शिवगञ्ज उपजिल्ला (बगुडा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवगञ्ज
শিবগঞ্জ (বগুড়া)
शिवगञ्ज is located in बङ्गलादेश
शिवगञ्ज
शिवगञ्ज
बङ्गलादेशको नक्शा शिवगञ्ज उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°१′उ॰ ८९°१९′पू॰ / २५.०१७°N ८९.३१७°E / 25.017; 89.317निर्देशाङ्कहरू: २५°१′उ॰ ८९°१९′पू॰ / २५.०१७°N ८९.३१७°E / 25.017; 89.317
देश बङ्गलादेश
विभागराजशाही विभाग[१]
जिल्लाबगुडा जिल्ला[२]
क्षेत्रफल
 • जम्मा३१४.९२ किमी (१२१.५९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा३७८,७००
 • घनत्व१२००/किमी (३१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
५८१०
वेबसाइटshibganj.bogra.gov.bd

शिवगञ्ज बङ्गाली: শিবগঞ্জ উপজেলা (बगुडा) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। सन् १९८३ मा यस उपजिल्लाको स्थापन भएको थियो। यस उपजिल्लाको नाम यहाँ रहेको प्रशासकीय नगर शिवगञ्जबाट राखिएको हो।[३]

भूगोल[सम्पादन गर्नुहोस्]

शिवगञ्ज उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°५५' देखि २५°०७' उत्तर अक्षांश र ८९°११' देखि ८९°२८' पूर्वी देशान्तरणमा अवस्थित छ। शिवगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३१५.९२ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई गोविन्दगञ्ज उपजिल्लाले उत्तर, बगुडा सदर काहालुदुपचाँचिया उपजिल्लाले दक्षिण, सोनातलागाबतली उपजिल्लाले पूर्व र कालाईक्षेतलाल उपजिल्लाले पश्चिमबाट घेरेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो। पाकिस्तानी सेनाले यस उपजिल्लामा पर्ने मैदानहाट भन्ने ठाउँको एक ठूलो परिवार रहेको एक घरमा आक्रमण गरी उक्त परिवारका सबै १६ सदस्यको सामूहिक हत्या गरेका थिए भने पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेकाका लडाकु बीच यस उपजिल्लाको पञ्चपिर सरलपुरमा प्रत्यक्ष गोलि हानाहानमा १ लडाकुको मृत्यु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३५२४१५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १८१५८१ छ भने महिलाको जनसङ्ख्या १७०८३४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३३५९१८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १६००३ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १२, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४४८ रहेको छ। यस उपजिल्लामा ९९२४२ घरहरू रहेका छन्। यस उपजिल्लामा ५९१ मस्जिद, ३० मन्दिर र २ चिहानहरू रहेका छन्। महस्थन मजार जामे मस्जिद, विहारहाट जामे मस्ज, शिवगञ्ज चौधरी बाडी जामे मस्जिद, हजरत शाहको चिहान, चकिबाडी कार्टोनी पुजा हिन्दु मन्दिर आदि यस उपजिल्लाका प्रख्यात धार्मिक स्थलहरू हुन्।[४]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा ५९.९% खेती योग्य जमिन छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, उखु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर, अम्बा, लिची, नरिवल, स्याउ आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, स मिल, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र, सिमेन्ट कारखाना तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले केरा, आलु, गहुँ, धान, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, सखरखण्ड, तील पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ५५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ६१ कुखुरा पालन केन्द्र र ३६ माछा पालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५५.४७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.९२% मजदुरी, व्यापार र उद्योगमा २.२१%, वाणिज्यमा १२.७४%, सञ्चार र यातायातमा ३.०१%, निर्माण क्षेत्रमा १.६७%, सुविधा ११.३९%, धार्मिक सेवा ०.२२% र अन्य ७.८२% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय शिवगञ्ज उपजिल्लाको स्थापन सन् १९८३ मार्च २४ का दिन भएको थियो। शिवगञ्ज उपजिल्ला शिवगञ्ज नगरपालिका सहित १० सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्; शिवगञ्ज सङ्घ परिषद्, विहार सङ्घ परिषद्, रोयनगर सङ्घ परिषद्, बुरुगञ्ज सङ्घ परिषद्, माझीहट्टा सङ्घ परिषद्, पिराब सङ्घ परिषद्, अतमुल सङ्घ परिषद्, किचक सङ्घ परिषद्, मैदानहटा सङ्घ परिषद्, दिउली सङ्घ परिषद्, मोकमतला सङ्घ परिषद् र सैदपुर सङ्घ परिषद्। यस उपजिल्लाका सङ्घ परिषद्हरू २३३ मौजा र ४०९ गाउँहरूमा विभाजित छन्। शिवगञ्ज नगरपालिका ९ वडा र ३१ महल्लामा विभाजित छ।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर २४.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३१.७% छ भने महिलाको साक्षरता दर १६% रहेको छ। यस उपजिल्लामा ७ क्याम्पस, ५ प्राबिधिक र व्यापार व्यवस्थापन क्याम्पस, १६३ प्राथमिक विद्यालय र ३५ मदरसाहरू रहेका छन्। शिवगञ्ज पाइलट उच्च विद्यालय (सन् १९३१ मा स्थापना) यस उपजिल्लाको बहुचर्चित शिक्षण संस्था हो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "सन् २०११ को राष्ट्रिय जनगणना" (पिडिएफ), बङ्गलादेश राष्ट्रिय जनगणना विभाग, मूलबाट जुलाई १४, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१४ 
  2. "जिल्ला तथ्याङ्क" (पिडिएफ), बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट जुलाई २३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०१४  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २३, २०१४ मिति
  3. इसलाम (सन् २०१२), "शिवगञ्ज उपजिल्ला (बगुडा जिल्ला)", in इसलाम, सिराजगञ्ज; जामाल, अहमद, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (Second संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  4. "জনসংখ্যা ও আবাসন শুমারি ২০১১: এক নজরে বাংলাদেশ" (পিডিএফ), বাংলাদেশ পরিসংখ্যান ব্যুরো, मूलबाट जुलाई २८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]