদেশ পরিসংখ্যান ব্যুরো, मूलबाट जुलाई १४, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१४ 
  2. "জেলা পরিসংখ্যান ২০১১: বগুড়া" (পিডিএফ), বাংলাদেশ পরিসংখ্যান ব্যুরো, मूलबाट जुलाई २३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०१४  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २३, २०१४ मिति
  3. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই, ২০১৫), "এক নজরে সোনাতলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। [dead link]
  4. "উপজেলা প্রশাসন পটভূমি", সোনাতলা উপজেলা, अन्तिम पहुँच १७ जुलाई २०१४ [dead link]
  5. "সোনাতলা উপজেলা", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি, सन् २०१२। 
  6. "सोनातला उपजिल्लाको आधिकारिक नक्शा", अन्तिम पहुँच ११ जुलाई २०१४ [dead link]
  7. "বালুয়াহাতা ডিগ্রি কলেজ", সোনাতলা উপজেলা, अन्तिम पहुँच १८ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१६ मिति
  8. "প্রতিষ্ঠানের তালিকা", শিক্ষা মন্ত্রণালয়, अन्तिम पहुँच जुलाई १५, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]