सामग्रीमा जानुहोस्

सारियाकान्दि उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सारियाकान्दि
সারিয়াকান্দি
सारियाकान्दि is located in बङ्गलादेश
सारियाकान्दि
सारियाकान्दि
बङ्गलादेशको नक्शामा सारियाकान्दि उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°५३′उ॰ ८९°३४′पू॰ / २४.८८३°N ८९.५६७°E / 24.883; 89.567निर्देशाङ्कहरू: २४°५३′उ॰ ८९°३४′पू॰ / २४.८८३°N ८९.५६७°E / 24.883; 89.567
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाबगुडा जिल्ला[]
क्षेत्रफल
 • जम्मा४०८.५० किमी (१५७.७२ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[])
 • जम्मा२७०,७१९
 • घनत्व६६०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक अङ्क
५८३०, ५८३१
वेबसाइटshariakandi.bogra.gov.bd

सारियाकान्दि (बङ्गाली: সারিয়াকান্দি উপজেলা) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[][]

सारियाकान्दि उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°४४' देखि २५°०४' उत्तर अक्षांश र ८९°३१' देखि ८९°४५' पूर्वी देशान्तरणमा अवस्थित छ। सारियाकान्दि उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४०८.४५ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई साघातासोनालता उपजिल्लाले उत्तर, धुनटकाजीपुर उपजिल्लाले दक्षिण, ईसलामपुर, मादारगञ्जसरिषाबाडी उपजिल्लाले पूर्व र गाबतली उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना र बाङ्गली नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा देश व्यापी रूपमा शुरू भएको थियो जहाँ यस उपजिल्ला क्षेत्र सङ्ख्या ७ मा रहेको थियो। १६ अगष्टका दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच सारियाकान्दि उपजिल्लाको रामचन्द्रपुर भन्ने ठाउँमा भएको प्रत्यक्ष गोली हानाहानमा ५ पाकिस्तानी सेनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए। २० अगष्टका दिन पाकिस्तानी सेना चडिरहेको गाडीमा बङ्गलादेशी लडाकुले ध्वस्त पारिदिएका थिए भने सोही महिनामा बङ्गलादेशी लडाकुले सरियाकान्दि पुल पनि ध्वस्त परेका थिए। बङ्गलादेशी लडाकुहरूले राखेको बम धरापमा परि एक पाकिस्तानी सेनाका प्रमुख अधिकारी सहित ६ जनाको मृत्यु भएको थियो। ४ सेप्टेम्बरका दिन बङ्गलादेशी लडाकुले सरियाकान्दिबाट बगुडा जान लागेका ६ पाकिस्तानी सेनालाई फुलबारीघाटमा मारिदिएका थिए। १९ सेप्टेम्बरका दिन यस उपजिल्लाको तजुरपारा गाउँमा भएको बङ्गलादेशी लडाकु र पाकिस्तानी सेनाको प्रत्यक्ष गोली हानाहानमा थुप्रै पाकिस्तानी सेना मारिएका थिए। २० अक्टोबरका दिन यस उपजिल्लाको नराची र गानकपाडा गाउँमा भएको बङ्गलादेशी लडाकु र पाकिस्तानी सेनाको प्रत्यक्ष गोली हानाहानमा ९ पाकिस्तानी सेना सहित १२ लडाकुको ज्यान गएको थियो।१० नोभेम्बरका दिन यस उपजिल्लाको बाइगुनी भन्ने ठाउँमा बङ्गलादेशी लडाकुको एक समूहले राखेको धरापमा परि ५ पाकिस्तानी सेनाको मृत्यु भएको थियो। २८ नोभेम्बरका दिन सरियाकान्दि उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको प्रत्यक्ष गोली हानाहानमा २ लडाकुको मृत्यु भएको थियो। बङ्गलादेशी लडाकुले सरियाकान्दि प्रहरी चौकीमा आक्रमण गर्दा १८ पाकिस्तानी सेना मारिएका थिए भने प्रत्यक्ष गोली हानाहानमा ३ स्वतन्त्र लडाकुको समेत ज्यान गएको थियो।

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २४००८३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२२८८४ छ भने महिलाको जनसङ्ख्या ११७१९९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २३३३८३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६६३८ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३८ रहेको छ। यस उपजिल्लामा ४६५ मस्जिद, ६ मन्दिर, १ चिहान रहेका छन्।[][]

यस उपजिल्लामा ५६.६१% कृषि योग्य जमिन छ जसमा कृषि योग्य जमिन सहरी क्षेत्रमा ४३.३९ र ग्रामीण क्षेत्रमा ५८.४१% रहेको छ। यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, उखु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, कटहर, केरा, मेवा, लिची, अम्बा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले जुट, छालाका सामग्री, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, अरहर, सखरखण्ड, केशरी, तील पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १२३२ माछापालन केन्द्र, ८५ कुखुरा पालन केन्द्र, ११० दुग्ध सङ्कलन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६७.८२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.०३% मजदुरी, व्यापार र उद्योगमा ०.५७%, वाणिज्यमा ११.७१%, सञ्चार र यातायातमा २.३५%, निर्माण क्षेत्रमा ६.२४%, सुविधा ६.२४%, धार्मिक सेवा ०.११% र अन्य ७.६४% रहेका छन्।

प्रशासकीय सरियाकान्दि थानाको स्थापना सन् १८८६ भएको थियो भने सन् १९९९ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। सरियाकान्दि उपजिल्ला १ नगरपालिका र १२ सङ्घ परिषद्; चेलाबाडी, बोहाली, चलुवाबाजार, चन्दन विशा, फुलबारी, हट शेरपुर, कमलपुर, कर्नीबाडी, काजला, कुटुब्पुर, नारची र सरियाकान्दिमा विभाजन गरिएको छ। यस सङ्घ परिषद् १०० मौजा र १७३ गाउँहरूमा विभाजित छन्। हाल यस उपजिल्लामा ९ वडा र १७ महल्ला रहेका छन्।

यस उपजिल्लाको कुल साक्षरता दर ३२.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३७.१% छ भने महिलाको साक्षरता दर २७.३% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, २२ माध्यमिक विद्यालय, १६० प्राथमिक विद्यालय र ३० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; चन्दननाइस डिग्री क्याम्पस (सन् १९६४), जामथोल प्राबिधिक व्यवस्थापन क्याम्पस (सन् २००१), नाओखाली सरकारी प्राथमिक विद्यालय (सन् १९०१), देभडाङ्गा सरकारी प्राथमिक विद्यालय (सन् १९०३), चघलाधारी सरकारी प्राथमिक विद्यालय (सन् १९०४), सरियाकान्दी नमुना सरकारी प्राथमिक विद्यालय (सन् १९०५), हाट फुलबारी सरकारी प्राथमिक विद्यालय (सन् १९०५), काजला प्राथमिक विद्यालय (सन् १९०५) आदि।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "सन् २०११: बगुडा जिल्लाको जानकारी" (पिडिएफ), बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट जुलाई २३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०१४  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २३, २०१४ मिति
  2. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "এক নজরে সারিয়াকান্দি", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। [स्थायी मृत कडी]
  3. Rahman, मोहाम्मद हफिजुर (सन् २०१२), "सारियाकान्दि उपजिल्ला", in इसलाम, सिराजुल; जामाल, अमहद, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (Second संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  4. "সারিয়াকান্দি উপজেলা", http (अङ्ग्रेजीमा), २०१९-०१-२८। 
  5. "সারিয়াকান্দি উপজেলা" (अङ्ग्रेजीमा), २०१९-०१-२८। 
  6. "सन् २०११ बङ्गलादेश राष्ट्रिय जनगणना" (पिडिएफ), बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट जुलाई १४, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१४ 
  7. "सन् २०११ को जनगणना" (पिडिएफ), बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट जुलाई २८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१४ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]