धुनट उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
धुनट

ধুনট
धुनट is located in बङ्गलादेश
धुनट
धुनट
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाबगुडा जिल्ला
क्षेत्रफल
 • जम्मा२४७.७३ किमी (९५.६५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा२९२,४०४
 • घनत्व१,२००/किमी (३,१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक कोड
५८५०, ५८५१
वेबसाइटdhunot.bogra.gov.bd

धुनट (बङ्गाली: ধুনট উপজেলা) बङ्गलादेशको उत्तर भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। प्रशासकीय धुनट थानाको स्थापना सन् १९६२ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लाको नाम यहाँ रहेको प्रशासकीय नगरपालिका धुनटबाट राखिएको थियो। सन् २००६ मा यस उपजिल्ला १००% स्वच्छ र सफा उपजिल्ला बनेको थियो।[१][२]

भूगोल[सम्पादन गर्ने]

धुनट उपजिल्ला बङ्गलादेशको उत्तर भागमा पर्छ भने यो उपजिल्ला २४°३२' देखि २४°४८' उत्तर अक्षांश र ८९°२८' देखि ८९°४०' पूर्वी देशान्तरणमा अवस्थित छ। धुनट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २४७.७३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई गाबतलीसरियाकान्दा उपजिल्लाले उत्तर, राईगञ्ज उपजिल्लाले दक्षिण, काजीपुरसिराजगञ्ज सदर उपजिल्लाले पूर्व र शेरपुरशाजाहानपुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना, बङ्गाली, इचामती आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा देश व्यापी रूपमा शुरू भएको थियो भने सन् १९७१ अप्रिल १९ का दिन पाकिस्तानी सेनाले धुनट प्रहरी चौकीमा आक्रमण गरी त्यहाँ उपस्थित सिपाहीहरूको सामूहिक हत्या गरेका थिए। २६ अप्रिलका दिन पाकिस्तानी सेनाले इलिङ्गी बन्दरका ३३ सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए। २७ अप्रिका दिन पाकिस्तानी सेनाले धुनट प्रहरी चौकीमा पुनः आक्रमण गरी ५ सिपाहीहरूलाई मारेका थिए भने सन् १९७१ मे ४ का दिन सेनाले कलेरापारा सङ्घका ३ स्थानीय मानिसहरूको हत्या गरेका थिए। ६ डिसेम्बर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुहरू बीचको प्रत्यक्ष गोली हानाहानमा ३ पाकिस्तानी सेना मारिएका थिए। ७ सेप्टेम्बरका दिन पाकिस्तानी सेनाले १७ सर्वसाधारणहरूको हत्या गरी धुनट प्रहरी चौकी नजिकको एक चिहानमा गाडिदिएका थिए। धुनट उपजिल्ला ११ डिसेम्बरका दिन स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २७०८१० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३६५०१ छ भने महिलाको जनसङ्ख्या १३४३०९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २५८६२२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १२१४९ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १०, इसाई धर्मवलम्बीको जनसङ्ख्या १६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १३ रहेको छ। यस उपजिल्लामा ३०५ मस्जिद, १५ हिन्दु मन्दिर रहेका छन्।[३]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा आलु, मौसमी तरकारी, गेडागुडी, धान, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ भने यस क्षेत्रबाट लोपहुन लागेको आलसको तेल, तिल, धान, खैनी, केसरी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, लिची, मेवा, केरा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र, वेल्डिङ उद्योग, साबुन कारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले आलु र जुट तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, १ उपजिल्ला स्वास्थ्य संस्था, ४ परिवार नियोजन संस्था आदि रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७२.२०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.५५% मजदुरी, व्यापार र उद्योगमा ०.८७%, वाणिज्यमा ९.५२%, सञ्चार र यातायातमा ३.१०%, रेमिटेन्समा ०.७९%, निर्माण क्षेत्रमा ०.८६%, सुविधा ३.५६%, धार्मिक सेवा ०.१२% र अन्य ७.४३% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय धुनट थानाको स्थापना सन् १९६२ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। धुनट उपजिल्ला हाल धुनट नगरपालिका र १० सङ्घ परिषद; केलरपारा, बन्दरबाडी, चौकीबाडी, चौकासी, घुनट, इलिङ्गी, गोपालनगर, धोसाइनबाडी, मथुरापुर र निमगच्छीमा विभाजन गरिएको छ भने उक्त १० सङ्घ।परिषद्हरू ९० मौजा र २०७ गाउँमा विभाजन गरिएको छ।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३१.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३५.५% छ भने महिलाको साक्षरता दर २६.८% रहेको छ। यस उपजिल्लामा १० क्याम्पसहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; धुनट डिग्री क्याम्पस (सन् १९७२), धुनट म‍हिला क्याम्पस (सन् १९९६), धोसाईनबाडी ए.ए उच्च विद्यालय (सन् १९४१), धुनट पाइलट कन्या उच्च विद्यालय (सन् १९७७), जोरखाली मदरसा (सन् १९११) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "এক নজরে ধুনট", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. শানাজ পারভীন (सन् २०१२), "ধুনট", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যা ও আবাসন শুমারি ২০১১: এক নজরে বাংলাদেশ" (পিডিএফ), বাংলাদেশ পরিসংখ্যান ব্যুরো, मूलबाट जुलाई २८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्ने]