हाकिमपुर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हाकिमपुर
उपजिल्ला
हाकिमपुर is located in बङ्गलादेश
हाकिमपुर
हाकिमपुर
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°१७′उ॰ ८९°१′पू॰ / २५.२८३°N ८९.०१७°E / 25.283; 89.017निर्देशाङ्कहरू: २५°१७′उ॰ ८९°१′पू॰ / २५.२८३°N ८९.०१७°E / 25.283; 89.017
देशबङ्गलादेश बङ्गलादेश
राज्यरङ्पुर विभाग
जिल्लादिनाजपुर जिल्ला
क्षेत्रफल
 • जम्मा९९.९२ किमी (३८.५८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा६६,८७५
 • घनत्व६६९/किमी (१,७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटहाकिमपुर उपजिल्लाको आधिकारिक नक्सा

हाकिमपुर (बङ्गाली: হাকিমপুর) बङ्गलादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

हाकिमपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°१४' देखि २५°२४' उत्तर अक्षांश र ८८°५६' देखि ८९°०९' पूर्वी देशान्तरणमा अवस्थित छ। हाकिमपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ९९.९२ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई नवावगञ्जबिरामपुर उपजिल्लाले उत्तर, पाँचबिबि उपजिल्लाले दक्षिण, घोडाघाट उपजिल्लाले पूर्व, भारतको पश्चिम बङ्गाल राज्य र बिरामपुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना र तुलसी गङ्गा नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[२]

इतिहास[सम्पादन गर्ने]

सन् १९३३ मा यस उपजिल्लामा बेलायत हातहतियार आन्दोलन विरुद्ध सर्वसाधारण उत्रिएका थिए भने उक्त आन्दोलनको नेतृत्व तात्कालिक समयमा अनुसालन स्मृति र जगन्तार पार्टीले लिएका थिए। आन्दोलनमा उत्रिएका मानिसहरूले दार्जिलिङ मालीमा आक्रमण गरी त्यहाँ रहेका हातहतियारहरू कब्जामा लिन सफल भएका थिए भने मानिसहरूले त्यहाँ रहेको रेल्वे स्टेसनमा पनि आगजनी गरेका थिए। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा १९ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लामा आतङ्क मच्चाउन शुरू गरेका थिए। पाकिस्तानी सेना र बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको चाटनी भन्ने ठाउँमा प्रत्यक्ष गोली हानाहान हुँदा दुई लडाकुहरूको ज्यान गएको थियो। पाकिस्तानी सेनाले पछि घरघरमा छापा मारि त्यहाँ रहेका पुरुष तथा सबै युवालाई मार्दै महिला र किशोरहरूलाई सेनाको सैनिक किल्लामा लगेका थिए। यस बङ्गलादेश स्वतन्त्रता युद्धमा बङ्गलादेशी लडाकुहरू भारत सरकारसँग गोप्य रूपमा सन्देश आदन प्रदान गरिरहेका थिए। २१ नोभेम्बर १९७१ देखि ११ डिसेम्बर १९७१ सम्म पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच यस उपजिल्लाको थुप्रै स्थानहरूमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो जहाँ ३४५ बङ्गलादेशी लडाकुहरूको मृत्यु भएको थियो। हाकिमपुर ११ डिसेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ८३०२८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४२९२२ छ भने महिलाको जनसङ्ख्या ४०१०६ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ७५९०१ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४७०१, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १०५९, इसाई धर्मवलम्बीको जनसङ्ख्या १३३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १२३४ रहेको छ। यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा १४० मस्जिद, २२ हिन्दु मन्दिर र ३ गिर्जाघरहरू रहेका छन्। यस उपजिल्लाका ९५.६०% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२% ले पोखरी, ०.०६% ले टुटी र ४.०६% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ४५.९०% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। हाकिमपुर उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, ३ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्।[३]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, प्याज, तोरीको बीउ तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, गहुँ, आलु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, अलहर, खैनी, कोद‍, उखु पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १२ माछापालन केन्द्र, २ दुग्ध सङ्कलन केन्द्र तथा, २ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५४.२६% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.८५% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.६४% वाणिज्यमा २३.७४%, सञ्चार तथा यातायातमा ४.९१%, निर्माण क्षेत्रमा ०.६९%, सुविधामा ४.९२%, धार्मिक सेवामा ०.१५%, वैदेशिक रोजगारी तथा भाडामा ०.२६% र अन्यमा ७.६८% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

हाकिमपुर थानको स्थापना सन् १९५० मा भएको थियो भने सन् १९८४ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ३ सङ्घ परिषद्/वडा, ५९ मौजा/महल्ला र ९१ गाउँ र २२,८९५ घरहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४७.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५२.५% छ भने महिलाको साक्षरता दर ४१.६% रहेको छ। यस उपजिल्लामा ३ क्याम्पस, २२ माध्यमिक विद्यालय, ४१ प्राथमिक विद्यालय र १४ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; हाकिमपुर डिग्री क्याम्पस (सन् १९८४), हाकिमपुर महिला डिग्री क्याम्पस (सन् १९९५), जलालपुर व्यवस्थापन वाणिज्य क्याम्पस, बाङ्ला हिली पाइलट उच्च विद्यालय (सन् १९४१), बाङ्ला हिली सरकारी कन्या उच्च विद्यालय (१९४१), बोल्दार उच्च विद्यालय (सन् १९४९), हितोसो आदिवासी जुनियर उच्च विद्यालय (सन् २००१), पौषगाडा फजिल मदरसा (सन् १९४७) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. एमडि रेजुल कारिम (सन् २०१२), "हाकिमपुर उपजिल्ला", in सिराजुल इस्लाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "हाकिमपुर उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 
  3. "बङ्गलादेशको राष्ट्रिय जनगणना" (पिडिएफ), बङ्गलादेश केन्द्रिय तथ्याङ्क विभाग, मूलबाट जुलाई २८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्ने]