बिरामपुर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
बिरामपुर

বিরামপুর
उपजिल्ला
बिरामपुर is located in बङ्गलादेश
बिरामपुर
बिरामपुर
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°२३′२९″N ८८°५९′३२″E / २५.३९१४७९°N ८८.९९२१११°E / 25.391479; 88.992111निर्देशाङ्कहरू: २५°२३′२९″N ८८°५९′३२″E / २५.३९१४७९°N ८८.९९२१११°E / 25.391479; 88.992111
देशबङ्गलादेश बङ्गलादेश
विभागरङ्पुर विभाग
जिल्लादिनाजपुर
क्षेत्रफल
 • जम्मा२११.८१ किमी (८१.७८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा१३४,७७८
 • घनत्व६४०/किमी (१,६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटwww.birampur.dinajpur.gov.bd

बिरामपुर (बङ्गाली: বিরামপুর) बङ्गलादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

बिरामपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°१८' देखि २५°२९' उत्तर अक्षांश र ८८°५०' देखि ८८°०५' पूर्वी देशान्तरणमा अवस्थित छ। बिरामपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २११.८१ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई फुलबारीनवावगञ्ज उपजिल्लाले उत्तर, हाकिमपुर उपजिल्ला र भारतको पश्चिम बङ्गाल राज्यले दक्षिण, नबाबगञ्जहाकिमपुर उपजिल्लाले पूर्व र फुलबारी र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। जमुना, असोलार बिल, चेङ्गर बिल, बोगहर बिल, कठुर बिल यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।[२]

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २० अप्रिल १९७१ का दिन यस उपजिल्ला अन्तर्गत पर्ने चरारहट भन्ने ठाउँमा पाकिस्तानी सेनाले त्यस क्षेत्रमा बसोबास गर्ने १०० भन्दा बढी स्थानीय मानिसहरूको सामूहिक हत्या गरेका थिए। केतराहाटमा पाकिस्तानी सेना र बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकु बीच प्रत्यक्ष गोली हानाहान हुँदा १६ बङ्गलादेशी लडाकु सहित ७ पाकिस्तानी सेनाको मृत्यु भएको थियो। ४ डिसेम्बरका दिन बङ्गलादेशी लडाकुले बापिरातोलामा पाकिस्तानी सेना सवार सवारीसाधनमा आक्रमण गरेका थिए जसका कारण केही पाकिस्तानी सेनाको मृत्यु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १५०६२० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७७५१७ छ भने महिलाको जनसङ्ख्या ७३१०३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १३४६५४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ८१४२, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३६८९, इसाई धर्मवलम्बीको जनसङ्ख्या ४० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४०९५ रहेको छ। यस उपजिल्लामा ३०८ मस्जिद, १५ मन्दिर, ४ चिहान र ३ गिर्जाघरहरू रहेका छन्। यस उपजिल्लाका ९२.६४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.३४% ले पोखरी, ०.४३% ले टुटी र ६.५९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ६२.७२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। बिरामपुर उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, ४ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्र र १ आँखा अस्पताल रहेका छन्।[३]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कटहर, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग,चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, तोरी र उखु पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १३ दुग्ध सङ्कलन केन्द्र तथा १७ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६८.३७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.९२% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.८६% वाणिज्यमा १३.०८%, सञ्चार तथा यातायातमा २.६४%, निर्माण क्षेत्रमा ०.६७%, सुविधामा ५.१%, धार्मिक सेवामा ०.१६%, वैदेशिक रोजगारी तथा भाडामा ०.१७% र अन्यमा ६.०३% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

बिरामपुर थानको स्थापना सन् १७ जुन १९८१ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। बिरामपुर पुरसभाको स्थापना भने १९९५ मा गरिएको थियो। बिरामपुर उपजिल्ला एक नगरपालिका सहित ७ सङ्घ परिषद्मा विभाजन गरिएको छ जुन यस प्रकार छन्; बेनाली सङ्घ परिषद्, दियोर सङ्घ परिषद्, जोतबनी सङ्घ परिषद्, कतला सङ्घ परिषद्, खानपुर सङ्घ परिषद्, मुकुन्दपुर सङ्घ परिषद् र पाली प्रज्ञापुर सङ्घ परिषद्। यस उपजिल्लामा १७१ मौजा र १६९ गाउँहरू रहेका छन्।[१]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४६.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१.७% छ भने महिलाको साक्षरता दर ४२% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, ३८ माध्यमिक विद्यालय, १६२ प्राथमिक विद्यालय र २८ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बिरामपुर डिग्री क्याम्पस (सन् १९६४), बिरामपुर महिला डिग्री क्याम्पस (सन् १९८९), बिरामपुर प्राबिधिक तथा व्यवस्थापन क्याम्पस (सन् २००१), एकर मङ्गरपुर उच्च विद्यालय (सन् १९३०), बिरामपुर पाइलट उच्च विद्यालय (सन् १९४५), शिवपुर उच्च विद्यालय (सन् १९५१), बिरामपुर सरकारी कन्या उच्च विद्यालय (सन् १९७१), नमुना उच्च विद्यालय (सन् १९९८), कोचग्राम सरकारी प्राथमिक विद्यालय, बिजुल दरुल हुदा कामिल मदरसा (सन् १९५८), मुकुन्दपुर सिनियर मदरसा (सन् १९७४) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ सिराजुल इसलाम र आहमेद ए जमाल, सम्पादक (सन् २०१२), "বিরামপুর উপজেলা", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "বিরামপুর উপজেলা", बाङ्लापिडिया, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 
  3. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৯ জুলাই ২০১৪), "উপজেলা প্রশাসনের পটভূমি", मूलबाट ২৩ এপ্রিল ২০১৪-मा सङ्ग्रहित। 

बाह्य कडीहरू[सम्पादन गर्ने]