काजीपुर उपजिल्ला
काजीपुर
কাজীপুর | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २४°३८.५′उ॰ ८९°३९′पू॰ / २४.६४१७°N ८९.६५०°Eनिर्देशाङ्कहरू: २४°३८.५′उ॰ ८९°३९′पू॰ / २४.६४१७°N ८९.६५०°E | |
देश | बङ्गलादेश |
विभाग | राजशाही विभाग |
जिल्ला | सिराजगञ्ज जिल्ला |
सरकार | |
क्षेत्रफल | |
• जम्मा | ३६८.६३ किमी२ (१४२.३३ वर्ग माइल) |
जनसङ्ख्या (सन् १९९१) | |
• जम्मा | २४४,८०४ |
• घनत्व | ६६०/किमी२ (१७००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
हुलाक अङ्क | 6710 |
वेबसाइट | kazipur |
काजीपुर (बङ्गाली: কাজীপুর) बङ्गलादेशको सिराजगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ।[१]
भूगोल
[सम्पादन गर्नुहोस्]काजीपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३२' देखि २४°४६' उत्तर अक्षांश र ८९°३२' देखि ८९°४८' पूर्वी देशान्तरणमा अवस्थित छ। काजीपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३६८.६३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई धुनट र सरियाकान्दि र सरिशाबाडी उपजिल्लाले उत्तर, सिराजगञ्ज उपजिल्लाले दक्षिण, सरिशाबाडी उपजिल्ला र जमुना नदिले पूर्व र धुनट उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना र आत्राई यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेना र स्थानीय राजाकारको (पूर्वी पाकिस्तानमा बसोबार गर्ने उर्दु मातृभाषा भएका गैर बङ्गलादेशीहरू) समूहले यस उपजिल्लाको थुप्रै सर्वसाधारणहरूको सामूहिक हत्या, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार तथा घरटहराहरूमा पूर्णतया आगजनी गरी आतङ्क मच्चाएका थिए। सन् १९७१ को डिसेम्बर महिनामा पाकिस्तानी सेना र बङ्गलादेशको स्वतन्त्रताका लागि लडीरहेका लडाकु बीच यस उपजिल्लाको गन्दाइल सङ्घ अन्तर्गतको बडाइतला गाउँमा प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ केही बङ्गलादेशी लडाकुहरूको ज्यान गएको थियो।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २६६९५० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३६०५६ छ भने महिलाको जनसङ्ख्या १३०८९४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २६०६४६ छ, हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६२८६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १८ रहेको छ। यस उपजिल्लामा २३१ मस्जिद, ४५ हिन्दु मन्दिर र ३ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ९५.०३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१५% ले पोखरी, ०.३३% ले टुटी र ४.३९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ११.०१% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। काजीपुर उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, १ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्र र १ पशु चिकित्सालय रहेका छन्। सन् १७७०, १८९७, १९४३ र १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १८८७ र सन् १९९१ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्याएको थियो।[३]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, हरियो खुर्सानी, तोरी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कटहर, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, गहुँ कुटानी केन्द्र, श मिल, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, बिडी तथा खैनी कारखाना, ईट्टा भट्टी तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया खरबुजा, केरा, उखु, लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ४० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा, कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६७.४४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै १.९६% मजदुरीमा, उद्योग तथा व्यापारमा १.७२% वाणिज्यमा ११.३१%, सञ्चार तथा यातायातमा १.७१%, निर्माण क्षेत्रमा २.५५%, सुविधामा ६.७५%, धार्मिक सेवामा ०.१९%, वैदेशिक रोजगारी तथा भाडामा ०.१५% र अन्यमा ६.२२% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय काजीपुर थानको स्थापना सन् १९२० मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ९ सङ्घ परिषद्/वडाहरू रहेका छन्।
शिक्षा
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको कुल साक्षरता दर २०.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता २६.३% छ भने महिलाको साक्षरता दर १४.५% रहेको छ। यस उपजिल्लामा १२ क्याम्पस, ५१ माध्यमिक विद्यालय, २१६ प्राथमिक विद्यालय र १० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; काजीपुर सरकारी मानसुर आली क्याम्पस, नतुरपाडा डिग्री क्याम्पस, काजीपुर महिला क्याम्पस, मधाई युयुआई बहुभाषिक उच्च विद्यालय (सन् १९१९), मधाई उच्च विद्यालय (सन् १९२०), गान्धाइल उच्च विद्यालय (सन् १९२०), रानी दिनामणी उच्च विद्यालय (सन् १९५७), काजीपुर सरकारी कन्या उच्च विद्यालय, सोनामुखी सिनियर फजिल मदरसा आदि।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ জাতীয় তথ্য বাতায়ন वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-२९ मिति
- ↑ राफिकुल इस्लाम (सन् २०१२), "काजीपुर उपजिल्ला", in सिराजुल इस्लाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज।
- ↑ "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।