बेलकुचि उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बेलकुचि
বেলকুচি
—  उपजिल्ला  —
बेलकुचि बङ्गलादेश-এ অবস্থিত
बेलकुचि
बेलकुचि
बाङ्लादेशको नक्शामा बेलकुचि उपजिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग राजशाही विभाग
जिल्ला सिराजगञ्ज जिल्ला
क्षेत्रफल
 - जम्मा १६४.३१ किमी (६३.४ वर्ग मी)
जनसङ्ख्या (१९९१[१])
 - जम्मा २४५,१६४
 जनघनत्व १,४९२/किमी (३,८६४.३/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट bangladesh.gov.bd/maps/images/sirajganj/Belkuchi.gif

बेलकुचि (बाङ्ला: বেলকুচি) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला राजशाही जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

बेलकुचि बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१३' देखि २४°२२' उत्तर अक्षांश र ८९°३७' देखि ८९°४७' पूर्वी देशान्तरणमा अवस्थित छ। बेलकुचि उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६४.३१ वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई सिराजगञ्ज उपजिल्लाले उत्तर, शाहजदपुर उपजिल्ला दक्षिण, कालहाटीटाङ्गाइल उपजिल्लाले पूर्व, उल्लपाडाकर्माखान्दा उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना, हुडासागर र चाँदी बिल यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने ७ डिसेम्बरका दिन बङ्गलादेको स्वतन्त्रताका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेना बीच रङ्पुर सङ्घमा प्रत्यक्ष गोली हानाहान र युद्ध भएको थियो जहाँ पाकिस्तानी सेना पराजित भएका थिए भने युद्धमा एक बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो। पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच अर्को युद्ध भाङ्गबाडी सङ्घको तामिल पश्चिमपाडामा भएको थियो जहाँ ३ पाकिस्तानी सेना र २ बङ्गलादेशी लडाकुको ज्यान गएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३०२६७८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १६०२६५ छ भने महिलाको जनसङ्ख्या १४२४१३ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २८४१२९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १८४७३, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ५२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २४ रहेको छ।[३] यस उपजिल्लामा ४४१ मस्जिद, ७२ हिन्दु मन्दिर, १ गिर्जाघर र १ चिहान रहेका छन्। अाजगरा जामे मस्जिद, सुहागपुर कालिकारी हिन्दु मन्दिर अादि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९५.०६% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.३४% ले पोखरी, ०.३३% ले टुटी र ४.२७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, ६ स्वास्थ्य तथा परिवार नियोजन केन्द्र, १ आँखा अस्पताल, १ शिशु स्वस्थ्य जाँच केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये १०.३८% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७० मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १९८८ र सन् १९९८ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी, हरियो खुर्सानी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, श मिल, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, गहुँ, जुट, उखु तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अालसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ४० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ३१ माछापालन केन्द्र, ७ दुग्ध सङ्कलन केन्द्र तथा,१९३ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै २२.२२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.३६% मजदुरीमा, उद्योगमा १.१४%, वाणिज्यमा १९.४४%, सञ्चार र यातायातमा १.९२%, निर्माण क्षेत्रमा १.०७%, सुविधामा ४.८२%, धार्मिक सेवामा ०.२६%, वैदेशिक रोजगारी तथा भाडामा १.१५% र अन्यमा ९.३८% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय बेलकुचि थानाको स्थापना सन् १९२१ मा भएको थियो भने सन् १९८३ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल यस उपजिल्लामा ६ सङ्घ परिषद्/वडा, ११० मौजा/महल्ला र १३२ गाउँहरू रहेका छन्।[४]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४७.०३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१.४६% छ भने महिलाको साक्षरता दर ४२.०३% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, २३ माध्यमिक विद्यालय, १३७ प्राथमिक विद्यालय, २६ बाल उद्धान केन्द्र, ३ सामुदायिक विद्यालय र १८ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बेलकुचि डिग्री क्याम्पस (सन् १९७०), बेलकुचि मोहिला क्याम्पस (सन् १९९८), दौलतपुर डिग्री क्याम्पस (सन् १९९९), बानियागाती विज्ञान तथा प्राबिधिक क्याम्पस (सन् २००१), श्याम किशोर पाइलट उच्च विद्यालय (सन् १९१३), सातीनाथ शिक्षण संस्था, सुहागपुर एसके पाइलट उच्च विद्यालय, सोहागपुर पाइलट कन्या उच्च विद्यालय (सन् १९६७), दौलतपुर उच्च विद्यालय (सन् १९१८), सैदाबाद उच्च विद्यालय (सन् १९६५), माघिला सिनियर मदरसा (सन् १९५५) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১০ ডিসেম্বর ২০১৪), "এক নজরে বেলকুচি উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (२०१२), "बेलकुचि उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]