सिराजगञ्ज सदर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिराजगञ्ज सदर

সিরাজগঞ্জ সদর
उपजिल्ला
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशबङ्गलादेश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लासिराजगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा३२५.७७ किमी (१२५.७८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा३८९,१६०
 • घनत्व१,२००/किमी (३,१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक अङ्क
6700
वेबसाइटसिराजगञ्ज सदरको आधिकारिक नक्सा

सिराजगञ्ज सदर (बङ्गाली: সিরাজগঞ্জ সদর), बङ्गलादेशको गाईबान्धा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभागमा अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

सिराजगञ्ज सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२२' देखि २४°३७' उत्तर अक्षांश र ८९°३६' देखि ८९°४७' पूर्वी देशान्तरणमा अवस्थित छ। सिराजगञ्ज सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२५.७७ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई काजीपुर, उपजिल्लाले उत्तर, कामारखान्दाबेलकुचि उपजिल्लाले दक्षिण,सिरिशाबाडी, कालीहाटीभुवापुर उपजिल्लाले पूर्व, कामारखान्दा, राईगञ्जधुनट उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना र इचामती नदि यस उपजिल्लाको प्रमुख नदि हो।

इतिहास[सम्पादन गर्ने]

सन् १९२४ मा सम्पूर्ण भारत राष्ट्रिय काङ्ग्रेसको कार्यशालाका हिन्दु ईस्लाम करार र केही सम्झौता पत्रमा हस्ताक्षर भएको थियो जहाँ देशबन्धु चित्तराजन दास समावेश थिए। सन् १९२७ मा यस क्षेत्रमा ब्रामण समाज नामक एक ठूलो सम्मेलनको आयोजना भएको थियो जहाँ महात्मा गान्धी र सुबास चन्द्र बोसले भाग लिएका थिए। बङ्गलादेशका राष्ट्रिय कवि काजी नजरुल इस्लाम सन् १९३२ मा यस क्षेत्रमा भएको तरुन मुस्लिम नामक एक सम्मेलनमा प्रमुख अतिथि बन्न आएका थिए। सन् १९४० मा अक फजलुल हकले सिराजगञ्जमा सिराजगञ्ज डिग्री क्याम्पसको स्थापना गरेका थिए। फेब्रुअरी १९४२ सिराजगञ्जमा आयो‍जना गरिएको तीन दिने सम्मेलनमा निखिल भारत मुस्लिम लिग सम्पन्न भएको थियो जहाँका प्रमुख अतिथि मोहम्मद अलि जिन्ना थिए। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने सइलाबाडी, डिग्री क्याम्पस र जमुना नदिको किनार लगायत यस क्षेत्रको विभिन्न स्थानहरूमा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ४८४१७० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४८४१७० छ भने महिलाको जनसङ्ख्या २३११२० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ४६४६२३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १९४२४, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २५, इसाई धर्मवलम्बीको जनसङ्ख्या २८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७० रहेको छ। यस जिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा ६६० मस्जिद, २४ हिन्दु मन्दिर र ४ चिहानहरू रहेका छन्। सिराजगञ्ज जामे मस्जिद, हुसइनपुर लाल मस्जिद, युगल किशोर मन्दिर, कालीबाडी हिन्दु मन्दिर आदि यस उपजिल्लाको प्रख्यात धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९१.४५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२७% ले पोखरी, १.८२% ले टुटी र ६.४६% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य केन्द्र, १ प्रहरी अस्पताल, १ छाती रोग सम्बन्धित अस्पताल, १ ग्रामीण स्वास्थ्य केन्द्र, ९ परिवार नियोजन केन्द्र, १ आमा तथा शिशु अस्पताल, १ आँखा स्वस्थ्य जाँच अस्पताल, १ मधुमेह स्वास्थ्य केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये १६.४६% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७०, १८९७, १९४३ र १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १८८५ र सन् १९९७ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए। २९ अप्रिल २००२ का दिन आएको विनाशकारी असिना र आँधीमा परि थुप्रै मानिसहरूको ज्यान गएको थियो।[२]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, तोरी, प्याज, हरियो खुर्सानी, खैनी, मकै, बदाम तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, खरबुजा, जैतुन, नरिवल, आलुबखडा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, पिठो, कपासको सारी, लुङ्गी लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, खैनी, अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १० माछापालन केन्द्र, ४१३ दुग्ध सङ्कलन केन्द्र तथा, ७४ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३४.३०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.५०% मजदुरीमा, उद्योग तथा व्यापारमा ९.०९% वाणिज्यमा १८.७७%, सञ्चार र यातायातमा ६.०५%, निर्माण क्षेत्रमा २.७१%, सुविधामा ११.८३%, धार्मिक सेवामा ०.२४%, वैदेशिक रोजगारी तथा भाडामा ०.६५% र अन्यमा ११.८६% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय सिराजगञ्ज थानाको स्थापना सन् १७७२ मा मयमनसिङ्ह विभाग अन्तर्गत भएको थियो भने यसलाई १९८४ मा उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १८ सङ्घ परिषद्/वडा, २८३ मौजा/महल्ला र २८३ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४७.४४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५०.९६% छ भने महिलाको साक्षरता दर ४३.६% रहेको छ। यस उपजिल्लामा १ मेडिकल क्याम्पस, १ विश्वविद्यालय क्याम्पस, १७ क्याम्पस, १ मेडिकल शिक्षण संस्था, १ प्राबिधिक शिक्षण संस्था, १ व्यवसायीक शिक्षण संस्था, २६ माध्यमिक विद्यालय, २३६ प्राथमिक विद्यालय, ३९ बाल उद्धान केन्द्र र १४ मद्रासाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; सिराजगञ्ज सरकारी विश्वविद्यालय क्याम्पस (सन् १९४०), उत्तर बङ्गाल मेडिकल क्याम्पस, इस्लामीया क्याम्पस (सन् १८८७), सरकारी रिसिदाजोहा महिला क्याम्पस, सिराजगञ्ज प्राबिधिक शिक्षण संस्था, युवा प्रशिक्षण संस्था, हरिना बाधबाती उच्च विद्यालय (सन् १८६६), बिएल सरकारी उच्च विद्यालय (सन् १८६९), ज्ञानदियानी उच्च विद्यालय (सन् १८८४), भिक्टोरिया उच्च विद्यालय (सन् १८९८), सलेहा इसाख सरकारी कन्या उच्च विद्यालय आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. कामरुल इस्लाम (सन् २०१२), "সিরাজগঞ্জ সদর উপজেলা", in सिराजुल इस्लाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]