काहालु उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काहालु
কাহালু
काहालु is located in बङ्गलादेश
काहालु
काहालु
निर्देशाङ्क: २४°४९′उ॰ ८९°१६′पू॰ / २४.८१७°N ८९.२६७°E / 24.817; 89.267निर्देशाङ्कहरू: २४°४९′उ॰ ८९°१६′पू॰ / २४.८१७°N ८९.२६७°E / 24.817; 89.267
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाबगुडा जिल्ला
क्षेत्रफल
 • जम्मा२४०.४२ किमी (९२.८३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा२२२,३७६
 • घनत्व९२०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हसलाक कोड
५८७०
वेबसाइटkahaloo.bogra.gov.bd

काहालु (बङ्गाली: কাহালু সদর) बङ्गलादेशको उत्तर भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। प्रशासकीय काहालु थानाको स्थापना सन् १२२८ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लाको नाम यहाँ रहेको प्रशासकीय नगर काहालुबाट राखिएको हो।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

काहालु उपजिल्ला बङ्गलादेशको उत्तर भागमा पर्छ भने यो उपजिल्ला २५°४३' देखि २४°५७' उत्तर अक्षांश र ८९°०९' देखि ८९°१९' पूर्वी देशान्तरमा अवस्थित छ। काहालु उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३८.७९ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई शिवगञ्जबगुडा सदर उपजिल्लाले उत्तर, नादियाग्रामशाजाहानपुर उपजिल्लाले दक्षिण, बगुडा सदरशाजाहानपुर उपजिल्लाले पूर्व र आदमदिघी, दुपचाँचियानादियाग्राम उपजिल्लाले पश्चिमबाट घेरेको छ। नगर नदि यस उपजिल्लाको प्रमुख नदि हो।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा देश व्यापी रूपमा शुरू भएको थियो भने सोही वर्षको अक्टोबर महिनममा यो उपजिल्ला स्वतन्त्र भएको थियो। बङ्गलादेश मुक्ति अभियानका बेला पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच कारिबामुजा र नसिरपाडा क्षेत्रमा प्रत्यक्ष गोली हानाहान भएको थियो। यस युद्धमा पाकिस्तानी सेनाले यही उपजिल्लाका विभिन्न गाउँहरूका स्थानीय मानिसहरूको हत्या तथा थुप्रै घर टहरामा आगजनी समेत गरेका थिए।[४]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १९५५७५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९९०५० छ भने महिलाको जनसङ्ख्या ९६०५० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १८२९६७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १२४८३ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १०२ रहेको छ। यस उपजिल्लामा सन्थल, मुण्डा र उराँव जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा ३६० मस्जिद, २० हिन्दु मन्दिर र ४ चिहानहरू रहेका छन्।[५]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लामा ६३.८% कृषि योग्य जमिन छ जसमा ४८.१२% सहरी क्षेत्र र ६३.८१% ग्रामीण क्षेत्र रहेको छ। यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, तोरी, उखु आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, कटहर, केरा, मेवा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको अमन जातको धान पनि उत्पादन गरिन्छ। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले केरा, आलु, धान, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा २० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा ८ माछापालन केन्द्र, ८ कुखुरा पालन केन्द्र, ८ दुग्ध सङ्कलन केन्द्र र ८ ह्याचरी रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६७.३४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.७७% मजदुरी, व्यापार र उद्योगमा ०.८०%, वाणिज्यमा ११.२५%, सञ्चार र यातायातमा ४.२७%, निर्माण क्षेत्रमा १.०१%, सुविधा ४.३१%, धार्मिक सेवा ०.१६% र अन्य ७.७३% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय काहालु थानाको स्थापना सन् १२२८ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लाको नाम यहाँ रहेको प्रशासकीय नगर काहालुबाट राखिएको हो। काहालु उपजिल्ला १ नगरपालिका र ११ सङ्घ परिषद्; वीर केदार, दुर्गापुर, जामगाउँ, कहालु, कलई,माझ पारा, मलनचा, मुरइल, नरहट्टा र पियाकारमा विभाजन गरिएको छ। यस उपजिल्लामा १६१ मौजा र २६४ गाउँहरू रहेका छन्।

काहालु नगरपालिका ९ वडा र २९ महल्लामा विभाजन गरिएको छ।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४७.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५३.२% छ भने महिलाको साक्षरता दर ४२.४% रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस; अजिजुल हक स्मारक डिग्री क्याम्पस, दर्गहट डिग्री क्याम्पस, काहालु आदर्श महिला डिग्री क्याम्पस र काहालु डिग्री क्याम्पस रहेका छन्। यस उपजिल्लामा ५ फजिल मदरसाहरू रहेका छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "এক নজরে কাহালু", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. पुलक, মোঃ খায়রুল আলম (सन् २०१२), "कालाहु उपजिल्ला", in ইসলাম, সিরাজুল; জামাল, আহমেদ, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (Second संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. Murshed, Md Mahbub (२०१२), "নগর নদী", in Islam, Sirajul; Jamal, Ahmed A., বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (Second संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  4. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৪ জুলাই ২০১৪), "কাহালু উপজেলার পটভূমি", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  5. "জনসংখ্যা ও আবাসন শুমারি ২০১১: এক নজরে বাংলাদেশ" (পিডিএফ), বাংলাদেশ পরিসংখ্যান ব্যুরো, मूलबाट जुलाई २८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]